यी हुन् पहिलो पटक मन्त्री बन्दै गरेका कांग्रेस नेताहरु

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १२ श्रावण २०७३, बुधबार ०७:००

समाजखबर, काठमाडौं ।

नयाँ सरकार गठनको प्रक्रिया सुरु भएसंगै संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र मन्त्री चयनको विषयले महत्व पाउन थालेको छ । विगतमा सधै एउटै अनुहारलाई अवसर दिने गरेको आरोप खेप्दै आएको कांग्रेसभित्र यसपटक नयाँलाई प्राथमिकता दिन दवाव छ । संसदीय गतिविधिमा प्रभावकारी भूमिका निर्वाह गरेका र पार्टी संगठनमा पनि आफ्नो पहिचान स्थापित गरेकाहरुमध्ये केहीले भावी सरकारमा मन्त्री बन्ने सौभाग्य पाउने निश्चित छ ।

कांग्रेसले लिने भनेका १३ मध्ये ६ मन्त्रालयमा पुरानै अनुहार दोहोरिने देखिएपनि बाँकीमा नयाँ अनुहार पठाउने तयारी तीव्र छ । सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल नयाँलाई प्राथमिकता दिन सहमत छन् । मन्त्री बन्ने सम्भावनामा अग्रस्थानमा रहेका कांग्रेसका नयाँ अनुहारहरु यस्ता छन् ।

नवीन्द्रराज जोशी

nabindraकाठमाडौ क्षेत्र नम्बर ८ का निर्वाचित सांसद नवीन्द्रराज जोशी २२ वर्षको उमेरमै नेविसंघको महामन्त्री बनेका थिए । युवा उमेरमै काठमाडौं महानगरपालिकाको उपमेयर भएर राम्रो काम गरेका जोशी भावी सरकारमा सहरी विकास मन्त्री बन्ने सम्भावना बढी छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जोशीको नाम मन्त्री बन्नेको अग्रस्थानमै रहेको छ । सामाजिक संघ संस्थामा पनि क्रियाशील जोशी संसदमा प्रभावकारी भूमिका निर्वाह गर्ने कांग्रेस सांसदहरुमध्येका एक हुन् । मन्त्रालय भागबण्डा गर्ने क्रममा सहरी विकास कांग्रेसको भागमा नपरेको अवस्थामा जोशी श्रम वा वनमन्त्री बन्नेछन् ।

धनराज गुरुङ

dhanrajसंसदको लेखा समितिमा रहेर प्रभावकारी भूमिका निर्वाह गरिरहेका धनराज गुरुङ नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् । नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा स्थापित भएका गुरुङ कांग्रेसका स्पष्टवक्ता र अनुशासित नेतामध्येमा पर्छन् ।

पछिल्लोपटक सांसदहरुको तलब बढाउने निर्णयको विपक्षमा उभिएका गुरुङ डा.गोविन्द केसीको अनसनपछि अख्तियारको भूमिकाबारे सदनमा बहस हुनुपर्छ भनेर दर्ता भएको प्रस्तावका समर्थक हुन् । कांग्रेसको खेलकुद विभाग सम्हालेर भूकम्पपछिको पुनर्निर्माणमा जुटेका गुरुङ सम्भावित युवा तथा खेलकुद मन्त्री हुन् । काँग्रेसले सो मन्त्रालय नलिएको अवस्थामा गुरुङलाई सहकारी तथा गरिबी निवारण वा आपूर्ति मन्त्री बनाइनेछ ।

गगन थापा

gaganकांग्रेसभित्रको तेस्रो धार अर्थात् कृष्णप्रसा सिटौंला समूहबाट थापा मन्त्री बन्ने देखिन्छ । पार्टीभित्र र बाहिर लोकप्रिय छवि बनाएका थापाले संसदको कृषि समितिको सभापतिका रुपमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित थापाले भावी सरकारमा कृषि र ऊर्जामध्ये एक मन्त्रालय पाउने सम्भावना छ । पछिल्लो समय युवापुस्तामा मन्त्रीका रुपमा देख्न रुचाइएका नेतामध्येमा एक हुन् थापा । पार्टी महाधिवेशनमा महामन्त्रीमा पराजित थापा एकपटक मन्त्री बनेर राम्रो काम गर्दै आफ्नो प्रभाव विस्तार गर्ने योजनामा छन् ।

महेन्द्र यादव

mahendraतरुण दलको पूर्वअध्यक्ष समेत रहेका कांग्रेस केन्द्रीय सदस्य महेन्द्र यादव भावी सरकारमा सभापति देउवा पक्षबाट मन्त्री बन्दैछन् ।

