कांग्रेसबाट मन्त्रीमा दीपक गिरि कन्फर्म

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १६ श्रावण २०७३, आईतवार ०२:५२

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा बन्न लागेको नयाँ सरकारमा मन्त्री बन्न कांग्रेसभित्र दौडधुप चलिरहेको छ । नयाँ सरकारमा कांग्रेसले पाउने १३ मन्त्रालयमा मन्त्री र राज्यमन्त्री बन्न सांसदहरुको सक्रियता बढेको हो ।

कांग्रेसबाट मन्त्री बन्न कस्सिएकाहरु मध्ये दीपक गिरि त्यस्ता नेता हुन् जसको नाममा लगभग सर्वसहमति भइसकेको छ । सुशील कोइराला नेतृत्वको सरकारमै मन्त्री बन्न लागेका गिरिले पार्टीभित्रको समीकरण मिलाउनका लागि कोइरालाकै अनुरोधमा त्याग गरेका थिए । पार्टीभित्र महामन्त्री डा.शशांक कोइरालासंग निकै निकट सम्बन्ध रहेका गिरि दाङको ५ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पाँच नम्बर प्रदेशबाटै लोकप्रिय मत ल्याएर कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका गिरिले अघिल्लो कार्यसमितिमा रहँदा निर्माण व्यवसायी समन्वय विभाग सफल रुपमा चलाएका थिए । सो क्रममा उनले निर्माण व्यवसायी महासंघमा लोकतान्त्रिक नेतृत्व स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

गिरिलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मन्त्रीका लागि सिफारिस गर्दैछन् ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रीका आकांक्षी रहेका गिरीले मन्त्री बन्ने कन्र्फम भएपछि आफू निकटकाहरुसंग प्रभावकारी काम कसरी गर्ने भन्नेमा छलफल थालेका छन् ।

सभापति देउवा, वरिष्ठ नेता पौडेल र महामन्त्री कोइरालाको सर्वसहमतिमा भावी सरकारमा मन्त्री हुने गिरी एकमात्रै मन्त्री हुँदैछन् । विमलेन्द्र निधिले भौतिक पूर्वाधार मन्त्रालय नलिएको अवस्थामा गिरीले नै सो मन्त्रालय सम्हाल्नेछने । गठबन्धनमा अरु कुनै दलले सो मन्त्रालय पाएमा शहरी विकास, शान्ति तथा पुनर्निर्माण वा उद्योग मन्त्रीमा गिरीको सम्भावना रहेको छ ।

(Visited 5,904 times, 1 visits today)

१६ श्रावण २०७३, आईतवार ०२:५२ मा प्रकाशित

शीर्ष खबर

सबै

आजबाट मलमास सुरु, यी काम झुक्किएन पनि नगर्नुहोला !

काठमाडौं । जेठ २ गते अर्थात आजबाट मलमास अर्थात पुरुषोत्तम मास सुरु भएको छ । अब अधिकमास? के–के गर्न हुँदैन ? यस्ता जनजिज्ञासाहरू यत्रतत्र सुनिन थालेका छन् । आखिर के हो त अधिकमास ? कुनै कुनै वर्षहरूमा अधिकमास किन.....

कांग्रेस संसदीय दलमा मिनेन्द्रदेखि देवेन्द्रसम्म सर्वसम्मत

काठमाडौं । कांग्रेस संसदीय दलको कार्यसमितिका सदस्यहरू मंगलबार निर्विरोध निर्वाचित भएका छन् । पार्टीको शीर्ष.....

यातायात समितिका नाममा रहेको सम्पत्ति खोज्दै सरकार

काठमाडौं । सरकारले संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका यातायात सम्बद्ध संघसंस्थाहरुको नाममा रहेको रकम, शेयर.....

नेपाली कांग्रेस धनुषामा सर्वसम्मत

जनकपुरधाम- नेपाली कांग्रेस धनुषाको १३औं जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा जिल्ला कार्यसमिति चयन गरेको.....

वाराणसीमा निर्माणाधीन आकासेपुल भत्कियो, १२ जनाको मृत्यु

भारत । भारतको वाराणसी जिल्लामा सडकमा निर्माणाधीन आकासेपुल भत्किँदा १२ जनाको मृत्यु भएको छ। अन्य केही व्यक्ति.....

Popular Posts