केपी ओली अचानक अस्वस्थ !

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १८ पुष २०७४, मंगलवार १२:११

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं भावी प्रधानमन्त्रीका रुपमा हेरिएका नेता केपी शर्मा ओली अचानक बिरामी पर्नुभएको छ । किड्नी सम्बन्धी बिमार रहेका ओलीको अचानक अस्वस्थ भएपछि चिकित्सकको सल्लाहमा बाल्कोटस्थित निवासमै आराम गरिरहेका छन् । उनलाई ‘डाइरिया’ भएको र औषधी सेवन गरेर आराम गरिरहेको बाल्कोट स्रोतले बतायो ।

अस्वस्थ भएकै कारण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसंग हुने भनिएको भेट स्थगित भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको छलफलमा पनि ओली अनुपस्थित रहेका छन् । किड्नी ट्रान्सप्लान्ट गराइएका ओली लामो समयदेखि औषधी उपचारको क्रममै रहेका छन् । सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्ने भएपछि बारम्बार विदेश गएर पनि ओलीले उपचार गराएका थिए ।
अस्वस्थताका कारण बाल्कोटमै आराम गरिरहेका ओलीको स्वास्थ्यबारे सर्वत्र चासो भएपनि बिरामी भएको बारे औपचारिक जानकारी खुलाइएको छैन ।

(Visited 1 times, 1 visits today)

१८ पुष २०७४, मंगलवार १२:११ मा प्रकाशित

मूल खबर

सबै

बद्री पाण्डे राष्ट्रिसभा सासंद बन्ने पक्का

काठमाडौं । काँग्रेसले प्रदेश ७ बाट राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको नाम टुंगो लगाएको छ । सोमबार बसेको बैठकले प्रदेश ७ बाट उम्मेदवारी दिने चार जनाको नाम टुंगो लगाएको छ । बैठकले प्रदेश ७ बाट बद्री.....

हलेसीधामबाट देउवा विरुद्ध यस्तो निर्णय !

खोटाङ। नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले सभापतिहरुको राष्ट्रिय भेला र पार्टी महासमिति बैठक तत्काल बोलाउन.....

सिद्धान्त नमिले एमालेसंग एकता गरिन्न : शक्ति बस्नेत

काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता शक्तिबहादुर बस्नेतलेतत्काल पार्टी एकता गरेर नयाँ कम्युनिष्ट.....

आज सरस्वती पूजा, यसरी मनाउनु उपयुक्त

काठमाडौं । आज सरस्वती पूजाको दिन हो । सरकारले आजको दिन शैक्षिक संस्थाहरुमा विदा दिएको छ । सरस्वती ज्ञान-विज्ञान,.....

किम जोङ उनले किन बोलाए प्रचण्डलाई ?

काठमाडौं । नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हाकले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष.....

Popular Posts