खेलकुद

धनगढी प्रिमियर लिग आजदेखि

काठमाडौं । खराब मौसमका कारण दुई दिन पछि सरेको फ़्रेन्चाइजी टी-२० प्रतियोगिता रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण आजबाट मात्र शुरु हुने भएको छ । माघ २६ गते शनिबारबाट सुरु हुने पूर्वनिर्धारित कार्यक्रमलाई आयोजकले खराब मौसमका कारण २ दिन पछि सारेका थिए । दुई दिन पछि सुरु हुने भएपनि....पुरा पढ्नुहोस

बार्सिलोना बराबरीमा , रियललाई फाईदा

एजेन्सी । स्पेनिस ला लिगामा बार्सिलोना एथलेटिको बिल्बाओ क्लबसँग गोल रहित बराबरीमा रोकिएको छ । गएराती भएको खेलमा बार्सिलोना एथ्लेतिको बिल्बाओ क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो । एथलेटिक बिल्बाओको घरेलु मैदानमा भएको खेलमा मेसीसहित मैदानमा उत्रिएको बार्सिलोना कुनै गोल गर्न नसकी बराबरीमा....पुरा पढ्नुहोस

चेल्सीको पोष्टमा सिटीको आधा दर्जन गोल

एजेन्सी । इङ्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीमाथि रवाफिलो जित निकालेको छ। आइतबार राति भएको खेलमा सिटीले चेल्सीको पोस्टमा आधा दर्जन गोल प्रहार गर्यो। ६–० को जित निकाल्ने क्रममा घरेलु मैदानमा सर्जियो अग्युरोले ह्याट्रिक पुरा गरे। त्यस्तै सिटीका लागि रहिम स्ट्रलिङले दुई गोल....पुरा पढ्नुहोस

भारतविरुद्धको श्रृखंला न्यूजिल्याण्डको कब्जामा

काठमाडौं । न्युजील्याण्डले भारतविरुद्धको टी-२० सिरिज जितेको छ । आज सम्पन्न अन्तिम टी-२० खेलमा ४ रनले जित हासिल गर्दै न्युजील्याण्डले तीन खेलको सिरिज २-१ ले जितेको हो । न्युजील्याण्डले दिएको २१३ रनको लक्ष्य पछाएको भारतले २० ओभरमा ६ विकेट गुमाएर २०८ रन बनाएको थियो । भारतका लागि विजय शंकरले सर्वाधिक....पुरा पढ्नुहोस

सन्दीपको उत्कृष्ट प्रदर्शपछि मेलबर्न सेमिफाइनलमा

काठमाडौं । बिग बास लिगअन्तर्गत सन्दीप लामिछानेको टिम मेलवर्न स्टार्स सेमिफाइनलमा पुगेको छ । आज भएको लिग चरणको अन्तिम खेलमा सिड्नी सिक्सर्सलाई ९४ रनले पराजित गर्दै प्रतियोगितको सेमिफाइनलमा पुगेको हो । मेलवर्नले दिएको १६९ रन पछाएको सिड्नी १३.४ ओभरमा ७४ रन बनाएर अलआउट भएको थियो । सिड्नीका लागि....पुरा पढ्नुहोस

सुविधासम्पन्न कवर्ड हल बन्दै

बर्दिबास, २७ माघ: महोत्तरीको बर्दिबास नगरपालिकामा सुविधासम्पन्न ब्याडमिन्टन कवर्डहल बन्ने भएको छ । बर्दिवास–१ भब्सीमा आज वसन्तपञ्चमीका अवसरमा नगर प्रमुख विदुरकुमार कार्कीले सुविधासम्पन्न कवर्ड हल निर्माण कार्यको शिलान्यास गर्नुभयो । बर्दिवास ब्याडमिण्टन सङ्घले रु एक करोड ५० लाखको लागतमा कबर्ड....पुरा पढ्नुहोस

बुढासुब्बा गोल्डकप आजदेखि सुरु, संकटा र मेची भिड्दै

धरान । मोफसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २१ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। खेल दिउँसो सवा ३ बजे सुरु हुने आयोजकले जनाएको छ। धरान उपमहानरपालिका–१६ स्थित प्रादेशिक रंगशालामा हुने उद्घाटन खेल संकटा क्लब काठमाडौं र झापाको मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच....पुरा पढ्नुहोस

मौसमले डिपिएल प्रभावित, नयाँ खेलतालिका यस्तो छ

काठमाडौं । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को तेस्रो संस्करण खराब मौसमका कारण सोमबारबाट मात्र शुरु हुने भएको छ । माघ २६ गते शनिबारबाट सुरु हुने पूर्वनिर्धारित कार्यक्रमलाई आयोजकले खराब मौसमका कारण २ दिन पछि सारेका छन् । दुई दिन पछि सुरु हुने भएपनि डिपिएलको फाइनल भने पहिला तोकिएको समय फागुन ११....पुरा पढ्नुहोस

आगलागिमा परी ब्राजिलका दश फुटबल खेलाडीको मृत्यु

रियो दि जेनेरियो । ब्राजिलको अत्यधिक लोकप्रिय फुटबल क्लब फ्लामेङ्गो फुटबल क्लबका १० खेलाडीको मृत्यु भएको छ । क्लबको खेलाडी बस्ने क्वाटरमा शुक्रबार आगलागी भएपछि आगोमा जलेर उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । मृत्यु भएकामा १४ देखि १७ उमेर समूहका खेलाडी रहेका छन् । उनीहरू क्लबको एकेडेमीमा....पुरा पढ्नुहोस

फिफा वरियता, नेपाल जहाँको त्यही

काठमाडौं । विश्व फुटबल महासंघ- फिफाको पछिल्लो वरियताक्रममा एसियामा इरान, विश्वमा बेल्जियम पहिलो स्थानमा रहेका छन्। नेपाल एक सय ६१ औँ स्थान अर्थात पहिलेकै स्थानमा कायम छ। फिफाले बिहीबार जारी गरेको ताजा विश्व वरीयतामा फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छ। चौथोमा क्रोएसिया, पाँचौँ इंग्ल्यान्ड छ....पुरा पढ्नुहोस

Popular Posts