निर्वाचन आयोगले बनायो पराशर्म समिति

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ६ कार्तिक २०७४, सोमबार ००:५५

काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट आगामी प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपत्रका बारेमा भएको आदेशको कार्यान्वयनको सिलसिलामा आयोगबाट एकै सीटमा दुईवटा मतपत्र भएको निर्णय र तयारी सम्बन्धमा अध्ययन, परामर्श तथा विस्तृत छलफल गरी आयोगमा प्रतिवेदन पेश गर्न एक समिति गठन गरेको छ ।

आयोगको कात्तिक ३ गते बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगका सहसचिव दिनेशकुमार घिमिरेको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको आयोगले जनाएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीको दुईवटा मतपत्र एउटा सीटमा र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको दुईवटा मतपत्र अर्को सीटमा गरी दुवै सभाका सदस्यको निर्वाचनका लागि एकै सीटमा दुई÷दुईवटा मतपत्र छाप्ने आयोगको निर्णय विरुद्ध सर्वाेच्चमा मुद्दा परेको थियो ।

(Visited 1 times, 1 visits today)

६ कार्तिक २०७४, सोमबार ००:५५ मा प्रकाशित

शीर्ष खबर

सबै

कम्युनिष्ट सरकारको कदम , ६ ठाउँमा आन्दोलन गर्न निषेध

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको.....

‘देउवाको नेतृत्व असफल भयो, अब फेर्नुपर्छ’

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।.....

हिम्मत भए निर्वाचन खारेज गर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्व सरकारले सुरुवातमा नै प्रमुख.....

कांग्रेस जोगाउन नेतृत्व फेर्नुपर्छ : सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक.....

अति गरे अाेली सरकारकाे क्षति हुन्छ : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले.....

Popular Posts