बम विस्फोटमा परेपनि भाग्यले बाँचे पूर्वमन्त्री शेरधन राई

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार ०६:४६

भोजपुर । एमाले नेता शेरधन राईलाई लक्षित गरी भोजपुरमा बम प्रहार भएको छ। भोजपुरको पिखुवा खोला नजिक उनी चढेको बा १५ ज ५६०८ नम्बरको गाडीमाथि अचानक बम प्रहार भएको हो पूर्व सूचना तथा सञ्चारमन्त्री राई एमालेबाट भोजपुरको प्रदेशसभा सदस्यका उम्मेदवार हुन्। चुनावी प्रचारका क्रममा रहेका उनीमाथि अज्ञात समूहले बम प्रहार गरेको हो। राई भने सकुशल छन्। जिल्ला प्रहरी कार्यालयको टोली हाल घटनास्थलतर्फ लागिसकेको छ।

यसअघि माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्मा र वर्षमान पुनमाथि पनि बम आक्रमण गरिएको थियो। सो विस्फोटमा परी राईका सुरक्षा गार्ड असई डिल्ली देवकोटा घाइते भएका छन्। उनको हातमा चोट लागेको छ। गाडीको अगाडिको सिसामा बढी क्षति पुगेको छ ।

(Visited 1 times, 1 visits today)

२८ कार्तिक २०७४, मंगलवार ०६:४६ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts