बैंकहरुले अब ऋण नदिने !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ११ पुष २०७४, मंगलवार ०२:४१

काठमाडौं । तरलता अभाव भएपछि बैंकहरूले कर्जा रोक्ने तयारी गरेका छन्। तरलता अभाव थप चर्कंन नदिन कर्जा प्रवाह रोक्नुपर्ने अवस्था आएको बैंकरले बताएका छन्।

नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष राजनसिंह भण्डारीले तत्कालका लागि कर्जा रोक्नुको विकल्प नभएको बताए। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘तरलता अभावका कारण निक्षेपको ब्याज बढाएर महँगो कर्जा प्रवाह गर्नुपर्ने वाध्यतामा हामी छौं,’ उनले भने, ‘त्यसो गर्नुभन्दा बैंकले प्रतिबद्धता गरे बाहेक नयाँ कर्जा रोक्नुपर्छ। हामी नयाँ कर्जा दिन सक्ने अवस्थामा छैनौं।’।

ब्याज बढाएर निक्षेप आकर्षण गर्नुभन्दा कर्जा प्रवाह रोक्नु राम्रो हुन्छ भन्ने निष्कर्षमा बैंक पुगेका छन् ।

बैंकले कर्जा प्रवाहमा रोक लगाए आर्थिक गतिविधिमा संकुचन आउनेछ। लगानी गर्न पुँजी नभएपछि सानिमा बैंकले पनि कर्जा रोक्न तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले जानकारी दिए।

(Visited 1 times, 1 visits today)

११ पुष २०७४, मंगलवार ०२:४१ मा प्रकाशित

शीर्ष खबर

सबै

९ लाख तेस्रो लिङ्गी मध्ये १ सय ६७ को मात्रै नागरिकता

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला,.....

विधिसम्मत नियुक्ति खारेज गरिएकोमा देउवा रुष्ट

मन्थली । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू नेतृत्वको सरकारले विधि सम्बत गरेका राजनीतिक नियुक्ती.....

कोशीको बहाव बढ्दो, नआत्तिन प्रशासनको आग्रह

सुनसरी । पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी.....

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौं । चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान.....

काठमाडौंमा १ सय ४३ स्थानमा पार्किङको व्यवस्था तर समस्या उस्तै !

अच्यूत रेग्मी । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी.....

Popular Posts