रिसाए केपी ओली, दिए यस्तो चेतावनी

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ कार्तिक २०७४, मंगलवार ०७:०९

काठमाडौं । वाम गठबन्धनका तर्फबाट ‘भोजपुर ख’को प्रदेशसभा उम्मेदवार शेरधन राईमाथि भएको बम आक्रमणप्रति नेकपा एमालेले आपत्ति जनाउँदै भर्त्सना र निन्दा गरेको छ ।

भोजपुर–१ को ट्याम्केमैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउँमा निर्वाचन प्रचारको क्रममा मंगलबार राई लक्षित अज्ञात समूहले बम आक्रमण गरेको थियो । उक्त आक्रमणलाई एमालेले गम्भीरतापूवर्क लिएको सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘निर्वाचन प्रचारको क्रममा रहेका उम्मेदवार माथिको यो आक्रमणलाई हामीले सिंगो एमाले पंक्तिमाथिको आक्रमणको रुपमा लिएका छौं’, जारी विज्ञप्तिमा भनिएको छ, ‘यस घटनामा संलग्न जोसुकै भए पनि उनीहरूको उद्देश्य लोकतन्त्रलाई संस्थागत हुन नदिने, निर्वाचन भाँड्ने र मुलुकमा भाँडभैलो मच्चाइरहने स्पष्ट हुन्छ ।’

सबै उम्मेदवारहरुको सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको एमालेले सत्तारुढ दलका उम्मेदवारलाई मात्रै सुरक्षा व्यवस्था मिलाएको आरोप लगाएको छ ।

‘पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका वामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको छ । हामी यस्ता खालका घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग गर्दछौं । र, घटनामा संलग्न दोषीमाथि कडा कारवाही गर्न आग्रह गर्दछौं’, जारी विज्ञप्तिमा उल्लेख छ ।

(Visited 1 times, 1 visits today)

२८ कार्तिक २०७४, मंगलवार ०७:०९ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts