यी हुन् कर नतिरेर राज्य ठग्ने २७ कम्पनी

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३० कार्तिक २०७४, बिहीबार ०८:०५

काठमाडौं । आन्तरिक राजस्व विभागले कर बक्यौता नतिर्ने दुई दर्जन कम्पनीको नाम सार्वजनिक गरेको छ । आयकर र मूल्य अभिवृद्धि कर तिर्न अटेर गरिरहेका २७ वटा कम्पनीको नाम विभागले बुधबार सार्वजनिक गरेको हो । विभागका अनुसार कर बक्यौता रकम दाखिला गर्न तथा दाखिला भएको भए प्रमाण पेस गर्न विभिन्न मितिमा पत्राचार र सम्पर्क गर्दासमेत कर नतिरेपछि नाम सार्वजनिक गर्नुपरेको हो ।

कुन–कुन कम्पनीले  तिरेनन् कर ?
आयकर तथा मूल्य अभिवृद्धि कर नतिर्ने कम्पनीहरूमा वायुसेवा कम्पनीदेखि निर्माण, हाउजिङ, टोबाको कम्पनीसमेत रहेका छन् । विभागका अनुसार सुधीर बस्नेत सञ्चालक रहेको अग्नि एयर, कोहिनुर हली हाउसिङ प्रालि र ओरियन्टल विल्डर्स एन्ड डेभलोपर्सले आयकर तिरेका छैनन् । ज्ञानेश्वर सिंहको शुभश्री पशुपति ट्रेडर्स, लोथर अलफड रयुकको डेबिडेयाग ड्रेगडस सिडब्लु ज्वाइन्टभेन्चर र विकासकुमार कोठारीको एभरेस्ट पोलिमर्स प्रालिले पनि बक्यौता कर तिरेको छैन ।  थ्यान कङको चाइना गजुवा कन्सट्रक्सन ग्रुप कर्पोरेसन, जिरार्ड बुनेलको अल्सटम पावर जेनेरेसन एजी, अजयकुमार मुडवरीको मुडवरी एन्ड जोशी ज्वाइन्टभेन्चरबाट पनि बक्यौता कर दाखिला गर्न बा“की रहेको छ । विभागका अनुसार ज्ञानसुन्दर बज्राचार्य सञ्चालक रहेको इको हाउजिङ एन्ड रियालिटी प्रालि, केशवबहादुर दाहालको पृथ्वी जय साइराम जेभी, दीपमणि राजभण्डारीको निकोन एयर, रामप्रसाद कोइरालाको विनायक इन्टरप्राइजेज र सञ्जीव राजभण्डारीको मर्कन्टायल अफिस सिस्टमको पनि कर तिर्न बाँकी छ ।

यसैगरी, सामुन अलीको पाकिस्तान इन्टरनेसनल एयरलाइन्स, पवनकुमार लोहियाको पवनपुत्र इन्डस्ट्रिज प्रालि, डेवेस मण्डलको नोयल जिएमबिएच, सञ्जय गोल्छाको न्यु टेरिक नेपाल प्रालिले पनि आयकर तिरेका छैनन् ।
उता, सालामाटोर कासिएरो सञ्चालक रहेको कर्पोरेटिभ मुराटोरी एन्ड सिमनटिस्ट सिएमसिडी रेभेना इटाली, विकास कठोरीको एभरेस्ट भिनायल प्रालि, नवीन जोशीको दक्षिणकाली इन्कर्पोरेट प्रालि र प्रकाशचन्द्र सक्सेना सञ्चालक रहेको नेपाल टोबाको कम्पनीका नाममा पनि बक्यौता कर रहेको छ ।

विभागले सार्वजनिक गरेको विवरणअनुसार सुमित रौनियारको एएम आर/पप्पु जेभी, सुनील अग्रवालको भवतु सभ्य मंगलम् प्रालि, सुमन सुवेदीको सिआइसिओ तु“दी जेभी, रामप्रसाद मैनालीको इसिआई कन्काई जेभी र प्रदीपशमशेर जबरा सञ्चालक रहेको पेट्रोलिमेक्स नेपाल प्रालिले पनि बक्यौता कर दाखिलामा अटेर गरिरहेका छन् ।

(Visited 1 times, 1 visits today)

३० कार्तिक २०७४, बिहीबार ०८:०५ मा प्रकाशित

शीर्ष खबर

सबै

९ लाख तेस्रो लिङ्गी मध्ये १ सय ६७ को मात्रै नागरिकता

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला,.....

विधिसम्मत नियुक्ति खारेज गरिएकोमा देउवा रुष्ट

मन्थली । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू नेतृत्वको सरकारले विधि सम्बत गरेका राजनीतिक नियुक्ती.....

कोशीको बहाव बढ्दो, नआत्तिन प्रशासनको आग्रह

सुनसरी । पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी.....

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौं । चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान.....

काठमाडौंमा १ सय ४३ स्थानमा पार्किङको व्यवस्था तर समस्या उस्तै !

अच्यूत रेग्मी । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी.....

Popular Posts