सान्चेजको दुई खेलमा आर्सनलको जित

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १४ पुष २०७४, शुक्रबार ०२:०४

एजेन्सी । एलेक्स सान्चेजले दोस्रो हाफमा चार मिनेटको अन्तरमा दुई गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई ३–२ ले पराजित गरेको छ । खेलको २५औँ मिनेटमा स्क्रोदान मुस्ताफीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

४९औँ मिनेटमा आन्द्रे टाउसन्डले प्यालेसका लागि बराबरी गोल फर्काए । तर सान्चेजले ६२औँ र ६६औँ मनेटमा लगातार दुई गोल गरेपछि आर्सनलले ३–१ को अग्रता बनायो । ८९औँ मिनेटमा जेम्स टोमकिसन्सले एक गोल फर्काएपनि घरेलु टोली प्यालेसको हार टार्न पर्याप्त भएन ।

जितपछि २० खेलबाट टोटनहमसंगै समान ३७ अंक जोडेको आर्सन गोलअन्तरमा पछि पर्दै छैटौँ स्थानमा यथावत छ । यस सिजन अपराजित रहेको म्यानचेष्टर सिटी ५८ अंकका साथ पहिलो स्थानमा छ भने ४३ अंकका साथ म्यानचेष्टर युनाइटेड दोस्रो, ४२ अंक जोडेको चेल्सी तेस्रो तथा ३८ अंक रहेको लिभरपुल चौथो स्थानमा छन् ।

(Visited 1 times, 1 visits today)

१४ पुष २०७४, शुक्रबार ०२:०४ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts