दसैंमा किन लगाईन्छ जमरा ? जमराको यस्तो छ फाइदा…

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ५ आश्विन २०७४, बिहीबार ०२:३९

प्रा. डा. सिद्धिवीर कर्माचार्य – 

आश्विन शुक्ल प्रतिपदाबाट सुरु भएर दशमी तिथिमा पूर्ण हुने अथवा दस दिनमा परिपूर्ण हुने एक विशेष सांस्कृतिक पर्व नै  दसैँ हो । दसैँको पहिलो दिन पाँगो माटो (Slit) मा जौको जमरा राख्ने चलनबाट दसैँको पहिलो दिन सुरु भएको मानिन्छ । (कसै कसैले जौको सट्टा मकै पनि जमरा राख्ने चलन छ) । उक्त माटो सकेसम्म शुद्ध होस् भनी नदीबाट ल्याउने चलन छ । हिन्दू धर्मावलम्वीहरूको घरमूलीले सरकारबाट निकालेको शुभसाइत अथवा राजकीय साइतअनुसार आफू नुहाइ धुवाइ गरी शुद्ध भई चोख्याएपछि परम्परा अनुसार आआफ्नो घरमा खासगरेर पूजा कोठामा जौ छरी जमरा राखी दसैँ शुभारम्भ गरिन्छ । यसका साथै माटाका पालामा (सलिचा) अलग्गै जमरा पनि राखिन्छ, यसरी राखेको जमरा सहितको पाला हरेक शक्ति पीठहरूमा महाअष्टमी, महानवमी, महादशमीको दिन विशेष पूजा गरी चढाइन्छ । दसैँको पहिलो दिन आआफ्नो पूजा कोठामा जमरा राख्ने कार्यसँगै एउटा पूर्ण कलशमा पञ्चपल्लव (वर, पिपल, आँप, काब्रो र पौहको नयाँ पालुवा) सहित स्थापना गरिन्छ, जसलाई घटस्थापना पनि भनिन्छ ।
उक्त कार्य सम्पन्न गर्न भक्तपुरका बासिन्दालाई भक्तपुर तलेजु परिसरबाट धार्मिक विधि अनुसार शोधन गरिसकेको जौ वितरण गरिन्छ । यदि उक्त शोधन गरिएको जौ अपुग भएमा घरको अरु जौ मिसाई कार्य सम्पन्न गरिन्छ । यसबाट भक्तपुरवासीहरू र तलेजु मन्दिरसँग अन्योन्याश्रित सम्बन्ध भएको बुझिन्छ ।
तान्त्रिक मत मान्नेहरूका अनुसार दसैँको पहिलो दिन शक्तिरूपा ब्रम्हायणी उत्पन्न भएको मानिन्छ । तसर्थ उक्त दिनमा खास गरिकन भक्तपुर न.पा. क्षेत्रका बासिन्दाहरू सवेरैदेखि ब्रम्हायणी पीठमा परम्परागत वाजागाजा सहित पूजा गर्न जाने चलन छ । त्यसैको साँझ उक्त पीठमा आरती गर्ने हेतुले उक्त पीठमा वडो उल्लासमय वातावरणमा भक्तालुहरूको उल्लेखनीय उपस्थिति रहन्छ । उक्त साँझको आरती पश्चात् दसैँको पहिलो दिन व्यतित भएको मानिन्छ । ब्रम्हायणी देवी नवदुर्गा गणमध्ये एउटा शक्तिस्वरूपा हो भने उनको शिवरूप अशितांग भैरव हो अर्थात् ब्रम्हायणी र अशितांग भैरवको पूर्णता भन्नु नै शिवपार्वती, लक्ष्मीनारायण जस्तै हो । तसर्थ ब्रम्हायणी पीठमा अशितांग भैरवलाई महादेवको रूपमा पनि पूजा गरिन्छ ।
