मेरो जित निश्चित छ, विकास हेर्न गोरखा जाउ भन्ने बनाउँछु : राजेन्द्र बजगाई

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ कार्तिक २०७४, सोमबार १५:५१

rajendraaपहिलो चरणमा निर्वाचन हुनेमध्ये सबैभन्दा चर्चामा रहेको जिल्ला हो गोरखा । वाम गठबन्धनका विरुद्ध नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीले तालमेल गरेपनि गोरखामा वामगठबन्धन समस्यामा परेको छ । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र कांग्रेसका पूर्व प्रमुख सचेतक चिनकाजी श्रेष्ठ प्रतिनिधिसभामा उम्मेदवार छन् । यी दुई संगै चर्चाको केन्द्रमा छन्, युवा नेता राजेन्द्र बजगाई । नेपालको उद्यम क्षेत्रमा नाम कहलाएका राजेन्द्र बजगाई विकासका लागि राजनीतिको नारसहित गोरखा क्षेत्र नम्बर १ ख बाट प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा होमिएका छन् । सयौं गोर्खाली युवालाई प्रत्यक्ष रोजगारीको अवसर दिएका तथा गोरखाको विकास निर्माणका लागि अहोरात्र खटिएका राजेन्द्र निर्वाचन जित्नेमा ढुक्क छन् । उनको उम्मेदवारीले नेपाली काँग्रेस र नयाँ शक्तिका मात्रै नभई अन्य पार्टीका युवाहरु पनि उत्साहित बनेका छन् । प्रस्तुत छ, उनै राजेन्द्र बजगाईको चुनावी एजेण्डा र समसामयिक राजनीतिका बारेमा गरिएको कुराकानी — :

 

rajendra 22यतिबेला विश्वभरका नेपालीको ध्यान गोरखामा केन्द्रीत छ । गोरखाबाटै प्रदेशसभाको सदस्यका लागि उम्मेदवार बन्नुभएको छ । चुनावी माहोल कस्तो पाउनुभयो ?

– गोरखा अहिलेमात्रै होइन ईतिहासदेखि नै नेपालको केन्द्रभूमि हो । आजको समग्र नेपाल ईतिहासको गोरखा राज्यको संकल्पको उपज हो । स्वभाविक रुपमा निर्वाचन, तालमेल र प्रतिस्प्रधा जस्ता विषयले यसलाई फेरि चर्चाको केन्द्रमा ल्याएको छ । म नेपाली कांग्रेसबाट गोरखा क्षेत्र नम्बर १ को ख मा प्रदेशसभा सदस्यको उम्मेदवार रहेको छु । गोरखामा नयाँ शक्ति नेपालसंग कांग्रेसबीच गठबन्धन भएको छ । संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएपछि अब हामी चुनावी प्रचारप्रसार र भेटघाटमा जुटेका छौं । जनचाहना के छ र त्यसका लागि हामीले के–के गर्न सक्छौं त्यसको तयारीमा जुटेका छौं । निर्वाचनप्रति जनताको उत्साह धेरै छ । अझ नेपाली कांग्रेस र मेरो उम्मेदवारीप्रति गोरखाबासीले दिनुभएको हौसलाले उत्साहित बनाएको छ ।

वामगठबन्धनका कारण गोरखामा कांग्रेसको उपस्थिति कमजोर रहेको आकलन भईरहेको छ । कांग्रेसको उम्मेदवारको रुपमा के भन्नुहुन्छ ?

– यो विल्कुल सतही तर्क हो । गोरखामा कांग्रेस कहिल्यै कमजोर थिएन । विगतको संविधानसभा निर्वाचनको परिणाममात्रै गोरखामा कांग्रेसको शक्ति नाप्ने माध्यम होइन । हालै स्थानीय तहको परिणाम हेर्नुभयो भने कांग्रेस सबैभन्दा अगाडि छ । वामगठबन्धन त हारबाट त्रसितहरुको ‘मेलमिलाप’ मात्रै हो । वामगठबन्धन नेपालको राजनीतिक व्यवस्था र आम जनताको विकासको चाहनाका विरुद्ध छ । अझ गोरखाका विवेकशील र विकासप्रेमी जनता सधैं लोकतन्त्रका पक्षमा उभिएका छन् । यसपटकको निर्वाचन परिणाममा गोरखाले वाम एकतालाई अस्वीकृत गर्नेछ ।

निर्वाचन जितेको खण्डमा ५ वर्ष प्रदेश सांसदका रुपमा काम गर्नुपर्ने हुन्छ । यहाँको एजेण्डा के छ ?

– हेर्नुस म कोरा सपना देखाएर जनता छल्ने मान्छे होइन । म त्यतिमात्रै बोल्छु जति म पुर्याउन सक्छु । मेरो पृष्ठभूमि एक कर्मठ युवा उद्यमीको रुपमा रहेको छ । काम नगरी देश बन्दैन भन्ने राम्रोसंग थाहा छ । रेमिट्यान्सले धानेको देशमा गोरखा पनि युवाहरुको पलायनबाट अछुतो छैन । धेरै गोर्खालीहरु विदेशमा परिश्रम गरिरहेका छन् । उनीहरुलाई स्वदेशमै, अझ गोरखामै रोजगारी उपलब्ध गराउनुपर्छ । त्यसका लागि राष्ट्रिय गौरवको आयोजना बुढीगण्डकीलाई छिट्टै निर्माण गर्नुपर्छ । पयर्टन गोरखाको महत्वपूर्ण सम्भावना हो । काठमाडौंबाट बाहिरिएको पर्यटकलाई मनकामना दर्शन गराउँदै गोरखा, मनास्लु घुमाएर मात्रै पोखरा पठाउन सक्नेगरी काम गर्नुपर्छ । त्यसबाहेक सडक विकासको पहिलो शर्त हो । गिरिजाप्रसाद कोइरालाले भनेको ‘रोड कम फस्र्ट’ को अवधारणलाई अगाडि बढाउने मेरो योजना छ । यिनै कुराले समृद्ध गोरखाको आधार निर्माण गर्दछ । ‘विकासका लागि राजनीति’ मेरो अभियान हो । गोरखामा यको सफल कार्यान्वयन गरेरै देशभरी अनुकरण गर्ने वातावरण बनाउन मेरो प्रयास रहनेछ ।

गोरखामा नेपाली कांग्रेस र नयाँ शक्तिको गठन्धनलाई अस्वभाविक भन्छन् नि ?

– राजनीतिमा सबै कुरा स्वभाविक मान्नुपर्छ । एउटा सैद्धान्तिक जगमा उभिने सन्दर्भमा डा. बाबुराम भट्टराई र हाम्रा बीचमा फरक मत छ । तर विकासका एजेण्डामा हामी धेरै नजिक छौं । विगतमा बाबुरामजीले गरेका विकासका कामहरु सकरात्मक नै छन् । निर्वाचनलाई मात्रै हेर्ने हो भने गठबन्धन चुनाव हारजितका लागि मात्रै गरेको जस्तो देखिन्छ । यथार्थमा बाबुरामजीलाई कांग्रेसले समर्थन गर्नु र उहाँहरुले हामीलाई समर्थन गर्नु सम्भावित क्षतिलाई रोक्ने संयुक्त प्रयासका रुपमा बुझ्नुपर्छ । वामगठबन्धनबाट मुलुकको हित हुँदैन भन्ने सबैभन्दा धेरै बुझेको व्यक्ति बाबुरामजी नै भएकोले उहाँ अघि बढ्नु स्वभाविक छ । कांग्रेस उहाँजत्तिको नेतालाई समथर्न गरेर विकास र समृद्धिका लागि उहाँको सीपको उपयोग होस् भन्ने चाहन्छ । यो गठबन्धन स्वभाविक र जितका लागि पर्याप्त छ ।

राजनीतिक ध्रुवीकरण यत्ति धेरै बढिसकेको छ । विकासका कुरा गरेर मात्रै निर्वाचन जितिएला त ?

– जालझेलको राजनीतिबाट जनता दिक्क भईसकेका छन् । आज गोरखाको मात्रै होइन देशको कुनै पनि भूगोलको नेपालीलाई तिमी के चाहन्छौं भनेर सोध्ने हो भने उसको जवाफ हुनेछ– विकास । हो त्यही विकासलाई राजनीतिको मूल एजेण्डा बनाउन खोजेका हौं । २०४६ को परिवर्तनपछि जेजति समृद्धि र विकासका काम भए त्यो सबै नेपाली कांग्रेसले तय गरेको नीति र कार्यक्रमका जगमा भएका हुन् । यो सत्यलाई नेपाली जनताले बुझेका छन् । राजनीतिज्ञले अबपनि विकासको काम गरेन भने देश कहिल्यै बन्दैन । त्यसैले विकासका लागि राजनीति मेरो मात्रै होइन हरेक नेपालीको एजेण्डा हो ।

अन्त्यमा ?

संविधान कार्यान्वयनका लागि महत्वपूर्ण आम निर्वाचनमा सबै नेपालीको उपस्थितिका लागि आह्वान गर्दछु । नेता चुन्ने बेला कमजोरी भयो भने देश बन्दैन । त्यसैले निर्वाचनका लागि जति समय छ त्यो समयको सदुपयोग मतदाताले पनि गर्नुपर्छ । लोकतन्त्र र समृद्धिका पक्षमा उभिनेहरुलाई चिन्न सक्नुपर्छ । मलाई लाग्छ आसन्न निर्वाचनमा हरेक मत विकासका पक्षमा खस्नेछ । त्यही मतको जगमा नेपाल समृद्ध बन्नेछ ।

(Visited 1 times, 1 visits today)

२७ कार्तिक २०७४, सोमबार १५:५१ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts