राजनीति

‘सरकारको नीति तथा कार्यक्रम केही दिनमै’

काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले सरकारले नीति तथा कार्यक्रम ल्याउनको लागि गृहकार्य शुरु गरेको बताउनुभएको छ । मन्त्री महतले प्रधानमन्त्री शुसील कोईराला विदेशबाट फर्किसकेकाले एक दुई दिन भित्रमै नीति तथा कार्यक्रम सार्वजनिक गरीने जानकारी दिनुभयो । संविधान निर्माणमा सहयोग पु¥याउने,....पुरा पढ्नुहोस

सरकारको पहिलो प्राथमिकता संविधान निर्माण: सिचाइमन्त्री

कञ्चनपुर । नेपाल सरकारका  सिचाइमन्त्री एनपी साउदले सरकारको पहिलो प्राथमिकता संविधान निर्माण भएको बताएका छन् । नेपाल प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा बिहिवार बिहान  गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री साउदले तोकिएकै समयमा संविधान निर्माण गर्न सरकारले संसदबाहिर र भित्र रहेका दलहरुसँग....पुरा पढ्नुहोस

सम्मानको प्रमाणपत्र नै खोसे वैद्यका कार्यकर्ताले !

जाजरकोट । नेपाली काँग्रेस जिल्ला समितिका सदस्य विनबहादुर सिंहलाई सम्मान गरिँदा दिइएको प्रमाणपत्र नेकपा-माओवादीका कार्यकर्ताले कब्जामा लिएका छन् । जिल्लाको खगेनकोट गाविसलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने कार्यक्रमलाई सफल पार्न सहयोग गरेको भन्दै खगेनकोट गाविस सचिव मोहनप्रकाश गिरीले सिंहलाई....पुरा पढ्नुहोस

एमाले महाधिवेशन जेठ अन्तिम साता काठमाडौंमा हुने

काठमाडौं । नेकपा एमालेको नवौं महाधिवेशन आगामी जेठ जेठ अन्तिम साता काठमाडौंमा हुने भएको छ । पार्टी मुख्यालय बल्खुमा बुधबार बसेको केन्द्रीय कमिटी बैठकले जेठ २४-३१ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो । यसअघि वैशाख ९-१३ मा गर्ने भनिएको महाधिवेशन तयारी नपुगेको भन्दै स्थायी कमिटीले जेठ ३-८ गतेसम्म....पुरा पढ्नुहोस

सहमति, सहकार्य र मेलमिलापबाटै गरिबी निवारण र समृद्धि: प्रधानमन्त्री

म्यान्मार । प्रधानमन्त्री सुशील कोइरालाले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का सदस्य मुलुकहरुले सहमति, सहकार्य, एकता र पारस्परिक मेलमिलापबाटै यस क्षेत्रको गरिबी निवारण र समृद्धि सुनिश्चित गर्न सक्ने बताएका छन् । म्यान्मारको राजधानी नेपिटमा सम्पन्न....पुरा पढ्नुहोस

गोवामा ज्यान गुमाएका युवाका परिवारलाई सभासद गिरीबाट राहत वितरण

दाङ क्षेत्र नं ५ का सभासद् दीपक गिरीले केही महिना अगाडि भारतको गोवामा भवन भत्किँदा ज्यान गुमाएका गोल्टाकुरी गाविसका चारजना युवाका परिवारजनलाई जनही पाँच हजारका दरले राहत वितरण गर्नुभएको छ । सभासद् गिरीले मृतकका घरमा पुगेर व्यक्तिगत रुपमा पाँच हजारका दरले राहत वितरण गर्नुभएको हो । उहाँले गोवा....पुरा पढ्नुहोस

प्रधानमन्त्रीले बर्मामा रहेका नेपालीलाई भेट्दै

प्रधानमन्त्री सुशील कोइरालाले आज अपरान्ह म्यानमारमा रहेका नेपाली मूलका बर्मेली र नेपालीहरुसँग भेटघाट गर्ने हुनुभएको छ । उहाँले स्थानीय समय अनुसार दिउसो साढे ४ बजे नेपाली मुलका बर्मेली र त्यहाँ रहेका नेपालीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ....पुरा पढ्नुहोस

२६ सभाषद मनोनयनबारे सर्वोच्चलाई सरकारको जवाफ

काठमाडौं । संविधानसभामा मनोनयन गरिने २६ सभासद्का सम्बन्धमा दायर रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाउन नपर्ने भन्दै आज सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरिएको छ । मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छुट्टाछुट्टै निकाय भएको, यस....पुरा पढ्नुहोस

देशभरका गुण्डा लखेट्छु : गृहमन्त्री गौतम

प्यूठान । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले काठमाडौँ उपत्यकाबाट मात्र नभई देशैभरबाट गुन्डालाई भागभाग गराइने बताउनुभएको छ । प्यूठान जिल्लाको २१ औं जिल्ला परिषद्को उद्घाटन गर्दै मन्त्री गौतमले गुन्डागर्दीलाई कानुनी दायरामा ल्याउन सुरु गरिसकिएको बताउँदै उपत्यकाबाट धेरै गुन्डा प्रहरीको....पुरा पढ्नुहोस

६ महिनाभित्रै स्थानीय चुनाव गर्न सरकार प्रतिबद्ध

काठमाडौं । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले ६ महिनाभित्र स्थानीय निकायको चुनाव गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । काठमाडौं जिल्लाका विकास समितिको सातौँ जिल्ला परिषद्को उद्घाटन गर्दै मन्त्री सिंहले तोकिएकै समयमा चुनाव गराउन सरकार लागि पर्ने बताउनुभएको हो स्थानीय निकाय....पुरा पढ्नुहोस

Popular Posts