वातावरणीय दृष्टिकोणले पांगो माटोमा भएको र छर्किएको पानीको चिस्यानबाट स्थानीय हावापानी (Microclimate) को विकसित भै जौको सुषुप्त भु्रण (Dormant embryo) कृयाशील भई नयाँ जीवनका लागि तर्खर रहन्छ । तुलनात्मक रूपमा आम जनतामा पनि दसैँ पर्वबाट नयाँ जीवन र नवीन कार्य गर्ने गराउने उत्प्रेरणा प्राप्त हुन्छ । तसर्थ दसैँ पर्व आम मानिसको लागि उत्साह, उमंग र प्रेरणाको श्रोत हो भन्दा कुनै अत्युक्ति हुने छैन ।
एवं रूपले दसैँ महोत्सवको दोस्रो दिन नवदुर्गा गण मध्येकी अर्की शक्तिस्वरूपा माहेश्वरी देवी उत्पन्न हुन्छ । माहेश्वरीको शिवरूप रुरु भैरव मानिन्छ । पहिलो दिन जस्तै माहेश्वरी पीठमा सबेरै भक्तालुहरू  सहित उक्त पीठमा पूजा तथा दर्शन गर्न जान्छन् र साँझ बडो उत्साहका साथ आरतिका लागि उक्त पीठमा भक्तालुहरूको उल्लेखनीय उपस्थिति रहन्छ । जमरा राखेको २४ घन्टा बितिसकेको अवस्थामा जौको भु्रण (Embryo) नयाँ जीवन दिन तम्तयार भएर बसेको पाइन्छ । यही समयमा पाँगो माटोको सतहमा एक किसिमको ढुसी (Fungus) पनि समानन्तर रूपमा विकसित भएर आउँछ । यो ढुसीले पनि जमराको नयाँ जीवनको कृयाशीलतामा महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
यसै श्रृंखलामा, तेस्रो दिन नवदुर्गा गणमध्येकी अर्की शक्तिस्वरूपा कौमारी (कुमारी) देवी उत्पन्न हुन्छिन् । कुमारीको शिवरूप चन्द भैरव मानिन्छ । यस पीठमा पनि सवेरै भक्तालुहरूवाजागाजा सहित उक्तपीठमा पूजा तथा दर्शन गर्न जान्छन् र साँझ वडो उत्साह र उमंगका साथ आरतकिो लागि उक्त पीठमा पनि भक्तालुहरूको उल्लेखनीय उपस्थिति रहन्छ । जमरा राखेको ४८ घण्टा वितिसकेको अवस्थामा भु्रणबाट दुुईटा भाग उत्पन्न हुन्छ, त्यसमध्ये माथिल्लो भाग (Plumule) बाट काण्डको विकसित हुन्छ भने तल्लो भागबाट (Radical) जराको प्रणाली विकसित हुन्छ र ढुसीको पनि समानन्तर रूपमा विकसित भै रहन्छ । यो ढुसीको किसित अवस्थाले स्थानीय तहको वातावरणलाई ओसिलो पार्ने कार्य गर्छ, जसले जमराको नयाँ जीवनलाई गति (speed) दिने कार्य गर्छ ।
दसैँ पर्वको चौथो दिन, नवदुर्गा गण मध्येकी अर्र्की शक्तिस्वरूपा भद्रकाली (वैष्णवी) देवी उत्पन्न हुन्छिन् । भद्रकालीको शिवरूप क्रोध भैरव मानिन्छ । यस पीठमा पनि उषाकालपूर्व र साँझमा भक्तालुहरू पहिलेको दिन जस्तै पूजा गर्न जान्छन् । यस दिनमा जौको भु्रण प्रस्फुटन भई करिब ०.५ से. टुसा पलाएको देखिन्छ, र हरेक घन्टा घन्टामा बढेर सूर्यको प्रकाश (Sunlight) तिर आकर्षित भएर आउँछ । सूर्यको प्रकाश भएको तिर गएको जमरामा तुलनात्मक रूपमा हरियोपना बढी देखिन्छ भने सूर्यको प्रकाश कम भएको ठाउँमा पहेँलो बढी देखिन्छ, अर्थात् सूर्यको प्रकाशले हरितकण (Chlorophyll)  को विकास गर्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।
यसै सिलसिलामा पाचौँ दिन नवदुर्गा गण मध्येकी अर्की शक्तिस्वरूपा वाराही देवी उत्पन्न हुिन्छन् । वाराहीको शिवरूप उन्मत भैरव मानिन्छ । यस पीठमा पनि साबिकै रूपमा बिहान बेलुका भक्तालुहरूको उल्लेख्य सहभागिता हुन्छ । यस दिनसम्म आइपुग्दा जमराको रूप एकदमै फेरिसकेको हुन्छ, अर्थात् समानान्तर रूपमा माटोमुनि जरा, माथिल्लो भागमा काण्ड र माटोको सतहमा ढुसीको बाक्लोपना (Fungal mat) विकास भैसकेको हुन्छ ।
यही क्रममा छैँठो दिन नवदुर्गा गणमध्येकी अर्की शक्तिस्वरूपा इन्दायणी देवी उत्पन्न हुन्छिन् । इन्द्रायणीको शिवरूप कपालीश भैरव मानिन्छ । यस पीठमा पनि साबिकै क्रममा बिहान बेलुका भक्तालुहरूले उल्लेख्य रूपमा सहभागिता जनाउँछन् । यस दिनसम्म आइपुग्दा जमराको बाहिरी स्थिति (Morphology) जस्तै उचाइ, घनत्व इत्यादिमा उल्लेख्य विकास भैसकेको हुन्छ ।
सातौँ दिन (फुलपाती अथवा महासप्तमी पनि भनिन्छ) नवदुर्गा गण मध्येकी अर्की शक्तिस्वरूपा चामुन्डा (महाकाली) देवी उत्पन्न हुन्छिन् । चामुन्डाको शिवरूप भिषण भैरव मानिन्छ । यस पीठमा पनि बिहान बेलुका भक्तालुहरूले यथासक्य सहभागिता जनाउँछन् । यस दिन भक्तपुर नगरभित्रका नेवार समुदायले सामुहिक रूपमा आआप्mनो टोलमा महिषासुर स्वरूप रांगाको बलि चढाइ प्रसादको रूपमा मासु भित्राउँछन् र भोजको सुरुवात गर्छन् । यस दिनको बिहान सरकारी साइत अनुसार श्री तलेजु भवानीको मूलचोकमा श्री तलेजुको सवारी र जात्रा (द्यो कोहाँबिज्याकेगू) सम्पन्न गरी दसैँ घर (कुमारी चोक) मा प्रस्थान गरिन्छ । उक्त जात्रामा श्री तलेजु भवानीको दर्शनार्थ मूलचोकमा प्रशस्त संख्यामा भक्तालुहरूको उपस्थिति रहन्छ । यसदिनसम्म आइपुग्दा जमराको उचाईमा उल्लेख्य बृद्धि भइसकेको हुन्छ ।
पहिलेकै क्रमानुसार आठाँै दिन (कूछि भ्वय÷महाष्टमी) नवदुर्गाको अर्को शक्तिस्वरूपा महालक्ष्मी देवी उत्पन्न हुन्छिन् । महालक्ष्मीको शिवरूप संहार भैरव मानिन्छ । यस पीठमा पनि पहिलेको दिन जस्तै बेलुका बिहान भक्तालुहरूको उल्लेख्य सहभागिता हुन्छ । यस दिन पूजा कोठा अथवा दसैँघरमा आआप्mनो परम्परानुसार देवी भगवतीको प्रतिमा सहित स्थापना पूजा गरिन्छ । विभिन्न शक्ति पीठहरूमा बोका, रांगा, भेडा, हाँस, कुखुरा र जमरा सहितको बलि पूजा गरिन्छ । उक्त बलिपूजामा, बलिदिने वा बलिनदिने व्यक्तिहरूले घटस्थापनाको दिन माटोको पालामा राखेको जमरा सहित चढाई पूजा गर्छन् । यस दिन सम्ममा जमरा निकै नै ठुलो भइसकेको हुन्छ ।
यस दिनको राति तलेजुको मूलचोकमा विशेष तान्त्रिक पूजा अन्तर्गत २४—२५ वटा रांगा र बोका सहितको कालरात्रि बलिपूजा गरिन्छ । ती पूजाहरूमा बलि दिने बोका, रांगाहरूमा सरकारी र जनस्तरका तर्पmबाट पनि हुन्छन् ।
दसैँ महोत्सवको नवौँ दिन (तां पूजा) मा श्री नवदुर्गा गणको मूल स्वरूपा अथवा त्रिशक्तिहरू महाकाली, महालक्ष्मी, महासरस्वतीको एकात्मक शक्ति श्री त्रिपुर सुन्दरीदेवी उत्पन्न हुन्छ । यसको शिवरूप त्रिपुर भैरव मानिन्छ । उक्त दिनमा पनि बिहान बेलुका त्रिपुरसुन्दरीको शक्तिपीठमा भक्तालुहरूको बाक्लो उपस्थिति रहन्छ । यसदिन हरेक व्यक्तिको घरघरमा घटस्थापना गरिएको पूजाकोठामा आआप्mनो औजार, पुस्तक, कलम, ढक, तराजु र चोकमा गाडी, मोटरसाइकल, कामदारहरूको ज्यावल, सबैलाई साथैमा राखी बडो भक्तिमय वातावरणमा दसैँ महोत्सवको नवौँ दिन सम्पन्न गरिन्छ । उक्त पूजामा पनि जमरा सहित आप्mनो परम्परानुसारको बलि दिइन्छ । यस नवौँ दिनको पूजामा आआफ्नो घरमा रहेका साना केटीहरूलाई कुमारीको रूपमा पूजा गरिन्छ । यस पूजापछि बलि दिने कार्यक्रम सकिएको मानिन्छ ।
यसदिन दिउँसोको साइतमा भक्तपुरको मूलचोक स्थित दसैँघर (कुमारी चोक) मा तान्त्रिक विधि विधान अनुसार एकान्तकुमारी (१ जना) र गण कुमारी (११ जना) को पूजा गरिन्छ । उक्त कुमारी पूजाको लागि एकान्त कुमारी वा वणकुमारी  शाक्य वा वज्राचार्य परिवारका कन्या केटीमात्र हुन पाउँछन्, गणकुमारीको सदस्यको रूपमा ठिमी मध्यपुरबाट एउटा कन्या (वालकुमारी) राख्नै पर्ने अवस्था छ, यसरी कुमारीको विधिवत पूजापछि करिव दसैँ पर्व सकिन आउँछ । यस प्रथाबाट नेपालमा हिन्दू र विभिन्न ठाउँका बौद्धहरूबीच एक आपसमा सम्मान भएको झल्कन्छ ।
दशँै महोत्सवको दशौँ दिन विसर्जन पूजा गरी जमरा टिपेर माला बनाइ आफ्नो घरको पूजा कोठा, शक्ति पीठहरूमा पूजा गरिन्छ । भक्तपुर तलेजुमा पनि राजकीय साइत अनुसार उपरोक्त पूजा सम्पन्न गरी श्री तलेजु भवानी माथि सवारी हुने (द्यो थाहाँ विज्याकेगु) गर्दछ । साथै कालरात्रीमा बलि चढाइएको २५ वटा रांगाको टाउको मूलचोकमा लहरै प्रदर्शन गरिराखेको हुन्छ । यस दिन मूलचोकमा जनसमुदायबाट श्री तलेजुको जमरा प्राप्त गर्दछन्, एक किसिमले यस दिन जमराकै विशेष दिन जस्तो देखिन्छ, किन भने सबैजसो जनसमुदायले आफ्नो निधारमा रातो टिका सहित जमराले आफ्नो टाउको सिउरेको हुन्छ ।
