प्रचण्डको किचेन क्याबिनेटमा विक्रम पाण्डेको पहुँच, चुनाव जित्न यस्तो रणनीति

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार ०२:४८

चितवन । यतिबेला देशकै ध्यान खिचेको छ, चितवन क्षेत्र नम्बर ३ ले । माओवादी केzका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा र राप्रपा प्रजातान्त्रिकका उपाध्यक्ष विक्रम पाण्डे नेपाली कांग्रेसको समर्थन यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

निर्वाचनमा प्रतिस्पर्धा कडा हुने देखिएपछि माओवादी अध्यक्ष दाहालले पछिल्लो एकसाता देखि चितवन छाडेका छैनन् । एमालेको समर्थन हुँदा पनि पाण्डेसंगको भिडन्त गा¥हो हुने भएपछि दाहाल यतिबेला कांग्रेस कार्यकर्ता फकाउन खोजिरहेका छन् । तर प्रचण्ड भन्दा कन्फिडेण्ट भएर चुनावमा होमिएका विक्रम पाण्डे भने फरक रणनीतिका साथ चुनाव जित्ने तरखरमा छन् ।

केही दिनअघि चितवनमा माओवादी र एमाले कार्यकर्ताहरुले दिपावली मनाए । कारण थियो, राप्रपा प्रजातान्त्रिकका चितवन अध्यक्ष बद्री तिमिल्सिना माओवादी प्रवेश गर्नु । दाहालपुत्री रेणुसंग भरतपुर महानगरको मेयरमा प्रतिस्पर्धा गरेर ८ हजार मत कटाएका तिमिल्सिनाको आगमनलाई माओवादीले हर्षको रुपमा लिएको थियो । तर यतिबेला चितवनमा बद्रीको भूमिकाको अर्को पाटो चर्चामा छ ।

राप्रपाका एक नेताका अनुसार चितवन ३ मा विक्रम पाण्डेलाई जसरी पनि जिताउने रणनीति अनुसार नै बद्री माओवादी प्रवेश गरेका हुन् । माओवादी केन्द्रमा प्रवेश गरेर प्रचण्डको किचेन क्याबिनेटमा पुगेका बद्रीले विक्रमकै लागि काम गरिरहेको बताइन्छ । बद्रीले दाहालको चुनावी रणनीतिबारे नियमितजसो पाण्डेलाई ब्रिफ गर्ने गरेको राप्रपा स्रोत बताउँछ । यही कारण पाण्डेले चितवनका मतदातासामु आत्मविश्वासका साथ आफूलाई प्रस्तुत गरेका छन् ।

(Visited 1 times, 1 visits today)

२८ कार्तिक २०७४, मंगलवार ०२:४८ मा प्रकाशित

शीर्ष खबर

सबै

कम्युनिष्ट सरकारको कदम , ६ ठाउँमा आन्दोलन गर्न निषेध

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रप्रमुख र सरकार प्रमुखको निवास, प्रमुख प्रशासनिक क्षेत्र सिंहदरबार आसपासका छ स्थानलाई निषेधित क्षेत्र तोकेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौँको.....

‘देउवाको नेतृत्व असफल भयो, अब फेर्नुपर्छ’

चितवन । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् ।.....

हिम्मत भए निर्वाचन खारेज गर्न सरकारलाई कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओली नेतृत्व सरकारले सुरुवातमा नै प्रमुख.....

कांग्रेस जोगाउन नेतृत्व फेर्नुपर्छ : सिंह

काठमाडौँ – नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काँग्रेस विधिअनुसार चल्न नसकेको बताएका छन्। प्राविधिक.....

अति गरे अाेली सरकारकाे क्षति हुन्छ : कांग्रेस

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले.....

Popular Posts