भारतलाई हराएको नेपाल मलेसिया हराउने तयारीमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार १५:१४

एसीसी यू-१९ युथ एसिया कप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भोली (मंगलबार) आयोजक मलेसियासँग खेल्दैछ। यसअघि एक खेलमा जित र एक खेलमा हार बेहोरेको नेपालका लागि यो खेल निकै महत्वपूर्ण छ।

नेपाल पहिलो खेलमा बंगलादेशसँग २ विकेटले पराजित भएको थियो। तर दोस्रो खेलमा ३ पटकको च्याम्पियन भारतलाई हराउँदै इतिहास रचेको नेपालले सेमिफाइनल सम्भावना जिवितै राखेको छ।

सोमबार बंगलादेशले मलेसियालाई २६२ रनले हराएपछि नेपालले पनि मलेसियालाई ठूलो अन्तरले हराउनुपर्ने दबाब बढेको छ।

समूहमा दुई चरणको खेलपछि बंगलादेश ४ अंकका साथ शीर्ष स्थानमा छ। एकमा जित र एकमा हार बेहोरेको भारत र नेपाल क्रमश: दोस्रो र तेस्रो स्थानमा छ। नेपालले मलेसियालाई हराउने अनी बंगलादेशले पनि भारतलाई पराजित गरेको खण्डमा नेपाल र बंगलादेश स्वत सेमिफाइनल पुग्नेछ। यदी भारतले बंगलादेशलाई पराजित गरेमा  र नेपालले मलेसियालाई हराएमा भने ३ टीमको बराबर अंक हुनेछ र यस्तोमा रनरेट महत्वपूर्ण हुनेछ।

त्यसैले भोली नेपालले मलेसियालाई ठूलो अन्तरमा पराजित गर्नु सबैभन्दा महत्वपूर्ण रहेको छ।

(Visited 1 times, 1 visits today)

२७ कार्तिक २०७४, सोमबार १५:१४ मा प्रकाशित

शीर्ष खबर

सबै

कम्युनिष्ट सरकारको कदम , ६ ठाउँमा आन्दोलन गर्न निषेध

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको.....

‘देउवाको नेतृत्व असफल भयो, अब फेर्नुपर्छ’

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।.....

हिम्मत भए निर्वाचन खारेज गर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्व सरकारले सुरुवातमा नै प्रमुख.....

कांग्रेस जोगाउन नेतृत्व फेर्नुपर्छ : सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक.....

अति गरे अाेली सरकारकाे क्षति हुन्छ : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले.....

Popular Posts