पशुपालनबाट लाभ लिदै शिक्षित युवा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २९ आश्विन २०७४, आईतवार ०३:०६

पथरी । मोरङको उर्लाबारी–४ का विज्ञान ढुंगानाले गाईपालन गरेर वार्षिक रु १० लाख आम्दानी गरिरहनुभएको छ । कृषि र पशुपालन व्यवसायबाट पलायन हुँदै सयौँ युवा जनशक्ति भविष्य निर्माणको सपना बोकेर खाडीतर्फ विदेशिइरहेका बेला उहाँले स्वदेशमै मेहनत गरेर वार्षिक रु १० लाखभन्दा बढी कमाइ गर्नुभएको हो ।

विसं २०६१ मा दमक बहुमुखी क्याम्पस झापाबाट बिबिएस उत्तीर्ण गर्नुभएका ढुंगाना आफन्त र नातेदारलाई मात्र होइन पूरै समाजलाई चुनौती दिँदै कृषि कर्ममा होमिनुभएको छ । हामीकहाँ पढेलेखेका व्यक्तिले जागिर खानुपर्छ, पैसा कमाउन युरोप अमेरिका जानुपर्छ भन्ने सामाजिक मान्यता स्थापित हुँदै गएको छ । तर त्यो मानसिकतालाई उहाँले तोड्नुभएको छ ।

विसं २०६६ मा भारतको हरियाणाबाट ब्राउन सुइस जातका दुई वटा गाई ल्याएर गोठमा बाँधेपछि पशुपालनमा उहाँको रुचि झनै बढ्यो । आठ वर्षको अवधिमा उहाँको गोठ ब्राउन सुइस, क्राउनडाउन, होलस्टेन, इजेट थारोपकार, जर्सी, लियङ्दी जातका दुधालु गाईले भरिभराउ छ । उहाँ भन्नुहुन्छ, “६० वटा गाई छन्, जसमध्ये १८ वटा दुहुना छन् । १९ वटा ब्याउने छन् भने अन्य कोरली छन् । “अहिले दैनिक १५० लिटर दूध उत्पादन हुन्छ ।

त्यसो त ढुंगानाले माता पार्वतादेवी एण्ड आविष्कार बहुउद्देश्यीय कृषि फार्म नै दर्ता गर्नुभएको छ । उहाँको फार्मबाट उत्पादित दूध उर्लाबारी, तरहरा, विराटनगर, धरान, काँकडभिट्टालगायतका शहरमा दैनिक बिक्री हुने गरेको छ । भन्नुहुन्छ, “खर्च कटाएर वार्षिक रु सात लाख आम्दानी हुने गरेको छ ।” ढुंगाना थप्नुहुन्छ, “साथीभाइ मात्र होइन आफन्त र नातागोताले पनि विदेश जान सुझाउँछन् तर आफ्नो देशमा दुःख, सुख साट्ने परिवार साथमा छ ।” फेरि विदेशमा पैसाका लागि काम गर्नै पर्छ । व्यवसाय शुरु गर्दा मलिन अनुहार बनाएका बुबाआमा मात्र होइन आफन्त नातागोता र साथीभाइ अहिले खुशी छन् ।

गाउँ समाज पनि विज्ञानको पशुपालनप्रतिको मोहबाट प्रशन्न छ । ११ जना कामदारका साथ दैनिक सँगै खटेर काम गर्नुहुन्छ । गोबर सोहोर्ने, गाई दुहुने मात्र होइन चारोको प्रबन्ध मिलाउने काममा पनि उहाँ खट्नुहुन्छ । भन्नुहुन्छ, “सय माउ पाल्ने योजना छ ।” ढुंगानाको फार्ममा अहिले गाईका अतिरिक्त २९९ वटा कुखुरा, ५० वटा बाख्रा र १२ वटा टर्कीसमेत रहेका छन् । यी सबैबाट वार्षिक रु १२ लाख आम्दानी हुने उहाँ बताउनुहुन्छ ।

दूध डेरी उद्योगले प्रतिलिटर रु ४८ मा किनिदिने गरेको छ । अझ गोबर मलबाट झनै राम्रो आम्दानी छ । गोबर प्रतिटिपरको रु १० हजार र प्रति ट्र्याक्टर रु चार हजारले बिक्री हुने गरेको छ ।

वार्षिक रु दुई लाख गोबर मलबाट मात्र आम्दानी हुने उहाँको भनाइ छ । नजिकै पशु प्राविधिक नहुँदा विभिन्न समस्या झेल्नु परेपछि उहाँले आफैँ भेटेनरी शिक्षा अध्ययन गर्नुभयो । अहिले उहाँ गाईलाई लाग्ने सामान्य रोगको आफैँ उपचार गर्नुहुन्छ । ढुंगानाको कामलाई उहाँकी पत्नी भावनाले पनि सघाउँदै आउनुभएको छ ।

दुई वटा गाईको रु दुई लाख ५० हजार र फार्म निर्माणमा रु २२ लाख खर्चेका ढुंगानाको फार्ममा अहिले रु ५० लाख मूल्य बराबरका गाई रहेका छन् । पछिल्लो समय यस क्षेत्रमा लाग्न चाहने किसानलाई निःशुल्क तालीम तथा परामर्श दिँदै आएको जिल्ला पशु सेवा कार्यालय मोरङले यस वर्षको उत्कृष्ट कृषक घोषणा गर्दै ढुंगानालाई सम्मान गरेको छ । नगद रु पाँच हजारसहित प्रमाणपत्रले सम्मानित भएपछि ढुंगानाको आँट र इच्छा शक्ति अझ बढेको छ ।

(Visited 1 times, 1 visits today)

२९ आश्विन २०७४, आईतवार ०३:०६ मा प्रकाशित

शीर्ष खबर

सबै

कम्युनिष्ट सरकारको कदम , ६ ठाउँमा आन्दोलन गर्न निषेध

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको.....

‘देउवाको नेतृत्व असफल भयो, अब फेर्नुपर्छ’

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।.....

हिम्मत भए निर्वाचन खारेज गर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्व सरकारले सुरुवातमा नै प्रमुख.....

कांग्रेस जोगाउन नेतृत्व फेर्नुपर्छ : सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक.....

अति गरे अाेली सरकारकाे क्षति हुन्छ : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले.....

Popular Posts