निर्वाचन आयोगले केपी ओलीलाई कडा कारवाही गर्दै…

संबाददाता : Samaj Khabar
प्रकाशित मिति: १३ मंसिर २०७४, बुधबार ०१:११

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीमाथि निर्वाचन आयोगले कारवाही गर्ने भएको छ । निर्वाचन आचारसंहिता उल्लघंन गरेको आरोपमा ओलीमाथि आयोगले कारवाही प्रक्रिया अगाडि बढाएको हो । आचारसहिंता विपरीत राष्ट्रिय दैनिकहरुमा एकैदिन ओलीको तस्विरसहितका प्रचार सामाग्री छापिएको थियो ।

आचारसंहिता उल्लघंन प्रष्ट प्रमाणित भइसकेपछि आयोगले प्राप्त उजुरीका आधारमा कारवाही अघि बढाएको हो । आयोगले तपाईबाट आचारसंहिता उल्लघंन भएकोले किन कारवाही नगर्ने ? प्रश्नसहितको २४ घण्टे स्पष्टीकरण सोधिसकेको छ । जवाफ चित्त नबुझे ओलीलाई कारवाही हुनेमा कुनै सन्देह नहरेको बताइएको छ ।

यस्तै वाम गठबन्धनले निर्वाचन आचार संहिता विपरीत निषेधित क्षेत्र नयाँ बानेश्वरमा सभा गरेको विषयमा पनि कारवाही अघि बढ्नसक्ने जनाइएको छ ।

(Visited 1 times, 1 visits today)

१३ मंसिर २०७४, बुधबार ०१:११ मा प्रकाशित