बैंकहरुले जथाभावी अवार्ड लिन नपाउने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १२ पुष २०७४, बुधबार ०१:५२

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई विदेश गएर पुरस्कार, आर्थिक सहायता र चन्दा लिन नपाउने व्यवस्था गरेको छ। केन्द्रीय बैंकले मंगलबार निर्देशन जारी गर्दै यस्तो रोक लगाएको हो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक सहायता, कुनै पनि प्रकारको शुल्क, वित्तीय योगदान गरेको आधारमा सो को प्रतिफल स्वरुप कुनै पनि विदेशी निकायबाट पुरस्कार ग्रहण गर्न नपाउने व्यवस्था गरेको हो।

कुनै पनि विदेशी संस्थाबाट पुरस्कार लिनुपर्दा राष्ट्र बैंकको अनुमति लिनुपर्ने व्यवस्था परिर्वतन गरिएको जारी विज्ञप्तिमा उल्लेख छ। पुरस्कार स्वीकार गर्नुअघि पुरस्कार दिने संस्थाको वैधानिक हैसियत तथा आधिकारिकताको पुष्टि हुने कागजात पेश गर्नुपर्ने विज्ञप्तिमा जनाइएको छ।

पुरस्कार लिन जाँदा हुने भ्रमण खर्च मितव्ययी बनाउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ। केन्द्रीय बैंकले बैंक सञ्चालक समितिका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ)को विदेश भ्रमणलाई थप व्यवस्थित बनाउन आउँदो चैतभित्र कार्यविधि बनाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ।

विदेश भ्रमणमा जाँदा भ्रमणको उपयोगितालगायतका विषय सञ्चालक समितिबाट पारित गरेको हुनुपर्ने, संस्थाका प्रमुख व्यक्ति विदेश जाँदा हुने खर्च र लाभ दुवैको विश्लेषण र खर्च मितव्ययी हुनुपर्ने निर्देशन जारी गरिएको छ।

(Visited 1 times, 1 visits today)

१२ पुष २०७४, बुधबार ०१:५२ मा प्रकाशित

शीर्ष खबर

सबै

९ लाख तेस्रो लिङ्गी मध्ये १ सय ६७ को मात्रै नागरिकता

काठमाडौं । नेपालमा ९ लाख यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्ति रहेको एक तथ्यांकले देखाएको छ । जसअन्तर्गत समलिङ्गी पुरुष, समलिङ्गी महिला, तेस्रो लिङ्गी पुरुष, तेस्रो लिङ्गी महिला, द्धिलिङ्गी महिला,.....

विधिसम्मत नियुक्ति खारेज गरिएकोमा देउवा रुष्ट

मन्थली । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले आफू नेतृत्वको सरकारले विधि सम्बत गरेका राजनीतिक नियुक्ती.....

कोशीको बहाव बढ्दो, नआत्तिन प्रशासनको आग्रह

सुनसरी । पूर्वमा लगातार वर्षा भएसँगै सप्तकोशी नदीको बहावमा घटी–बढी हुने क्रम जारी छ । बुधबार बिहान आठ बजे कोशी.....

सडक बनाउन माग गर्दै चक्काजाम

काठमाडौं । चाबहिल–बौद्ध–जोरपाटी–साँखु र सुन्दरीजल सडक बिस्तार एवं निर्माण छिटो हुनुपर्ने माग राखी आज बिहान.....

काठमाडौंमा १ सय ४३ स्थानमा पार्किङको व्यवस्था तर समस्या उस्तै !

अच्यूत रेग्मी । ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी.....

Popular Posts