‘सेयर बजारको उतारचढाव स्वाभाविक’

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २३ पुष २०७४, आईतवार ०१:३८

पछिल्लो सययमा नेपालको सेयर कारोबारमा उतारचढाव आइरहेको छ । सेयर कारोबारमा उतारचढाव देखिनु एउटा स्वाभाविक प्रक्रिया नै हो । यद्यपि, लामो समयसम्म यसरी निरन्तर बजार प्रभावित बन्दा त्यसले लगानीकर्तामा भने नैराश्यता उत्पन्न गराएको समेत पाइन्छ । अहिलेको सेयर बजार, यसको वास्तविकता, बजारले लिने गति र सेयर बजारको सुधारका लागि धितोपत्र बोर्डले चाल्ने कदमलगायतका विषयमा केन्द्रित रही नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीस“ग राजधानीका लागि शिव दुवाडीले गरेको कुराकानीको सम्पादित अंश :

सेयर बजारको प्रवृत्तिलाई बोर्डले कसरी हेरेको छ ?

नेपाल धितोपत्र बोर्डले सेयर बजारका गतिविधिलाई नजिकबाट नियाल्छ । मुख्य ृपमा बजारमा देखिएका गतिविधिहरूलाई नजिकबाट सियाल्ने र त्यसका लागि समयसापेक्ष रूपमा नीतिगत सुधारका कदमहरू चाल्ने कार्य हमीले गर्दै आइरहेका छौं । बजार विकासका कार्यक्रमहरूमा हामी लागिरहेका पनि छौं । यतिबेला धितोपत्र बजार मात्र नभई कमोडिटी बजारलाई नियमन गर्ने जिम्मेवारी पनि बोर्डलाई आएको छ । त्यसको ऐन आइसकेको छ । त्यसका लागि आवश्यक पर्ने नियमावली बनाउने कार्यमा पनि अहिले बोर्ड लागिरहेको छ ।
ऐन आएपछि त्यसअनुसार नियमावली हामीले बनाउने हो । कमोडिटी बजारमा के कस्ता व्यवसायी हुनुपर्छ, उनीहरूका लागि के कस्ता मापदण्ड आवश्यक पर्छ, लाइसेन्स अब कसलाई के आधारमा दिने भन्ने हामी तय गर्छौं । अहिलेसम्म कसैले लिएको छैन । हामी अहिले कमोडिटी बजारसम्बन्धी प्रारम्भिक चरणमा छौं । यसलाई विस्तार विकास गर्दै लैजाने योजना हाम्रो छ ।
अहिले यस क्षेत्रमा काम गरिरहेका कम्पनीहरू पनि छन् । ऐनले व्यवस्था गरेअनुसार उनीहरूले पनि तोकिएको प्रक्रिया पूरा गर्नुपर्छ । प्रक्रिया पूरा गरेपछि स्वाभाविक रूपमा उनीहरूले पनि लाइसेन्स पाउन सक्छन् । तर अहिले नै उनीहरूले नै पाउने भन्नेचाहिँ छैन । यो करार ऐनअनुसार कारोबार हुने हो । करारअनुसार काम गर्दै जानुपर्छ । अब लाइसेन्स लिँदा नयाँ ऐनअनुसार नै आउनुपर्छ । यसमा पुराना व्यवसायी र नयाँ जो सुकै पनि पर्न सक्छ । त्यसका लागि ऐनले व्यवस्था गरेअनुसार आवश्यक प्रक्रिया पूरा गर्नु पहिलो दायित्व हो ।

