जनताको मत जित्दै गोरखाका कुना कन्दरामा राजेन्द्र बजगाई

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार १५:२०

गोरखा ।  नेपाली कांग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ ख मा प्रदेशसभा सदस्यको उम्मेदवार रहेका युवा उद्यमी राजेन्द्र बजगाई यतिबेला गोरखाका दुर्गम बस्तीहरुमा जनताका सुखदुख बुझ्न व्यस्त छन् ।

विगतमा धेरै पटक गोरखाको उपल्लो भेगका जनतासंग भलाकुसारी गर्न जाने गरेको भएपनि यसपटक राजेन्द्र बजगाई प्रदेशसभा सदस्यको उम्मेदवारका रुपमा दुर्गम बस्ती छिरेका छन् । जहाँ उनले आसन्न निर्वाचनमा नेपाली कांग्रेसका पक्षमा मतदान गर्न मतदातासंग आग्रह पनि गरिरहेका छन् ।

नेपालमा सबैभन्दा बढी व्यक्तिगत आयकर बुझाउने मध्येका एक राजेन्द्र बजगाई युवा पर्यटन व्यवसायी हुन् । नेपालमा ठूलो मात्रमा विदेशी लगानी भित्राउन भूमिका खेलेका उनी ‘विकासका लागि राजनीति’ अभियानका अभियन्ता पनि हुन् । यतिबेला गोरखाका गाउँ गाउँमा सादा र समाजवादी चुनावी प्रचारप्रसारलाई उनले प्राथमिकता दिएका छन् ।

उनी जहाँ जान्छन् त्यहीका जनताको रहनसहनमा रमाउछन् । मत माग्न गएको भएपनि मतदाताको काममा सघाउने उनको बानीले धेरैलाई उत्साहित बनाएको छ । ‘उम्मेदवार आए भन्दैमा काम छोडेर मतदाता आउनुपर्ने संस्कृति अन्त्य गर्नुपर्छ । उम्मेदवारले जनताको काममा सघाएरै मत माग्न सक्छन् ।’, बजगाईले लाप्राकबाट टेलिफोनमा भने ।

साताव्यापी चुनावी अभियानका लागि गोरखाका दुर्गम हिमाली क्षेत्रमा रहेका बजगाई बालकदेखि वृद्धसम्मका लागि प्रेरक बनेका छन् । स्कुले बालबालिका, किसान, गृहिणीदेखि बृद्धबृद्धा सम्मले बजगाईँको चुनाव प्रचारलाई शालीन र अनुकरणीय मानेका छन् । उनका विरुद्धमा विगतमा हेलिकप्टर चढेको तस्विर राखेर दुष्प्रचार गरिएपनि जनताले भने बेलाबेलामा आफ्नो गाउँमा आइरहन आग्रह गरेका छन् । ‘हिडेर आएनि हेलिकप्टर चढेर आएपनि राजेन्द्र बजगाई जत्तिको नेता हाम्रो गाउँठाउँमा आइरहन प¥यो । विकासका लागि उहाँ जत्तिको मान्छे अर्को छैन ।’, लाप्राकका एक स्थानीयले भने ।

पैदल यात्रा, भुुटेको मकै र स्थानीयका सुखदुख आफ्ना लागि अविस्मरणीय रहेको उम्मेदवार बजगाईले बताए । उनले निर्वाचन जितेपछि पनि सधैं जनताको माझमा रहेर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् । व्यक्तिगत लाभका लागि राजनतिमा नलागेको बताउँदै उनले वीपीको प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा लागु गर्नुपर्ने बताउछन् ।

समाजवादी शैलीमा निर्वाचन प्रचारमा होमिएका युवा नेता राजेन्द्र निर्वाचन जित्नेमा ढुक्क छन् । ‘अविकास र गरिबी गोरखाका जनताले धेरै भोगे । यसपटक विकास र समृद्धिका पक्षमा मत दिन गोर्खालीहरु आतुर हुनुहुन्छ । मेरो जितको आधार यही हो ।’, उनले भने ।

निर्वाचन अभियानका क्रममा अधिकांशले उनलाई विकास र पुनर्निर्माणको क्षेत्रमा काम गर्न आग्रह गरेका छन् । उनले पनि निर्वाचनपछि गोर्खाली जनताले अनूभूति गर्ने गरी विकास निर्माणको काम अघि बढाउने योजना बनाएका छन् ।

(Visited 1 times, 1 visits today)

२७ कार्तिक २०७४, सोमबार १५:२० मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts