बागलुङ महोत्सवमा पर्यटकीयस्थल घुमाइने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ४ पुष २०७४, मंगलवार ०३:३५

बागलुङ । बागलुङ महोत्सव यही पुस १४ गतेदेखि शुरु हुँदैछ । आयोजक बागलुङ उद्योग वाणिज्य संघले व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्यसहित महोत्सव आयोजना गर्न लागेको जनाएको छ ।

संघका अध्यक्ष तथा महोत्सवका संयोजक जयराम भारीले यही पुस २३ गतेसम्म चल्ने महोत्सवले बागलुङको पहिचान स्थापित गर्ने विश्वास व्यक्त गर्दै महोत्सव ४ नं प्रदेशस्तरीय कृषि, पर्यटन र औद्योगिक मेलाको रुपमा सञ्चालन हुने बताउनुभयो । यसअघि संघले चैत्राष्टमी पर्वको अवसर पारेर महोत्सव गर्ने गरेको थियो ।

सदरमुकामस्थित धवलागिरि बहुमुखी क्याम्पस परिसरमा हुने महोत्सवमा राष्ट्रियस्तरको लोकदोहोरी, भलिबललगायत प्रतियोगिता, स्थानीय उत्पादनसँगै सूचना, प्रविधिसम्बन्धी परामर्श, प्रदर्शनी र बिक्री कक्ष राखिने छ । चार नं प्रदेशकै पहिचान झल्कने कला, संस्कृति र तस्वीर प्रदर्शनी र प्रतियोगिता पनि राखिने छ ।

महोत्सव हेर्न आउने दर्शकलाई हेलिकप्टरबाट नजिकका पर्यटकीय गन्तव्य घुमाउने योजनासमेत राखिएको संघका द्वितीय उपाध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो ।

(Visited 1 times, 1 visits today)

४ पुष २०७४, मंगलवार ०३:३५ मा प्रकाशित

शीर्ष खबर

सबै

९ लाख तेस्रो लिङ्गी मध्ये १ सय ६७ को मात्रै नागरिकता

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला,.....

विधिसम्मत नियुक्ति खारेज गरिएकोमा देउवा रुष्ट

मन्थली । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू नेतृत्वको सरकारले विधि सम्बत गरेका राजनीतिक नियुक्ती.....

कोशीको बहाव बढ्दो, नआत्तिन प्रशासनको आग्रह

सुनसरी । पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी.....

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौं । चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान.....

काठमाडौंमा १ सय ४३ स्थानमा पार्किङको व्यवस्था तर समस्या उस्तै !

अच्यूत रेग्मी । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी.....

Popular Posts