अर्थ र विकास

बौद्धिक सम्पत्ति संरक्षणमा सरकार गम्भीर

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक दृष्टिले स्रष्टाहरुको सम्मान हुने परम्पराको थालनीले उनीहरुको सिर्जनामा हौसला पुग्ने बताउनु भएको छ । संगीत रोयल्टी संकलन समाजले स्रष्टाहरुको रोयल्टी वितरण गर्न गरेको कार्यक्रममा मन्त्री कोइरालाले स्रष्टाहरुप्रति सरकार कति सम्बेदनशील छ भन्ने यस्तै....पुरा पढ्नुहोस

आधुनिक कृषिबाटै विकास सम्भव

अर्थमन्त्री शंकरप्रसाद कोईरालाले कृषि क्षेत्रका आधुनिकिरण नभई मुलुकको बिकास हुन नसक्ने बताउनुभएको छ । बल्खु तरकारी बजारमा आजबाट संञ्चालनमा आएको अत्याधुनिक मासु बजारको उद्घाटन गर्दे कोईरालाले नेपालको मुख्य व्यवसाय कृषि नै भएकाले यसको आधुनिकीकरण नभई मुलुकको बिकास हुन नसक्ने बताउनुभएको हो ।....पुरा पढ्नुहोस

माघदेखि ‘मेसिन रिडेबल चेक’

राष्ट्र बैंकले असोज मसान्तभित्र मेसिनले स्वचालित रुपमै पढ्न सक्ने चेक प्रयोगमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको समय तीन महिना थपेको छ । असोजभित्र बैंक तथा वित्तीय संस्थाले मेसिनले पढ्न सक्ने चेक प्रयोगमा ल्याउन नसकेपछि पुस मसान्तसम्मको समय दिइएको  छ । समयमै चेक राफसाफ....पुरा पढ्नुहोस

युरोपियन युनियनको सहयोग दोब्बर

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले युरोपियन युनियनले नेपाललाई दिने सहायतामा दोब्बर वृद्धि गरेकामा खुसी व्यक्त गरेका छन् । नेपालस्थित युरोपियन युनियनका राजदूत रेन्सजे टेरिंकसँग शुक्रबार अर्थ मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री कोइरालाले बजेटमा प्राथमिता प्राप्त क्षेत्रमा युनियनको लगानी आवश्यक....पुरा पढ्नुहोस

सकियो एनआएनको विश्व सम्मेलन

छैटौँ गैरआवासीय नेपाली विश्व सम्मेलन १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ। घोषणापत्रमा संविधानसभाको निर्वाचन घोषित मितिमा शान्तिपूर्ण तबरले सम्पन्न गर्न र विश्वव्यापीरूपमा स्वीकार गरिएको लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्ने संविधान निर्माण गर्न सबै राजनीतिक दलहरूलाई आग्रह....पुरा पढ्नुहोस

कुखुराको मासु हालसम्मकै महंगो भयो

बर्डफ्लु संक्रमणले भक्तपुरसहित देशभर करिब २० लाख कुखुरा मारिएपछि मागअनुसार आपूर्ति हुन नसक्दा कुखुराको मूल्य अकासिएको छ । राजधानीमा १ महिनायता कुखुराको मासु प्रतिकिलो २ सय १० रुपैयाँबाट बढेर ३ सय ४० रुपैयाँ पुगेको छ । उपत्यकामा यो हालसम्मकै उच्च मूल्य भएको आजको कारोबारमा खबर छ । बर्डफ्लु....पुरा पढ्नुहोस

एनआरएन अध्यक्षमा शेष घले निर्वाचित

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा शेष घले निर्वाचित हुनुभएको छ । काठमाडौंमा जारी संघको छैठौं विश्व सम्मेलनमा अर्का प्रत्यासी तेन्जी शेर्पालाई भारी मतले हराउँदै घले निर्वाचित हुनुभएको हो । घलेले ५ सय १० मत पाप्त गर्नुभयो भने उहाँका प्रतिद्वन्द्वी शेर्पाले २ सय ८० मत प्राप्त गर्नुभयो....पुरा पढ्नुहोस

बजार अनुगमन नरोकिने

काठमाडौ, २६ असोज/ सरकारले दशैंको बिचमा पनि बजार अनुगमनलाई जारी राखेको जनाएको छ । दशैंमा अखाद्य बस्तु बेच्ने गरेको, मिसावट बढी हुने गरेको भन्दै नेपाल खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दशैंको बिचमा पनि अनुगमन जारी राखेको हो। दशैको टीकाको दिन वाहेक दशैका अरु सबै दिन प्रहरीको सहयोगमा बजार अनुगमन....पुरा पढ्नुहोस

अर्थमन्त्री कोइरालाको अमेरिका भ्रमणमा

काठमाडौ, २६ असोज/ अर्थमन्त्री शंकरप्रसाद कोइरालाले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघ कार्यालय भवनको निरीक्षण अवलोकन गर्नुभएको छ। निरीक्षणका क्रममा मन्त्री कोइरालाले राष्ट्रसंघका विभिन्न निकायले गर्ने कामका विषयमा पनि जानकारी लिनुभयो। उहाँले राष्ट्रसंघमा नेपाल स्थायी नियोग कार्यालयको पनि....पुरा पढ्नुहोस

उत्पादनमुलक कर्जाको सीमा बढ्यो

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको शाखा विस्तारमा थप कडाइ गरेको छ । नयाँ व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले केन्द्रीय बैंकले तोकेका १४ जिल्लामा कम्तीमा एक शाखा र उपत्यका बाहिरका जिल्लाको सदरमुकाम बाहिर कम्तीमा दुईओटा शाखा विस्तार गरेपछि मात्रै उपत्यकमा शाखा विस्तार गर्न सक्नेछन् । राष्ट्र....पुरा पढ्नुहोस

Popular Posts