सरकार निर्माणमा सक्रिय नेता विमलेन्द्र निधिसंग निकट सम्बन्ध रहेका यादव मधेशमा बलियो पकड राख्ने युवा नेता मानिन्छन् । भावी भौतिक पूर्वाधार मन्त्रीका रुपमा यादवलाई हेरिएको छ । नयाँ सरकारमा जाने नयाँ अनुहारका रुपमा यादवले राम्रो छाप छोड्न सक्ने आकलन गरिएको छ ।

किरण यादव

kiran yadav
कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी किरण यादव महोत्तरीबाट प्रत्यक्ष निर्वाचित हुन् । प्रथम राष्ट्रपति डा.रामवरण यादवकी भतिजी किरण रामचन्द्र पौडेलको सिफारिसमा मन्त्री बन्दैछिन् । सशक्त महिला नेतृका रुपमा आफूलाई स्थापित गराएकी यादव प्रष्ट वक्ता समेत हुन् । संसदमा समेत प्रभावकारी भूमिका निर्वाह गरेकी यादवलाई महत्वपूर्ण मन्त्रालयकै जिम्मेवारी दिने तयारी कांग्रेसभित्र भइरहेको छ ।

जीवनबहादुर शाही

jiwan sahiसभापति देउवा निकट जीवनबहादुर शाही हुम्लाबाट प्रत्यक्ष निर्वाचित हुन् । प्रदेश नम्बर ६ बाट कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित शाहीलाई मन्त्री बनाउन सभापति देउवा स्वयं ईच्छुक छन् ।

भावी सरकारमा कांग्रेसले पाउने मन्त्रालयमा कर्णालीका तर्फबाट शाही मन्त्री बन्दैछन् । उनलाई नागरिक उड्ययन तथा पर्यटन मन्त्री बनाउने तयारी देउवाले गरेका छन् ।

डिना उपाध्याय

Dinaकांग्रेस महाधिवेशनमा महिला कोटा छाडेर खुल्लामा प्रतिस्पर्धा गर्दै झिनो अन्तरले पराजित भएकी डिना उपाध्याय सभापति देउवा पक्षबाट मन्त्री हुने महिला नेतृ बन्दैछिन् ।

केन्द्रीय सदस्यमा देउवाले मनोनीत गर्ने अवस्था नभएका कारण उनलाई मन्त्री बनाउन लागिएको हो । प्रष्ट वक्ताका रुपमा रहेकी डिनालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्राप्त हुने कांग्रेस स्रोतको दावी छ । यसअघि राज्यमन्त्री भइसकेकी डिना पहिलोपटक फुल मन्त्री हुदैछिन् । 

 

अर्जुन जोशी

arjun१३ औं महाधिवेशनको पूर्वसन्ध्यामा क्याम्प चेन्ज गरेर देउवा समूहमा लागेकै कारण केन्द्रीय सदस्यमा पराजित भएका थिए अर्जुन जोशी ।

पर्वतबाट पटक पटक सांसदमा निर्वाचित भएका जोशी यसपटक भने मन्त्री बन्दैछन् । सभापति देउवाले नै उनलाई केन्द्रीय सदस्य र मन्त्रीमध्ये एक रोज्न भनेको बताइन्छ । महाधिवेशनमा पराजित भएपछि केन्द्रीय सदस्य मनोनीत हुनुभन्दा मन्त्री भएर काम गर्ने ईच्छा जोशीले देखाएका छन् ।

 

माथि उल्लेखित बाहेक कांग्रेसभित्र दिपक गिरि,बद्री पाण्डे,जीवन परियार, मीन विश्वकर्मा,चन्द्र भण्डारी,भीष्मराज आङदाम्बे, भीमसेनदास प्रधान, रामहरी खतिवडा, अमृत अर्याल, राजन केसी, रामकृष्ण घिमिरे,सुरेन्द्रराज आचार्य,उषा गुरुङ लगायत पहिलो पटक मन्त्री वा राज्यमन्त्री बन्ने सम्भावना बढी देखिन्छ ।

(Visited 15,140 times, 1 visits today)

१२ श्रावण २०७३, बुधबार ०७:०० मा प्रकाशित

शीर्ष खबर

सबै

९ लाख तेस्रो लिङ्गी मध्ये १ सय ६७ को मात्रै नागरिकता

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला,.....

विधिसम्मत नियुक्ति खारेज गरिएकोमा देउवा रुष्ट

मन्थली । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू नेतृत्वको सरकारले विधि सम्बत गरेका राजनीतिक नियुक्ती.....

कोशीको बहाव बढ्दो, नआत्तिन प्रशासनको आग्रह

सुनसरी । पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी.....

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौं । चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान.....

काठमाडौंमा १ सय ४३ स्थानमा पार्किङको व्यवस्था तर समस्या उस्तै !

अच्यूत रेग्मी । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी.....

Popular Posts