अबको लक्ष्य आर्थिक समृद्धिको हुनपर्छः अध्यक्ष राणा

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३ पुष २०७४, सोमबार १५:४७

दाङ ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले अबको लक्ष्य आर्थिक समृद्धिको हुनुपर्ने बताएकी छन् ।  तुलसीपुर उद्योग वाणिज्य संघको २४औँ साधारणसभा तथा रजत जयन्ती कार्यक्रममा उनले भनिन्, “देशमा राजनीतिक उपलब्धि पूरा भइसकेको र स्थानीय तथा केन्द्रीय सरकार गठनसँगै मुलुक अब आर्थिक समृद्धितर्फ जान्छ ।”

अध्यक्ष राणाले अबको पाँच वर्ष स्थिर सरकार बन्ने र त्यो आफुहरुका  लागि खुशीको कुरा भएको समेत बताइन् । त्यससँगै अब उद्योग–कलकारखाना स्थापना र व्यवसायीले ढुक्कसँग व्यापार–व्यवसायी गर्नेमा समेत उनले ढुक्क रहन आग्रह गरिन्।

पटक पटक सरकार परिवर्तनले पनि देशमा विकास हुन नसकेको उल्लेख गर्दै उनले अब देशमा लगानी मैत्री वातावरण निर्माण गरी देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान निजी क्षेत्र र सरकारले हातेमालो गर्नुपर्नेमा जोड दिइन् ।

अध्यक्ष राणाले निजी क्षेत्रले स्थानीय सरकारसँग मिलेर मुलुकको समृद्धिका लागि काम गर्ने बताउँदै मुलुकको समृद्धिका लागि अपार सम्भावना बोकेका पर्यटन, कृषि, जलविद्युत्जस्ता क्षेत्रमा निजी क्षेत्रले सहकार्य गर्ने धारणा व्यक्त गरिन् ।

(Visited 1 times, 1 visits today)

३ पुष २०७४, सोमबार १५:४७ मा प्रकाशित

मूल खबर

सबै

बद्री पाण्डे राष्ट्रिसभा सासंद बन्ने पक्का

काठमाडौं । काँग्रेसले प्रदेश ७ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बसेको बैठकले प्रदेश ७ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ । बैठकले प्रदेश ७ बाट बद्री.....

हलेसीधामबाट देउवा विरुद्ध यस्तो निर्णय !

खोटाङ। नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सभापतिहरुको राष्ट्रिय भेला र पार्टी महासमिति बैठक तत्काल बोलाउन.....

सिद्धान्त नमिले एमालेसंग एकता गरिन्न : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतलेतत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट.....

आज सरस्वती पूजा, यसरी मनाउनु उपयुक्त

काठमाडौं । आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञान-विज्ञान,.....

किम जोङ उनले किन बोलाए प्रचण्डलाई ?

काठमाडौं । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष.....

Popular Posts