एमाले र माओवादीको अडानका कारण डा. केसी माग पूरा नहुने निश्चित

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ आश्विन २०७४, शुक्रबार १२:३१

काठमाडौं । दलहरुबीचको अडानका कारण चिकित्सा शिक्षा विधेयक ब्यवस्थापिका संसदमै थन्किएको छ । माथेमा आयोगको प्रतिनिवेदनअनुसार विधेयक पारित हुनु पर्ने माग गर्दै डा. गोविन्द केसीको १३ औं पटकको अनशन जारी रहेका समय दलहरुबीच सहमति हुन नसकेपछि विधेयक संसदमै अलपत्र परेको हो ।

ब्यवस्थापिका संसदको अन्तिम बैठक भोली बस्ने र सो बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने तयारी भएपछि विधेयकमा सहमति जुट्ने सम्भावना समेत तत्कालका लागि टरेको छ । विधेयकमाथि सहमतिको पहल स्वरुप सभामुख ओनसरी घर्तीले बोलाउनुभएको बैठकमा प्रमुख तीन दलले पुरानै अडान दोहोर्‍याएका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित मुख्य दलका प्रमुख सचेतकसमेत सहभागी बैठकमा सभामुख घर्तीले विवाद समाधान गर्दै अगाडि बढ्न दलहरुलाई सुझाउनुभएको थियो । अनशनस्थल राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालबाट अपिल जारी गर्दै डा. गोविन्द केसीले आफ्नो विशेषाधिकार प्रयोग गरी विधेयक प्रस्तुत गर्न आग्रह गरेपछि सभामुख घर्तीले आफ्नो कार्यकालमा अन्तिम प्रयास गर्नुभएको हो ।

बैठकमा एमाले र माओवादी केन्द्रले महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिबाट पारित भएअनुसार विधेयक अगाडि बढाउनु पर्ने अडान दोहोर्‍याएका थिए भने कांग्रेसले विधेयक परिमार्जन सहित पारितका लागि सहयोग गर्न आग्रह गरेको थियो । दलहरुबीचको असहमतिका कारण बारम्बार विधेयक कार्यसूचीबाट हटाईदै आएको थियो ।

विधेयकमा १० वर्षसम्म काठमाडौंमा मेडिकल कलेज नखोल्ने, एउटा विश्वविद्यालयले ५ वटा मेडिकल कलेजलाई मात्र सम्बन्धन दिने लगायतका प्रस्ताव गरिएको छ ।

सो व्यवस्थाले मनमोहन मेमोरियल मेडिकल कलेज र झापाको बीएण्डसीले सम्बन्धन नपाउने भएपछि एमाले र माओबादी केन्द्रले विधेयकमा बिरोध जनाएका हुन् ।

(Visited 1 times, 1 visits today)

२७ आश्विन २०७४, शुक्रबार १२:३१ मा प्रकाशित

शीर्ष खबर

सबै

कम्युनिष्ट सरकारको कदम , ६ ठाउँमा आन्दोलन गर्न निषेध

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको.....

‘देउवाको नेतृत्व असफल भयो, अब फेर्नुपर्छ’

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।.....

हिम्मत भए निर्वाचन खारेज गर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्व सरकारले सुरुवातमा नै प्रमुख.....

कांग्रेस जोगाउन नेतृत्व फेर्नुपर्छ : सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक.....

अति गरे अाेली सरकारकाे क्षति हुन्छ : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले.....

Popular Posts