नेपाल सरकार र दक्षिण कोरीया सरकारबीच सम्झौता

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २५ माघ २०७४, बिहीबार ०१:१६

नेपालमा विज्ञान प्रविधिको विकासका लागि नेपाल सरकार र दक्षिण कोरियाली सरकारबीच सम्झौता गरेको छ ।

नेपाल सरकार अर्थ मन्त्रालय र दक्षीण कोरीया सरकारबीच नेपालको एकिकृत ग्रामीण विकास एवं विज्ञान र प्रविधि विकासको परीयोजनाको लागि सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा नेपालका लागी दक्षीण कोरीयाका राजदुत पार्क योङ सीक र नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय सचिब शंकर प्रसाद कोइरालाले सामुहिक हस्ताक्षर गरिएको छ ।

दक्षिण कोरीया सरकारले उक्त परियोजनामा १० मिलयिन अमेरिकी डलर (एक अर्ब नेपाली रुपियाँभन्दा बढी) नेपालको एकिकृत ग्रामीण विकासमा लगानी गर्नेछ जसमा काठमाडौ विश्वविद्याले मुख्य कार्यन्वयनको भुमीका निर्वाह गर्नेछ ।

यस ८ वर्षै परियोजनाबाट नेपालको अनुसन्धान र विकास एवं प्रविधि क्षमतामा अभिवृद्दिका साथसाथै ग्रामीण नेपालीको जिवनस्तरमा पनि सकारात्मक परिवर्तन गरिने विश्वास लिइएको छ ।

काठमाण्डौ विश्वविद्यालयको परिसरमा एउटा अत्याधुनिक अनुसन्धान केन्द्र एवं ग्रामिण क्षेत्रहरुमा उपकेन्द्रहरुको स्थापना गर्दै नैपालमा उचित अनुसन्धान र विकासको वातारवरण सिजर्ना गर्ने र नेपाली समुदायको विकास आवश्यक्तालाई सम्बोधन गर्ने उदेश्य लिइएको छ ।

सम्झौता हस्ताक्षर गर्ने व्रmममा नेपालका लागी दक्षीण कोरीयाका राजदुत पार्क योङ सीकले उक्त परियोजनाबाट नेपाली जनताको जिवन स्तरमा सकारात्मक परीवर्तन ल्याइने विश्वास व्यक्त गरे ।

साथै अर्थ मन्त्रालय नेपाल सरकारको सचिब शंकर प्रसाद कोइरालाको तर्फबाट उक्त परियोजनालाई सफल बनाउन कुनै कसर नराख्ने प्रतिबद्दता व्यतm गरे । कोइकाले सन् १९९१ देखि नेपाल सरकारलाई शिक्षा, कुषि र स्वास्थ्य क्षेत्रमा प्राविधिक सहयोग गर्दै आइरहेको छ ।

(Visited 1 times, 1 visits today)

२५ माघ २०७४, बिहीबार ०१:१६ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts