ईश्वरको हारमा ह्याट्रिक हुँदै, प्रकाशशरणले चुनाव जित्ने तथ्यप्रमाण यस्तो छ

संबाददाता : Samaj Khabar
प्रकाशित मिति: १४ मंसिर २०७४, बिहीबार ०९:५९

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आसन्न निर्वाचनमा ह्याट्रिक गर्ने भएका छन् । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट पराजित पोखरेल आसन्न निर्वाचनमा पनि पराजित हुने र ‘हारको ह्याट्रिक’ गर्ने सम्भावना बढेको छ ।

काठमाडौं ५ मा महानगरपालिकाका २,३,४ र ५ तथा टोखा नगरपालिकाको २,३,४,५,६ र ७ तथा बुढानिलकण्ठ नगरपालिकाको २,४,५,६ र ७ नम्बर वडा पर्दछन् । संविधानसभाका दुईवटै निवार्चनमा कांग्रेस नेता नरहरी आचार्य यसै क्षेत्रबाट बिजयी भएका थिए । प्रतिस्पर्धी फेरिए पनि ईश्वर पोखरेलका लागि हारको श्रृखंला भने नफेरिने स्थानीय जानकारहरु बताउँछन् ।
काठमाडौं ५ मा नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य डा.प्रकाशशरण महत लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार रहेका छन् । लामो समयदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका महत सुरक्षित ढंगबाट सांसद बन्न पाउने अन्य उपाय छाडेर एमाले महासचिवसंग प्रतिस्पर्धामा होमिएका हुन् । यसअर्थमा निर्वाचनको परिणाम महतको राजनीतिक भविष्यसंग जोडिएको छ ।
काठमाडौं ५ मा महतले निकै बलियो दावेदारी पेश गरेका छन् । २०७० को निर्वाचनमा कांग्रेसले झण्डै १ हजार मतले एमालेलाई पराजित गरेको थियो । यस क्षेत्रमा माओवादीभन्दा राप्रपाको संगठन बलियो मानिन्छ । राप्रपाले महतलाई समर्थन गरेका कारण विगतमा भन्दा कांग्रेसको अवस्था सुदृढ देखिन्छ । स्थानीय तहमा कांग्रेस एक्लैले ल्याएको मत वाम गठबन्धनको हाराहारी रहेको छ । कतिपय सन्दर्भमा प्रकाशशरणलाई व्यक्तिगत मत पनि आउने आँकल गरिएको छ ।

यी हुन् प्रकाशरणले निर्वाचन जित्ने तथ्य र प्रमाण –

१. काठमाडौं ५ नेपाली काँंग्रेसले निरन्तर जित्दै आएको क्षेत्र हो । यहीकारण यहाँ काँग्रेसको मनोबल उच्च रहेको छ ।

२. यसअघिको निर्वाचनमा जितेका नेता नरहरी आचार्य स्वास्थ्य अवस्था कमजोर भएपनि कांग्रेस र प्रकाशशरणलाई जिताउन सक्रियतापूर्वक लागेका छन् ।

३. नुवाकोटबाट काठमाडौं बसाइँ सरेका बहुसंख्यक मतदाता काठमाडौं ५ मा रहेका छन् । नुवाकोटेहरुले १ मत प्रकाशशरणलाई दिने प्रतिबद्धता भित्री रुपमा गरिसकेका कारण वामगठबन्धनको भोट क्रस हुने देखिन्छ ।

४. स्थानीय तह पुर्नसंरचनाका बेला विगतमा क्षेत्र नम्बर ६ मा रहेको वडा अहिले काठमाडौं ५ मा परेको छ । जुन वडा नेपाली कांग्रेसको गढका रुपमा रहेको छ र नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ पनि सोही क्षेत्रका मतदाता हुन् ।

५. लामो समयदेखि सोही क्षेत्रमा बसोबास गर्दै आएका महतले त्यस क्षेत्रको विकास निर्माणका लागि विगतमा गरेका पहल र प्रयासलाई मतदाताले न्याय गर्ने विश्वास गर्न सकिन्छ ।

६. राप्रपाको बलियो उपस्थिति रहेको क्षेत्रमा राप्रपाको समर्थन कांग्रेसले पाएको छ । राप्रपाको मतले माओवादीलाई कभर गर्ने र बाँकी मतमा एमाले पछि पर्ने कांग्रेसको रणनीति रहेको छ ।

७. वामगठबन्धनको तालमेल सथनीय तहमा प्रभावकारी देखिदैन । ईश्वर पोखरेलप्रति विगतदेखि नै रुष्ट रहेका माओवादी नेताहरु भित्री रुपमा एमाले हराउन सक्रि रहेको कांग्रेसको धारणा छ । वामगठबन्धनको वेमेलको फाइदा प्रकाशशरणले लिन सक्नेछन् ।

८. सोही क्षेत्रबाट विवेशील साझा पार्टीका उज्जवल थापा उम्मेदवार बनेका छन् । विगतमा पनि उनले एमालेकै मत काटेका थिए । अहिले उनको अभियानमा विगतमा वाम पृष्ठ भूमिकै व्यक्तिहरु सक्रिय रहेकाले महतलाई सजिलो हुने आँकलन गरिएको छ।

(Visited 1 times, 1 visits today)

१४ मंसिर २०७४, बिहीबार ०९:५९ मा प्रकाशित