समाज खबर

भोटोजात्रा (फोटो फिचर)

रमेश पोख्रेल,काठमाडौँ । भोटोजात्रा ललितपुरमा हुने जात्रा हो। यो जात्रा अवलोकन गर्न हजारौं सर्वसाधारण जाउलाखेलमा जम्मा हुन्छन्। मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ। राजाका पालामा राजाले यो भोटो हेर्थे....पुरा पढ्नुहोस

नारायणीमा खतराको घण्टी बज्यो !

चितवन ।  चितवनको नारायणणी नदीमा बाढीले खतराको सङ्केत नाघेपछि साइरन बजाइएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक विनोदप्रकाश सिंहले नारायणीले खतराको सङ्केत नाघेपछि साइरन बजाई सम्बन्धित मातहतका निकायलाई परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार....पुरा पढ्नुहोस

कमल थापा भन्दा पहिले लावती गरे राप्रपासंग एकता

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल समानान्तर समूहबीच एकीकरण भएको छ । राष्ट्रवादी शक्तिको एकताको माग भएअनुरुप दुई समान पृष्ठभूमि बोकेका पार्टीबीच मंगलबार एकीकरण भएको हो । एकीकरण कार्यक्रममा पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाले राष्ट्रियता, प्रजातन्त्र,....पुरा पढ्नुहोस

घर पुरिँदा दुई जनाको मृत्यु

प्युठान, ११ साउन । लुङ गाविस–६ मा घर पुरिँदा आज दुई जनाको मृत्यु भएको छ । स्थानीय वसन्ता केसीको घर पहिरोले भत्काउँदा सिलाइ कटाइ व्यवसाय सञ्चालन गर्दै आएकी काली परियारको मृत्यु भएको हो । यस्तै सोही वडाकै ध्वजबहादुर पुनको घर पहिरोले पुरिँदा डेरा गरी वस्दै आएको १५ वर्षीय किरण थापाको मृत्यु भएको प्रहरी....पुरा पढ्नुहोस

नेविसंघमा विधिवत महाधिवेशनको माग गर्दै आन्दोलन घोषणा

काठमाडौं । नेपाली कांग्रेसको प्रमुख भातृ संगठन नेपाल विद्यार्थी संघको विधिवत महाधिवेशन सुनिश्चित गर्न माग गर्दै पूर्व कोषाध्यक्ष कुन्दनराज काफ्ले नेतृत्वको समूहले आन्दोलन घोषणा गरेको छ । महाधिवेशनको मिति नजिकिदै जाँदा अपारदर्शी ढंगबाट प्रतिनिधि चयन गरिएको तथा गैरविद्यार्थीहरुलाई प्राथमिकता....पुरा पढ्नुहोस

भूकम्पले बत्तीस प्रतिशत व्यक्तिमा उदासीनताको समस्या

काठमाडौ । गत वर्ष वैशाख १२ गते गएको विनाशकारी भूकम्पले ३२ प्रतिशत व्यक्तिमा उदासीनताको समस्या देखिएको एक अनुसन्धानले देखाएको छ । बहुसांस्कृतिक मनोसामाजिक संस्था नेपाल र इन्टरनेसनल मेडिकल कोरले काठमाडौँ, सिन्धुपाल्चोक र गोरखा जिल्लामा गरेको अनुसन्धानले उक्त तथ्य निकालेको हो । तीनवटै जिल्लाका....पुरा पढ्नुहोस

उपत्यकाका नाम कहलिएका १० महंगा कलेज

काठमाडाैं- एसएलसीको नतिजा सार्वजनिक भएसँगै हरेक अभिभावकहरु आफ्ना सन्तानहरुलाई कस्ता प्लस टु मा पढाउने भन्ने विषयमा सोधीखोजीमा छन् । खासगरी आर्थिक अववस्था, कलेजको फि स्टक्चरले पनि नयाँ भर्नामा प्रभावित पार्ने गरेको पाइन्छ । एजुकेशन समाचारले उपत्यकाका केही प्रसिद्ध र अब्बल नतिजा दिइरहेका....पुरा पढ्नुहोस

काभ्रेका १८ सय बालबालिकामा कुपोषण

बनेपा । भूकम्पपछि काभ्रेपलाञ्चोकमा झन्डै एक हजार ८०० बालबालिकामा कुपोषणको समस्या देखिएको छ । कुपोषित बालबालिकामध्ये शीघ्र कुपोषित  भएका बालबालिका ९८ जना रहेका छन् । विगत एक महिनादेखि जिल्लाका विभिन्न गाविस र नगरपालिकामा भएको सर्वेक्षणमा बसाइँसराइ र पोषिलो खानेकुराको अभावमा ६ महिनादेखि ५९....पुरा पढ्नुहोस

माइक्रोबस पल्टिँदा आधादर्जन यात्रु घाइते

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको पोर्ताहामा सोमबार साँझ माइक्रोबस पल्टिँदा आधा दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् । काठमाडौँबाट काँकडभिट्टाको लागि छुटेको बा ३ ख ८०९६ नम्बरको माइक्रो बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्रीलाई बचाउने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको....पुरा पढ्नुहोस

स्थानीय निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने

कास्की । राजनीतिकलगायत हरेक क्षेत्रको नेतृत्व तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्नेमा आज यहाँ आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । बाल तथा महिला सशक्तीकरण समाज नेपाल कास्कीको आयोजनामा स्थानीय निर्वाचनमा महिलाको प्रतिनिधित्व सुनिश्चितताका लागि सचेतना अभिवृद्धि कार्यक्रममा सो....पुरा पढ्नुहोस

Popular Posts