पुँजी बजारमा लामो समयदेखि निरन्तर गिरावट आइरहेको छ । यसलाई बोर्डले कसरी हेरेको छ ?
अहिले बजारमा सेयरको सप्लाइ बढेको देखिएको छ । यसअघि बैंक तथा वित्तीय सस्थाले पुँजी वृद्धि गर्नुपर्ने अवस्था थियो । हकप्रद, बोनस आदि तरिकाबाट उनीहरूबाट बजारमा सेयर प्रवाह बढ्यो । मर्जर प्रक्रिया पनि अगाडि बढ्यो । वित्तीय विवरण आउँदा लगानीकर्ताहरूले अपेक्षा गरेअनुसार नआएको भन्ने पनि महसुस भएको छ । अपेक्षाअनुसार प्रतिफल प्राप्त हुँदैन कि भन्ने पनि छ, लगानीकर्तामा । नयाँ सरकार कहिले आउँछ, कस्तो आउँछ भने एउटा मानसिकता पनि छ । यस्तै, तरलताको समस्या पनि देखिएको छ । बजारमा यसले पनि बजार घट्नमा बल पु¥याएको देखिन्छ । बजार घट्नुका यिनै विभिन्न कारण जिम्मेवार छन् । हामीकहाँ अनावश्यक हल्ला पनि भइरहन्छन् । यो वा त्यो कारणले बजार घट्यो भनेर हल्ला बढी गरिन्छ ।

अहिले पुँजी बजार खस्कनुको मुख्य कारण चाहिँ के देखिएको छ ?
पुँजी बजार भनेको घटबढ भई नै रहन्छ । यसको स्वभाव नै यस्तै हो । यो लगानीकर्ताको सेन्टिमेन्टका आधारमा हुने हो । कहिले बजार घट्छ र कहिले बढ्छ भन्न सक्ने अवस्था रहँदैन । पहिला र अहिले बजारको टे«न्ड नै फरक छ । लगानीकर्ताको अपेक्षाअनुसार कम्पनीहरूले प्रतिफल दिन सकेन भने बजारमा नकारात्मक प्रभाव पर्छ । फेरि कम्पनीको अवस्था राम्रो भए बजार माथि जान सक्छ ।

बजार सुधारको नीतिगत व्यवस्था कस्तो छ ?

बैंक तथा वित्तीय सस्थालाई मजबुत बढाउन पुँजी बढाउन आवश्यक छ भनेर बोर्डले पहिले नै भनेको हो । अहिले त्यसअनुसार काम भइरहेको छ । सर्टटर्ममा कसले कसैलाई अप्ठ्यारो पारे पनि त्यो लङ टर्मका लागि राम्रो हुन्छ । पुँजीबजारबाट समग्रमा लगानीकर्ताले १२ देखि १५ प्रतिशतको हाराहारीमा प्रतिफल पाएको देखिन्छ । तर यो सबैको हकमा लागू हुँदैन ।

निर्वाचन नतिजाले पनि बजारमा प्रभाव पारेको हो ?

पुँजी बजार कुनैबेला बढ्छ, कुनैबेला घट्छ । यो भइरहने एउटा स्वभाविक प्रक्रिया हो । फलानो पार्टीको सरकार बन्ने भएकाले बजार घट्यो भन्नेखालका हल्लाहरू पनि सुनिकएको छ । त्यसमा कुनै सत्यता छैन । किनभने अब जुन पार्टीहरू मिलेर सरकार बनाउँदै छन्, ती पार्टीले नेपालमा पहिलोपटक सरकार बनाउन लागेका होइनन् । यसअघि पनि सरकारको नेतृत्व गरेको दल वा दलका नेताकै नेतृत्वमा सरकार बन्ने हो । त्यसैले चुनावी परिणामका कारण बजार घटेको होइन ।
तर बजार घट्नुमा विभिन्न कारण छन् । जस्तो ः सेयरको आपूर्ति बढिरहेको छ, त्यसको अनुपातमा माग बढेको छैन । बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि भयो । त्यसमा बोनस सेयर र हकप्रदको अंश धेरै छ । यसले पनि आपूर्ति बढाउन सहयोग पुग्यो । अहिले बजारमा तरलता अभावको विषय पनि आइरहेको छ । बैंकको ब्याजदर बढेको छ । अर्काे कुरा चालू आर्थिक वर्षको पहिलो त्रैमासको प्रतिवेदन आएको छ । त्यो प्रतिवेदन लगानीकर्ताले अपेक्षा गरेभन्दा नराम्रो भएको उनीहरूको अनुभूति हुन सक्छ । पुँजी बढेअनुसार प्रतिफल पाइँदैन कि भन्ने लगानीकर्ताहरूलाई लागेको हुन सक्छ । यस्ता कारणहरूले बजारमा नकारात्मक असर परेको देखिन्छ ।

पुँजी बजारको कारोबारमा हुने लगानीको छानबिनले तीव्रता पाएपछि बजार घट्न थालेको भनिन्छ नि ?

बजार घट्नुका त्यो मुख्य कारण होइन । अहिले पनि १० लाखभन्दा माथिको कारोबार कसैले गरेको छ भने त्यो जानकारी बोर्डलाई प्राप्त हुन्छ । यसअघि लगानीलाई गहिरोसँग अध्ययन गर्ने कि भन्ने पनि थियो । तर अहिले त्यसो गरिएको छैन । एकथरी लगानीकर्ता हल्ला गरेर बजार बढाउन सकिन्छ कि भन्ने पनि छन् । हामीकहाँ संस्थागत लगानीकर्ता कम छन् । त्यसैले रिटेल इन्भेस्टर बढी हुँदा हल्ला बढी हुन्छ । यसको पछाडि दैडनुहुँदैन । नियम कानुनअनुसार कारोबार गर्दा कोही डराउनुपर्दैन ।

बजार घट्नुमा नियमनकारी निकायको कमजोरी त छैन ?

नियामकले एउटा नीति ल्याएर त्यसको कार्यान्वयनमा जाने न हो । बजारलाई विभिन्न सेन्टिमेन्टहरूले प्रभाव पारिरहेको हुन्छ । हाम्रो बजारमा अझै पनि संस्थागत लगानीकर्ताहरू छैनन् । खासगरी ‘रिटेल इन्भेस्टर’हरू छन् । रिटेल इन्भेस्टर बढी भएको बजारमा धेरै कुरा बुझेर लगानी गरिएको हुँदैन ।
पहिलाको तुलनामा ‘अन्डरस्ट्यान्डिङ’को लेबल बढेको छ तर पर्याप्त छैन । यस्तो बजारमा आउने विभिन्न प्रकारका हल्लाहरूलाई मान्छेहरूले सत्य हो कि होइन भनेर नबुझीकन कहिलेकाहीँ ‘प्यानिक’ हुने अवस्था आउँछ । सञ्चारमाध्यमहरूमा पनि लगानीकर्तालाई निरुत्साहित गर्ने प्रकारका समाचारहरू आउँछन् । राम्ररी नबुझीकन नै समाचार लेख्ने पनि गरिन्छ । नियामककै कमजोरीका कारण बजार घटेको भन्न मिल्दैन ।

बजारको सुधारका लागि के गर्नुपर्ला ?

बजार सुधारका लागि विभिन्न कदम चाल्नुपर्ने हुन्छ । त्यसमध्ये पहिलो भनेको बजारमा संस्थागत लगानीकर्ता ल्याउनुपर्छ भनेर हामी लागेको धेरै नै समय भयो । हामी एकप्रकारले लागिरहेका हुन्छौं, त्यहीबेलामा बजार अर्काे बाटोमा पुगिसकेको पनि हुन सक्छ । फेरि धितोपत्र बोर्डले आइज भनेर संस्थागत लगानीकर्ता आउने कुरा पनि होइन । कसैले फलानाको सरकार आउँदै छ, त्यसैले बजार घट्छ भनेको आधारमा आत्तिने वा कुनै सञ्चारमाध्यममा बजार घट्छ भनेर समाचार आउँदैमा हतारिएर बेच्ने गर्नुभएन । यस्तै, हल्लाकै भरमा बजार बढ्छ भनेर लगानी पनि गर्नुहँुदैन ।
कर्मचारी सञ्चयकोष, नागरिक लगानीकोषजस्ता संस्थागत लगानीकर्ताहरूलाई हामीले झकझक्याउने काम गरिरहेका छौं । त्यो झकझक्याउने काममा हामी अझै त्यति सफल भएनौं भन्नुपर्ने भयो । हामीले हाम्रो पाटोबाट सहजीकरण गरेका कारण केही म्युचुअल फन्डहरू आएका छन् । तरपनि उनीहरू प्राविधिक रूपमा संस्थागत लगानीकर्ता नै चाहिँ होइन । केही हदसम्मको भूमिका उनीहरूले निर्वाह गरिरहेका छन् । संस्थाहरूलाई नै चाँडोभन्दा चाँडो बजारमा ल्याउनुपर्छ ।

लगानीकर्ता डराउनैपर्ने अवस्था हो त अहिले ?

त्यस्तो अवस्था छैन, जस्तो कि बैंक तथा वित्तीय संस्थाहरूको पहिलो त्रैमासको प्रतिवेदन अपेक्षाभन्दा नराम्रो आयो होला तर त्यसको ‘रिकभर’ अर्काे त्रैमासमा हुन सक्छ । केही लगानीकर्ताहरूले बैंक तथा वित्तीय संस्थाहरूबाट ऋण लिएर बजारमा लगानी गरेको  पनि देखिन्छ ।
बजार घट्नेबित्तिकै बैंकहरूले मार्जिन कल गर्छन् । अनि त्यसको असर पनि बजारमा देखिन थाल्छ । आÏनो पुँजी र ऋण दुवै मिलाएर लगानी गरिएको छ भने त्यस्ता लगानीकर्तालाई बजार केही घट्दैमा असर पर्दैन । तर ऋणबाट मात्र लगानी गर्ने लगानीकर्तालाई बजार घट्दा अझ समस्या पर्छ । यी सबै असर बजारमा देखिन थालेको हो ।

अहिलेको अवस्थामा बोर्डले लगानीकर्ताको हितमा के गर्न सक्छ ?

बजारमा विभिन्न हल्ला आउँछन् । त्यस्ता हल्लाको पछि लागेर डिसिजन नगर्नुस् । तथ्य कुराहरू बुझ्नुपर्ने हुन्छ । जस्तो कि नयाँ सरकार बन्दै छ । स्थायी सरकार आउँछ । बजारलाई स्थायित्व दिने प्रकारका केही नीतिगत निर्णयहरू होलान् । यस्ता निर्णयले बजारमा सकारात्मक प्रभाव पार्छ । अहिले नै आत्तिएर फलानाको सरकारले आयो रे, अब यस्तो हुन्छ भन्ने प्रकारका हल्लाको पछाडि लाग्नुहुँदैन । केही नराम्रा समाचारहरू पनि आउन सक्छन् । त्यस्ता केही नकारात्मक समाचार पढेकै भरमा आत्तिनु भएन ।

अर्काे त्रैमासको प्रतिवेदन आउने बेला हुन लाग्यो । त्यो प्रतिवेदन पनि हेर्नुस् भन्ने नै हो हामीले भन्ने कुरा । पहिलो कुरा त अहिले बजारमा जे भइरहेको छ, त्यो पहिरो नै होइन । यसलाई पहिरो हो भन्ने हो यस्तै पहिरो आएर बजार माथि पनि पु¥याउँछ ।

नियामकले नियामकीय सहयोग गर्ने नै हो । हामीले नेप्सेलाई अनलाइन ट्रेडिङ चाँडो सुरु गर भनिरहेका छौं । ब्रोकरका शाखालाई देशका विभिन्न स्थानमा कसरी लैजाने भनेर छलफल  गरिरहेका छौं ।

हामीले बजारलाई सूक्ष्म रूपमा हेरिरहेका हुन्छौं । आवश्यक पर्दा के गर्न सक्ने ठाउँ हुन्छ, अध्ययन गरेर सक्ने जति गर्छौं । वास्तवमा भन्ने हो भने बजारलाई बजारकै रूपमा छोड्नुपर्छ । कसैले म्यानुपुलेट गरेर बजार घटाएको छ भने हामीले हस्तक्षेप गरेर त्यसो गर्न नदिने हो । स्वाभाविक हो भने नियामकले रोक्न खोजेर पनि रोक्न सकिँदैन । काहीँ नीतिगत समस्या छ भने त्यसलाई जहिले पनि सुधार गर्नुपर्ने हुन्छ ।

बजारमा नयाँ लगानीकर्ता ल्याउने प्रयास के भइरहेको छ ?

यस विषयमा विभिन्न पहल भइरहेका छन् । गैरआवासीय नेपालीलाई पनि पुँजी बजारमा भिœयाउन हामीले अध्ययन गरेका थियौं । वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी ऐन आउने भन्ने कुरा आएपछि त्यसमा भएका व्यवस्थाको कारण हामीले धेरै पहल गर्नुनपर्ने भन्ने कुरा आयो । तर ऐन केही ढिला हुने जस्तो देखिएको छ । हामी अहिले गैरआवासीय नेपालीलाई पुँजी बजारमा ल्याउनका लागि गर्नुपर्ने कामका सन्दर्भमा थप पहल गर्न लागेका छौं ।
यस्तै नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिसँग छलफल ग¥यौं । हामीले रियल सेक्टरलाई पुँजी बजारमा आउने बाटो खोल्यौं । तर उहाँहरू आइरहनुभएको छैन । महासंघका प्रतिनिधिले हामीसँग भन्नुभएअनुसार निजी क्षेत्रको विभिन्न फोरमहरूमा रियल सेक्टरका कम्पनीहरूलाई पुँजी बजारमा ल्याउन छलफलहरू भइरहेको छ । त्यसबाहेक बजारको पहुँच बढाउने विषयमा पनि पहल भइरहेका छन् ।

अहिले लगानीकर्ता आत्तिनुपर्ने अवस्था नै आएको हो त ?

बजारलाई बुझ्ने आ आफ्नै तरिका हुन्छ । सुजबुझपूर्ण तरिकाले सेयर किन्नुपर्ने हुन्छ । सामान्य उतारचढाव देखिँदैमा आत्तिने र मात्तिने गर्नुहुँदैन किनकि सेयर बजारको स्वभाव नै घटबढ भइरहने किसिमको हुन्छ । विगतमा नेप्से परिसूचक २ सय ९२ बिन्दुमा पुगेको पनि हामीले देखेकै हो । त्यही बिन्दुबाट उठेर बजार १ हजार ८ सयभन्दा माथिल्लो बिन्दुमा पुगेको पनि हामीले नै देखेको हो ।
कुनैबेला बजार घट्छ, केही समयपछि फेरि बढ्छ । त्यसैले हल्लाको पछाडि लाग्ने होइन । आफूले बुझेर लगानी गर्दा फाइदा हुन्छ भने गर्ने र बेच्दा फाइदा हुन्छ भने बेच्ने हो । कसैले फलानाको सरकार आउँदै छ त्यसैले बजार घट्छ भनेको आधारमा आत्तिने वा कुनै सञ्चारमाध्यममा बजार घट्छ भनेर समाचार आउँदैमा हतारिएर बेच्ने गर्नुभएन । यस्तै हल्लाकै भरमा बजार बढ्छ भनेर लगानी पनि गर्नुहुँदैन । पहिला आफूले बुझ्नुस् अनि निर्णय गर्नुस् भन्ने मेरो सुझाव छ ।

नयाँ स्टक एक्सचेन्ज खोल्ने कुरो के भयो ?

धितोपत्र बोर्डबाट अर्को एउटा स्टक एक्सचेन्ज खोल्न ठीक छ भन्ने सैद्धान्तिक सहमति भएको हो । हामीले यो कुरा अर्थ मन्त्रालयमा पठाएका छौं । उसले यस विषयमा आफ्नो राय दिएपछि यो प्रक्रिया अघि बढ्छ । हामीले आफैं यो प्रक्रिया अघि बढाउन सक्ने कानुनी र नीतिगत व्यवस्था रहेको भए पनि बोर्डभन्दा माथिल्लो निकायसँगै परामर्श गरेर निर्णय लिने उद्देश्यले हमीले अर्थ मन्त्रालयमा यो लेखिपठाएका हौं । नयाँ खोल्ने भन्दैमा अहिलेकै अवस्थामा अर्को खोल्न चाँही हुँदैन । यसलाई ब्यवस्थित र प्रभावकारी  वनाउनु पर्दछ ।

 

-राजधानीबाट साभार

(Visited 1 times, 1 visits today)

२३ पुष २०७४, आईतवार ०१:३८ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts