शिवजीसंग वर माग्न व्यस्त गायत्री

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३१ श्रावण २०७१, शनिबार १२:५५

gayatri-315x255काठमाडौं । चर्चित गायिका गायत्री थापा यतिबेला भगवान शिवजीसंग वर माग्न व्यस्त छिन् । तर उनी कुनै शिवालय वा मन्दिर भने धाइरहेकी छैनन् । आफ्नो छैटौं गीति एल्बम ‘वर माग्छु शिवजी’ को चर्चासंगै तीजका कार्यक्रमहरुमा उनी घन्किरहेकी हुन् ।

शिवदर्शन डिजिटल प्रा.लि.ले उत्पादन तथा वितरण गरेको गायत्रीको सो एल्बमको शीर्ष गीत ‘वर माग्छु शिवजी’ मा उनलाई गायक एवं संगीकार राजु सुनामले सघाएका छन् । आफ्नो चौथो तीज गित संग्रह यसपटक सार्वजनिक गरेकी गायत्री एल्बमको सफलताबाट उत्साहित छिन् । “गीतले सोचेभन्दा बढी सफलता पाइरहेको छ । विभिन्न कार्यक्रमहरुमा बजाएको पाएको छु । भिडियो पनि उत्कृष्ट बनेकाले टेलिभिजन र युट्युवमा दर्शकहरुको माया बटुलीरहेकी छु ।” गायिका थापाले जनसवालसंग भनिन् ।

Like onlyतीज भाकाका विभिन्न ६ गितहरु समावेश गरिएका छन् । सबै गितले चर्चा पाइरहेको गायिका थापाको दावी छ । एल्बममा पूर्णकला बि.सी.,पशुपति शर्मा, रामजी खाँड, देवी घर्ति लगायतको आवाज सुन्न सकिन्छ । पछिल्लो समय शिवजीलाई जोडेर तीजको गीत बनाउने लहर नै आएको छ । गायिका गायत्री थापाले पनि शिवजीलाई जोडेरै एल्बमको नाम राखेकी छिन् । आखिर किन त ? उनी भन्छिन् “ तीज पर्व आफैमा भगवान शिवजीको भक्तिगान गाउने पर्व हो । त्यसमा पनि म त शिवजीकै भक्त पनि हुँ । शिवजीप्रतिको आस्थाकै कारण शिवजीसंग जोडेर गीत लेखेर गाएकी हुँ ।”

पछिल्लो समय तीजका गीतमा भड्किला र अश्लील शब्द र र दृश्यहरुको प्रयोग बढ्दै गइरहेकोप्रति चिन्तित गायिका थापा मौलिकता झल्कने गीतहरु नै दर्शकको रोजाईमा पर्ने बताउछिन् । आफ्ना गीतहरुपनि परिवारसंगै बसेर हेर्न,सुन्न र रमाउन सकिने खालको भएको उनले बताइन् ।

तीजको समयमा तीजसम्बन्धी गीतहरुको बाढी नै लाग्ने गर्दछ । यस्तो बेलामा गीत चलाउनै मुस्किल हुन्छ । गायिका थापा गीतको बजार जटिल बन्दै गएको स्वीकार्छिन् । एल्बम निकालेर अहिलेसम्म घाटा व्यहोर्न नपरेकोले उनी सन्तुष्ट नै छिन् । गीत संगीतका अलावा व्यापार व्यवसायमा पनि सक्रिय गुल्मेली गायिका तीज सकिएलगत्तै आधुनिक गीतको एल्बम निकाल्ने तयारीमा रहेको बताउँछिन् ।

भिडियो हेर्नुहोस्–

[youtube id=”mZAhBkQKHPk#t=14″ width=”600″ height=”350″]

Like

(Visited 131 times, 1 visits today)

३१ श्रावण २०७१, शनिबार १२:५५ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts