कांग्रेसले पूरा गर्यो राष्ट्रिय दायित्व, शेरबहादुर सफल प्रधानमन्त्री

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २५ माघ २०७४, बिहीबार ११:१७

समाज खबर । वि.सं. २०७० सालको संविधानसभाको निर्वाचनमा होमिदा नेपाली कांग्रेसका सामु एउटै विकल्प थियो, या त निर्वाचनमा जितेर सबै दललाई अगुवाई गरेर लोकतान्त्रिक संविधान निर्माण गर्ने । या त निर्वाचनमा कमजोर ठहरिए संविधान बन्दै नबने वा वामपन्थी ‘स्पिरिट’ को संविधान बन्ने अवस्थाको फड्के किनाराको साक्षी बस्ने । निर्वाचनमा कांग्रेसले आफूलाई जनप्रयि बनायो र सबैभन्दा ठूलो दल बन्न सक्यो । सुशील कोइरालाको नेतृत्वमा पुरानो साख फर्काएर कांग्रेसले कुनै घमण्ड गरेन, बरु सबै शक्तिलाई मिलाएर संविधान बनाउने प्रण गर्यो ।

मंसिरमा चुनाव जितेको कांग्रेसले सभापति सुशिल कोइरालाको नेतृत्वमा सरकार बनाउन माघ पर्खियो तर अहिले एमालेले देखाएजस्तो दम्भ देखाएन । सत्तामै रहेको एमाले मात्रै होइन विपक्षमा रहेर आन्दोलन चर्काइरहेका माओवादी र मधेशकेन्द्रीत दललाई समेत विश्वासमा लिने प्रयास सुशील कोइरालाले जारी राखे । फलस्वरुप २०७२ असोज ३ गते देशले संविधान पायो । संविधान निर्माणको यो सफल नेतृत्वको जस लिन कांग्रेसले कुनै तछाँडमछाँड गरेन बरु अपमानको विष पिएर संविधान निर्माणको हप्तादिनमा सुशिल कोइरालाले सरकारबाट बाहिरिनुप¥यो । सत्ता छाडेर संविधान रोजेको कांग्रेसले नै अन्ततः संविधानको सफल कार्यान्वयनलाई नेतृत्व प्रदान गरेको छ ।

नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण सबै कार्यभार पूरा गरेको छ । असन्तुष्ट दलहरुलाई सहमतिमा ल्याएर स्थानीय तहको निर्वाचन गर्नेदेखि प्रदेश र संघीय संसदको सफल निर्वाचन गराउन प्रधानमन्त्री देउवा सफल भएका छन् । ईतिहासमा निर्वाचन गराउन नसकेको आरोपमा राजाले पूर्वाग्रहीपूर्ण ढंगबाट ‘अक्षम’ घोषणा गरिएका देउवाले अन्ततः राजनीतिक जीवनको उतराद्र्धमा महत्वपूर्ण सफलता हासिल गरेका छन् । जसरी नेपाली कांग्रेसका प्रत्येक सभापतिले मुलुकको जीवनमा महत्वपूर्ण अर्थ राख्ने विशेष काम गरेका छन्, देउवाले पनि त्यसलाई निरन्तरता दिएका छन् ।

चौथौ पटक सरकारको नेतृत्व गरिरहेका देउवा सरकारबाट बाहिरिदै छन् । तर यसपटक विगतमा जस्तो कुनै आरोप वा कंलक देउवाको शिरमा छैन । यसपटक त उनी जनताले बनाएको संविधान सफल कार्यान्वयन गर्ने ‘राजनेता’ बनेका छन् । पार्टी हारको विषय समिक्षाका लागि खुल्ला नै रहनेछ तर मुलुक जिताउन देउवाले खेलेको भूमिका प्रसंशनीय नै छ ।

नेपाली कांग्रेसले आफूले गरेका सकरात्मक कामको जस लिन नसकेको आरोप लाग्दै आएको छ । सत्ताबाट बाहिरिएपछि यो कमजोरी सुधार्नु देउवाको महत्वपूर्ण दायित्व हुनेछ । त्यसमा कांग्रेसको नेतृत्व पंक्तिले देउवालाई सहयोग गर्नैपर्ने देखिन्छ । निर्वाचनबाट कांग्रेसको आकार निश्चय पनि खुम्चिएको छ तर लोकतान्त्रिक राजनीतिको कांग्रेस अभियान अझ विस्तारित हुँदैछ ।

(Visited 1 times, 1 visits today)

२५ माघ २०७४, बिहीबार ११:१७ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts