राजनीति

प्रकाण्ड पुत्र गोलीसहित विमानस्थलबाट पक्राउ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा नरेन्द्र विक गोलीसहित पक्राउ परेका छन् । बिहिबार विराटनगर विमानस्थलबाट काठमाडौँ आउने क्रममा उनी गोलीसहित पक्राउ परेका हुन् । उनीसँग चिनियाँ पेस्तोलको ३ राउण्ड गोली सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी....पुरा पढ्नुहोस

सभामुख महरामा मुलुकको प्रतिनिधिसभाको अनुहार नझल्केको कांग्रेसको आरोप

१७ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सांसदहरुले सभामुख कृष्णबहादुर महरामा मुलुकको प्रतिनिधिसभाको अनुहार नझल्केको आरोप लगाएको छ । चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सभामुखले दलीय मुढाग्रह देखाएको उनीहरुको आरोप छ । संसदको बिहीबारको बैठकमा कांग्रेसका सांसद मिनेन्द्र रिजालले....पुरा पढ्नुहोस

आज पनि संसद अवरुद्ध गर्ने: कांग्रेस

१७ माघ, काठमाडौं । नेपाली कांग्रेसले बिहीबारको संसद बैठक पनि अवरोध गर्ने भएको छ । कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले आफूहरुले उठाएका कुरामा सरकार गम्भीर नभएकाले सदन सञ्चालनको वातावरण नबनेको बताए । ‘सरकार संवेदनशील भएन गम्भीर भएन भने आजको बैठक पनि अगाडि बढाउन सक्ने अवस्था हुन्न, हाम्रो तर्फबाट....पुरा पढ्नुहोस

चिकित्सा विधेयक संशोधनबारे कांग्रेस छलफलमा

१७ माघ, काठमाडौं । राष्ट्रियसभामा पुगेको चिकित्सा शिक्षा विधेयकमा छुट्टै संशोधन हाल्ने की राष्ट्रिय जनता पार्टी (राजपा) कै संशोधन प्रस्तावलाई समर्थन गर्ने भन्नेमा कांग्रेसभित्र छलफल चलिरहेको छ । सरकारलाई समर्थन गरेको राजपाका राष्ट्रियसभाका सांसद वृषेशचन्द्र लालले बुधबार संसद सचिवालयमा संशोधन....पुरा पढ्नुहोस

राणा र लोहनी नेतृत्वको राप्रपा पार्टी एकताको समझदारीपत्रमा हस्ताक्षर गर्दै

काठमाण्डौ – पशुपतिशमशेर राणा अध्यक्ष रहेको राप्रपा प्रजातान्त्रिक र प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राप्रपा राष्ट्रवादीले पार्टी एकताको समझदारीपत्रमा आज हस्ताक्षर गर्ने भएका छन् । बिहीबार दुवै पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले एकताको प्रस्ताव अनुमोदन गर्ने र बिहीबार नै दुवै पार्टीका....पुरा पढ्नुहोस

प्रदेश २ को राजधानी जनकपुरमै रहन्छ : कांग्रेस नेता निधि

१६ माघ, गौशाला । नेपाली काङ्ग्रेसका उपसभापति एवं पूर्वगृहमन्त्री विमलेन्द्र निधिले प्रदेश २ को राजधानी जनकपुरमै रहने बताएका छन् । उनले प्रदेश सरकारको भवन जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) मै रहने पनि दावी गरे । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित काङ्ग्रेस पार्टी कार्यालयमा बुधबार....पुरा पढ्नुहोस

विद्यार्थी सङ्गठनले आह्वान गरेको कञ्चनपुर बन्दले जनजीवन प्रभावित

१६ माघ, कञ्चनपुर । विद्यार्थी सङ्गठनले आह्वान गरेको जिल्ला बन्दले कञ्चनपुरको जनजीवन प्रभावित बनेको छ । सरकारी स्वामित्वमा रहेको जग्गामा बनेका अवैध संरचना भत्काउन माग गर्दै पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिएपछि विद्या बन्दका कारण बिहानैदेखि भीमदत्तनगरबाट चल्ने छोटो तथा लामो दूरीका....पुरा पढ्नुहोस

‘छापामार शैली’मा बालुवाटारमा नेविसंघको ‘इन्ट्री’,प्रहरीको धरपकड

काठमाडौं– प्रहरीलाई छक्याउँदै नेपाल विद्यार्थी संघले बालुवाटारस्थित प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको छ । सरकारविरुद्ध सडक र सदनबाट आन्दोलन चर्काउने नीति अनुरुप नेविसंघले प्रधानमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको हो । प्रहरीलाई छक्याउँदै निषेधित क्षेत्र तोडेर प्रधानमन्त्री....पुरा पढ्नुहोस

२८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा

१५ माघ, काठमाडौं । सरकारले दुई हजार ८०७ जना सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत रहेर शहादत प्राप्त गरेकाहरुलाई शहीद घोषणा गर्ने निर्णय गरेको हो । सशस्त्र प्रहरीको १८ औं वार्षिक उत्सवका अवसरमा....पुरा पढ्नुहोस

कांग्रेस बैठकमा रामचन्द्रको प्रश्न : वाइडबडी खरिद काण्ड किन सुस्तायो ?

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाइडबडी विमान खरिद प्रकरणमा भएको भ्रष्टाचारको छानबिन कहाँ पुग्यो भनि प्रश्न गरेका छन् । कांग्रेस केन्द्रीय समितिको बैठकमा लिखित प्रस्ताव पेश गर्दै पौडेलले वाइडबडी विमान भ्रष्टाचारको विषय सुस्ताउनुको कारण सोधेका हुन् । पौडेलको....पुरा पढ्नुहोस

Popular Posts