दुबई बसेर नेपाली कला संस्कृतिलाई माया गर्ने पबित्र मनका पबित्र भण्डारी

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार १२:३८

चाहे देशमा हुँदा होस्, चाहे विदेशी भूमीमा हुँदा होस्, आफ्नो कला संस्कृतिको माया धेरैलाई हुन्छ । यो भीडमा यस्तै नाम हो, पवित्र भण्डारी । नाम जस्तै मनसँगै प्रतिभाका पनि धनि अनि स्वच्छ पवित्र काम विशेषले केहि बर्षयता युएईको दुबईमा छन् ।

तर पनि उनले आफ्नो रुचीको विषय अभिनय र मोडलिङलाई छाड्न सक्दैनन् । त्यसैले त उनले दुबईमा नै रहँदा अथवा नेपाल आउँदा जाँदाको मौका पारेर मोडलिङलाई निरन्तरता दिईरहन्छन् । अभिनयसँगै खेलकुदमा पनि उत्तिकै रुची राख्ने पबित्र कराँते खेलमा समेत ब्ल्याकबेेल्ट प्राप्त खेलाडी हुन् । उनले दैनिक कामसँगै फुर्सदको समय अभिनय तथा खेलकुद दुबैलाई सँगसँगै अघि बढाउँछन् ।

pabitra-bhandari

सुन्दर लुक्स आकर्षक कदका धनी पवित्रले दर्जन बराबर म्युजिक भिडियोमा मोडलिङ गरिसकेका छन् । आफ्नो कर्मसँगै अभिनय र सामाजिक कार्यमा रुची राख्ने पवित्रले आफ्लो मोडलिङलाई मुल पेशा भन्दा पनि सोखको रुपमा परिभाषित गर्न चाहन्छन् ।

पप सिंगर राजेश हमालसँगै गायक, जोए मान्नधर, रामचन्द्र काफ्ले लगायतका गायकको गीतमा मोडलिङ गरिसकेका उनले ज्योती मगरसम्मका मोडलहरुसँग कम्मर मर्काईसकेका छन् ।

pabitra-bhandari11

थियटरमा समेत अभिनय गरिसकेका तथा विभिन्न ठाउँमा अभिय कक्षासमेत लिईसकेका पवित्रले फिल्मको अभिनयलाई भने तत्काल नजिकबाट लिएका छैनन् । अभिनयमा आप्नो रुची कहिल्यै नघट्ने बोल्ने उनले फिल्म क्षेत्र प्रवेशको कुरा गर्दा बरु आफैले केहि नयाँ प्रयोगसहितको फिल्म मेकिङमा लाग्ने र नेपाली दर्शकलाई अन्तर्राष्ट्रिय स्वाद दिने चाहना व्यक्त गरे ।

pabitra-bhandari-and-shankar-paudel

नेपालमा रहँदा साथीसंगीको प्रेरणाले यो क्षेत्रप्रति लगाव बढेको बोल्ने पवित्रले त्यसपश्चात म्यासेन्जर व्याण्डका गायक राजेश हमाल तथा दुबईमा रहँदै आउनुभएका निकटतम् मित्र शंकर पौडेलको साथले नै मोडलिङ दुनियाँसँग नजिक रहिरहन टिकाईरहेको तर्क पवित्रको छ ।

यहाँ हेर्नुहोस पवित्रको अभिनय समावेश गीतः

(Visited 196 times, 1 visits today)

१ मंसिर २०७३, बुधबार १२:३८ मा प्रकाशित

शीर्ष खबर

सबै

९ लाख तेस्रो लिङ्गी मध्ये १ सय ६७ को मात्रै नागरिकता

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला,.....

विधिसम्मत नियुक्ति खारेज गरिएकोमा देउवा रुष्ट

मन्थली । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू नेतृत्वको सरकारले विधि सम्बत गरेका राजनीतिक नियुक्ती.....

कोशीको बहाव बढ्दो, नआत्तिन प्रशासनको आग्रह

सुनसरी । पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी.....

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौं । चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान.....

काठमाडौंमा १ सय ४३ स्थानमा पार्किङको व्यवस्था तर समस्या उस्तै !

अच्यूत रेग्मी । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी.....

Popular Posts