भक्तपुरवासीहरूको लागि यस दिन विशेष महत्वको हुन्छ, किनभने वर्षको १ दिन अर्थात महादशमीको राति श्री तलेजु भवानीे जमराको माला लगाई भक्तपुर परिक्रमा (पायो न्हयाकेगु) गर्दछन् । उक्त परिक्रमा गर्दा साइत (चन्द्रमाको स्थिति) अनुसार पूर्व वा पश्चिमबाट सुरु गर्दछन् । यो जात्रा सम्पन्न गर्न अघि भक्तपुर तलेजुको सुनढोका (Goldengate) मा सम्पूर्ण नवदुर्गा गणबाट आफ्नो शक्तिको स्रोत श्री तलेजु भवानीसँग सिद्धिप्राप्त गर्न दर्शन गर्न आउँछन् । यो समारोह पछि विधिवत रूपमा नयाँ नवदुर्गा गण शक्तिले परिपूर्ण भएको मानिन्छ र यो गणले सम्पूर्ण भक्तपुर नगरलाई विभिन्न दिशामा विराजमान भई निरन्तर रूपमा धार्मिक सुरक्षा प्रदान गर्दछ ।
यसरी भक्तपुरलाई सुरक्षा प्रदान गर्ने क्रम आषाद कृष्ण अष्टमी अर्थात भलभल अष्टमी (भगस्ति) को दिन भक्तपुर मूलचोक (तलेजुमा) मा सम्पूर्ण नवदुर्गा गण आफ्नो शक्ति श्री तलेजु भवानी छेउ विसर्जन गर्दै ब्रम्हायणी पीठको हनुमन्ते खोलामा जलसमाधी लिन्छन् र वर्षाको तयारी गर्दछन् । पुनः आश्विन सुदि अर्थात नयाँ दसैँमा विभिन्न नवदुर्गा गण क्रमिक रूपले उत्पन्न भै एउटा सुरक्षात्मक धार्मिक चक्र पुरा गर्दछन् ।
दसैँपर्वमा जमरा सहित सम्पूर्ण रितिरिवाजको स्थिति अध्यन गर्दा भक्तपुरबासी अथवा सम्पूर्ण नेपाली हिन्दू एवं बौद्धहरूको लागि, आर्थिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक, मनोरञ्जनात्मक, वातावरणीय एवं सम्पूर्ण रूपले महत्व राख्दछ, किनभने यस पर्वले सबै जनताले आ—आफ्नो मान्यजनबाट “जयन्ति मंगला काली भद्रकाली कपालिनी, । दुर्गा क्षमा शिवाधात्री स्वाहा स्वधा नमोस्तु ते ।।” श्लोकको ध्वनी सहित टिका, जमरा, र आशिर्वाद प्राप्त गर्दछन् । वर्षभरि सम्बन्धित सम्पूर्ण व्यक्तिहरूलाई भवानी नवदुर्गाबाट शुभ, मंगल, जय, प्राप्त गर्दछन् ।

(Visited 1 times, 1 visits today)

५ आश्विन २०७४, बिहीबार ०२:३९ मा प्रकाशित

शीर्ष खबर

सबै

कम्युनिष्ट सरकारको कदम , ६ ठाउँमा आन्दोलन गर्न निषेध

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको.....

‘देउवाको नेतृत्व असफल भयो, अब फेर्नुपर्छ’

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।.....

हिम्मत भए निर्वाचन खारेज गर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्व सरकारले सुरुवातमा नै प्रमुख.....

कांग्रेस जोगाउन नेतृत्व फेर्नुपर्छ : सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक.....

अति गरे अाेली सरकारकाे क्षति हुन्छ : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले.....

Popular Posts