२ खर्बको लागतमा यस्तो हुनेछ काठमाडौं मेट्रो रेल

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार ०२:२९

काठमाडौं । लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ ।

रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डको डिपिआर भने लगानी बोर्ड आफैँले गर्नेछ । दुवै प्रतिवेदन सार्वजनिक–निजी साझेदारीअन्तर्गत बुट प्रणालीमा अघि बढाइनेछ ।यो खबर आजकोनयाँ पत्रिकामा छ ।

निर्णय चाँडै कार्यान्वयनमा ल्याइने
बोर्डका कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले मेट्रो रेलको डिपिआर तयार गर्ने निर्णय चाँडै कार्यान्वयनमा आउने बताए । ‘उपत्यकामा मेट्रो रेल कुदाउने सपना पुरानै हो ।

दुई खर्ब खर्च लाग्ने
बोर्डका अनुसार रुट नं. २ अन्तर्गत नागढुंगा–कलंकी–कोटेश्वर–धुलिखेल खण्डसम्मको लम्बाइ ४५ किमि छ । सो खण्ड निर्माण गर्न झन्डै एक खर्ब २९ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । त्यस्तै, रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसनसम्मको लम्बाइ करिब २५ किमि छ । यस खण्डको निर्माण लागत ७५ अर्बभन्दा बढी लाग्ने अनुमान छ । ‘तथ्यांकअनुसार लिक निर्माणको लागत रकम प्रतिकिमि तीन अर्ब रुपैयाँ छ,’ लगानी बोर्डका सिइओ महाप्रसाद अधिकारीले भने ।

(Visited 1 times, 1 visits today)

२८ कार्तिक २०७४, मंगलवार ०२:२९ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts