कांग्रेस जिताउन देउवा कस्सिए,आजदेखि पश्चिम नेपालमा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार ०२:१९

काठमाडौं । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले यही कात्तिक २८ गतेदेखि पश्चिम नेपालको चुनावी अभियानमा सहभागी हुनुहुने भएको छ ।

काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणका अनुसार यही कात्तिक २८ गते प्रधानमन्त्री नेपालगन्ज प्रस्थान गर्नुहुनेछ ।

सोही दिन उहाँले सुरक्षा निकाय र प्रशासनिक निकायका प्रमुखसँग शान्ति सुरक्षा र अन्य विषयमा छलफल गर्नुहुनेछ । प्रधानमन्त्री देउवा कात्तिक २९ गते धनगढी पुग्ने कार्यक्रम छ । सोहि दिन उहाँले पार्टीका उम्मेदवार तथा नेता र कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमाञ्चलका प्रशासक र सुरक्षा निकायका प्रमुखसँग कात्तिक २९ गते नै क्षेत्रको शान्ति, सुव्यवस्था र सुरक्षाका बारेमा पनि छलफल गर्नुहुने छ । कात्तिक ३० गते प्रधानमन्त्री देउवा गृह जिल्ला डडेलधुरा पुग्नुहुनेछ ।

नेता खाँणका अनुसार प्रधानमन्त्री देउवाले आगामी मंसिर १ गते दार्चुला र बैतडीका चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ भने मंसिर २ गते बझाङ र बाजुराका आमसभालाई सम्बोधन गर्नुहुने र ती जिल्लाका शान्ति सुरक्षाको अवस्थाका बारेमा प्रशासक र सुरक्षाकर्मीसँग जानकारी लिनुहुने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले त्यसपछि रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, हुम्ला र मुगुका चुनावी सभालाई सम्बोधन गर्न जाने कार्यक्रम रहेपनि त्यसको मिति भने तय हुन सकेको छैन ।

(Visited 1 times, 1 visits today)

२८ कार्तिक २०७४, मंगलवार ०२:१९ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts