गगन विरुद्ध राजनको मण्डले शैलीमा आक्रमण ,गगनविरुद्ध राजनको गोयवल्स प्रोपोगाण्डा

संबाददाता : Samaj Khabar
प्रकाशित मिति: १८ मंसिर २०७४, सोमबार १६:२४

 

काठमाडौं–

मैले जितेभने दुई महिनामा काठमाडौलाई विश्वकै नमूना सहर बनाउँछु: गगन

सामाजिक सञ्चालमा भाइरल बनाइएका यस्ता दर्जनौ समाचारहरु कतै सामाजिक सञ्जाल त कतै उमेदवारका फेजबुकबाट प्रवद्र्धन भइरहेको देख्नु भएको छ ? पत्याउँनु हुन्छ यस्ता एउटै समाचार विभिन्न समयमा यसरी किन ल्याइन्छ ? राष्ट्रिय महत्वको घटना वा सन्दर्भमा गगनविरुद्ध यसरी समाचार आएको पहिलोपटक हैन ।

हरेक राजनीतिक प्रतिस्पर्धामा उत्रिदा उनीविरुद्ध बनावटी खबर बाहिर ल्याएरु आक्रमण गर्ने गरिएको छ । पछिल्लो पटक काठमाडौ क्षेत्र नं ४ को चुनावी प्रतिस्पर्धामा रहेका थापाविरुद्ध यस्तै एकपछि अर्को भ्रम फैलाउँने र झुट फैलाउँने काम भइरहेको छ ।

विभिन्न स्वार्थ समूहले आफूअनुकुल गगनविरुद्ध समाचार ल्याउँने गरेकोमा यसपटक थापाकै प्रतिस्पर्धी रहेका एमाले उम्मेदवार राजन भट्टराईकै संलग्नतामा यस्ता भ्रमक समाचार फैलाइरहेको पाइएको छ ।
पछिल्लो समय एमाले निकटमा अनलाइनले हालिरहेका यस्ता भ्रामक सामग्री भट्टराईकै आफ्नै फेसबुक, आइएमवीथ केपी ओली नामक पेज लगायतका भट्टराई निकटका मान्छेले चलाएका पेजबाट गगनविरुद्धको भ्रामक समाचार सेयर भइरहेका छन् । यसले पनि शृङ्खलाबद्ध प्रोपोगाण्डामा भट्टराई नै संलग्न भइरहेको पुष्टि भएको काँग्रेस नेताहरु बताउँछन् ।

पछिल्लो पटक त्रिचन्द क्याम्पसको विषयलाई लिएर चरित्र हत्या गर्दै प्रचारप्रसार भइरहेको छ । एमालेका बदनाम पर्यटन व्यवसायी चन्द्र रिजाललाई प्रयोग गरेर कुनै तथ्य प्रमाण बिना सामाजिक सञ्जालमार्फत् थापा डेढ दशक अघि त्रिचन्द्रको स्ववियु सभापति हुँदा भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।

गगन स्ववियु सभापतिमा निर्वाचन लड्दा उनीसँगै चुनाब लडेकी सुस्मिता ढकाल रिजालकी श्रीमती अनेरास्ववियुबाट चुनाब लडेकी थिइन् । गगनले करिब दुई हजार मत ल्याएर जित्दा एक सय मत पाएकी थिइन् । त्यति बेला पनि चन्द्रले आँफूसँग केही मत रहेको र पाँच लाख दिए गगनलाई मतदान गर्ने बताएको तत्कालिन समयमा त्रिचन्द्रका स्ववियु एक सदस्यले बताए । ‘चन्द्र जी कुन नैतिकताले अहिले आरोप लगाइरहेका छन्,’ उनले भने, ‘त्यति बेलाका सबै विद्यार्थीलाई मुर्ख बनाउने काम गरेका छन् ।’ क्याम्पसले हरेक वर्ष लेखा परीक्षण हुने गर्छ ।

प्रतिस्पर्धी उमेदवार भट्टराईका साडु भाई समेत रहेका एक मिडिया सञ्चालकको नेतृत्वमा गगनविरुद्ध प्रोपगण्डा टिम जमलको एलोप्यागोडा होटलबाटै परिचालन भएको एमाले निकटका पत्रकार बताउँछन् । पहिला कान्तिपुरमा काम गर्ने ती पत्रकार गाडी खरिद विवादित भएपछि त्यहाँबाट निकालिएका थिए ।
पहिला पनि गगन केन्द्रीय सदस्यदेखि विभिन्न तहका निर्वाचन, काँग्रेस महामन्त्रीको उमेदरवार हुँदा पनि थापाविरुद्ध यस्तै योजनाबद्ध समाचार नआएका होइनन् ।
फेक समाचारहरुको विश्लेषणसहित नागरिक दैनिकका पत्रकार केपी ढुंगानाले मेरोसहरडटकममा यसको चिरफार नै गरेका थिए ।

बाख्रा पालनका नाममा १३ करोड झ्वाम
पछिल्लो पटक यस्ता खेलमा बोलिका ठेगान नभएका केशव स्थापितदेखि बदनाम पर्यटन व्यवसायी चन्द रिजालको प्रयोग भएका छन् । थापाले चुनावी कार्यक्रमको चावहिलमा चुनाबी कार्यक्रम सुरु गर्दाको पहिलो दिनमै आफ्नाविरुद्ध फेरी पनि यस्ता शृङखला आउने बताएका थिए ।
त्यसको केही दिनमै सँधै विवादास्थप अभिव्यक्ति दिने केशव स्थापितलाई राजनकै योजना अनुसार बोल्न लगाएर एउटा अनलाइनले बाख्रा खै ? भन्दै समाचार प्रकाशित गरेको थियो । अनुदान लिएको भनिएको संस्थाले नै यसको पैसा नै नलिएको भनेर खण्डन गरेपछि पछिल्लो झुटको खेती पर्दाफास भएको थियो ।

त्यतिमात्रै होइन् । थापाले विभिन्न ठाउँमा गरेका चुनावी भाषणहरुका क्लिपबाट अघिपछाडीका सन्दर्भ हटाएर भ्वाइसओभरसहित विवादित भिडियो समेत बनाएर स्पोन्सर भइरहेका छन् ।
आफ्ना क्षेत्रमा भएका विकासका फेहरिस्त झल्काउने भिडियोमा एउटा विदेशमा बस्ने एमाले कार्यकर्ताको नाममा भ्वाइसओभर गरिएको थियो । त्यसलाई एमालेले स्पोन्सर गरेको थियो । त्यसैगरी नेपाली काँग्रेस गरिवी हटाउन र सुकुम्बासी समस्या समाधान गर्न प्रयास गर्ने अभिव्यक्तिलाई समेत बङ्ग्याएर मतदान क्षेत्रका मतदाताको सन्दर्भहिन अभिव्यक्तीलाई त्यसरी नै प्रयोग गरिएको छ । भारतीय नाकाबन्दीका समयमा केन्द्रीय समितिमा नै नाकाबन्दी भनेर माइन्युट गर्नुपर्छ भनेर आवाज उठाएका र शान्ति समाजको सभा र संसदमा समेत भारतीय नाकाबन्दी विरुद्ध बोलेका थापालाई नाकाबन्दीमा नै नबोलेको भनेर समेत प्रचारप्रसार गरेका थिए । केही दिनअघि मानब अधिकार तथा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडीले एपी १ टेलिभिजनमा नाकाबन्दीविरुद्ध बोल्ने हिम्मत गगनले मात्रै गरेको भन्दै एमालेलाई गोयवल्स शैलीमा भ्रम सृजना नगर्न सचेत गराएका थिए ।

गगनविरुद्ध पोलपोट शैलीमा प्रोपगण्डा गर्नका लागि मेडिकल माफियादेखि भारतीय दुतावासले समेत खर्च गरिरहेको सार्वजनिक भइसकेको छ । थापालाई हराउने खेल स्वरुप मेडिकल माफियाले गरेको खर्च मैदानमा रहेकी विवेकशील साझाकी उमेदवार सुबना बस्नेतसम्म पुगेको बताइन्छ । भट्टराईले गगनको भोट काट्ने आशामा सुबनालाई सहयोग गरिरहेको विषय विवेकशील साझाको केन्द्रीय समितिमा समेत उठेको थियो ।

निर्वाचन प्रतिस्पर्धासँगै संसद र सरकारमा रहँदा पनि केही सुधारका प्रस्ताव र पहल गर्दा पनि उनीमाथि यस्तै आक्रमण हुने गरेको छ । थापाले बुढिगण्डकी नेपाललेनै बनाउनुपर्छ भन्दा समेत जलस्रोत माफियाको इशारामा भारतीय भएको आरोपल गाइको थियो ।

प्रतिस्पर्धामामात्रै होइन् विनाशकारी भुकम्पको समयमा सहयोग जुटाउन लाग्दा समेत थापाविरुद्ध थापालाई लखेटियो भन्दै प्रचार गरेका थिए । भुकम्पको समयमा नुवाकोटको कुमारीमा उद्दारमा खरिएका थापा विरुद्ध ’केहि महिना अघि पोर्चुगलमा भएको एउटा कार्यक्रमको भिडियोलाई बङ्गाएर राहत वितरण गर्न जाँदा गगनलाई जनताले लखेटे..।’ भन्ने समाचार हालिएको थियो । जनसम्पर्क समिति पोर्चुगलको अधिवेशन उद्घाटन कार्यक्रममा आमन्त्रित गरिएका केहि व्यक्तिले हो(हल्ला गरि कार्यक्रम विथोल्न खोजेपछि आयोजकले वाहिर निकालेका थिए । सोहि कार्यक्रमको भिडियोलाई आफू अनुकुल एनिमेसन गरेर राखिएको थियो ।

गगन बाबुरामको नयाँ शक्तिमा
पार्टीको महाधिवेशनम महामन्त्रीको प्रतिस्पर्धामा रहेको अवस्थमा थापाले बोल्दै नबोलेको थापाले नेता हुनु त विप्लबजस्तो भन्दै बोलेको भन्दै प्रचार भएको थियो । भने त्यतिबेलै थापा बाबुराम भट्टराईको नयाँ शक्तिमा भन्ने प्रचार भएको थियो । सामाजिक संजालमा अहिले पनि यो लिंक घुमिरहेको छ ।

(Visited 1 times, 1 visits today)

१८ मंसिर २०७४, सोमबार १६:२४ मा प्रकाशित