उदयको पक्षमा उर्लियो जनलहर, जनताले भने ‘भावी अर्थमन्त्री’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ९ मंसिर २०७४, शनिबार ११:४५

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवं ललितपुर क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उदयशमशेर राणाको पक्षमा ललितपुर को ग्रामीण क्षेत्रमा जनलहर उर्लिएको छ ।

ललितपुरको महाकाँल गाउँपालिकाको गोटिखेलमा आयोजित चुनावी सभामा सहभागी भएर हजारौ मतदाताले लोकतान्त्रिक गठबन्धनका पक्षमा आफूलाई उभ्याएका छन् ।


सभाका क्रममा ललितपुरका विभिन्न राजनीतिक दलमा आबद्ध रहेका दलका प्रभावशाली नेताहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उदय शमशेरलाई समर्थन गर्दै २ सय बढी एमाले– माओवादी कार्यकर्ताहरु पनि कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा क्रान्तिकारी माओवादीका प्रदेश सभाका समानुपातिक सांसद उम्मेदवार अरुण केसी पनि नेपाली कांग्रेसमा प्रवेश गरे । नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँड र उम्मेदवार उदय शमशेरले उनीहरुलाई कांग्रेसमा स्वागत गरे ।

हजारौं स्थानीयको उपस्थितिमा गोटीखेलमा पहिलो पटक सभा भएको हो । स्थानीयले अहिलेसम्म कुनै पार्टीले गोटिखेलमा त्यति विशाल सभा नभएको बताए । अर्थ राज्यमन्त्री समेत रहेका उदय शमशेरलाई ‘भावी अर्थमन्त्री’ र ‘विकासका संवाहक’ का रुपमा प्रस्तुत गर्दै मतदाताले उत्साह थपिदिएका छन् ।

(Visited 1 times, 1 visits today)

९ मंसिर २०७४, शनिबार ११:४५ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts