के समानुपातिक यिनै नेताका लागि मात्रै हो ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २७ माघ २०७४, शनिबार १३:१०

काठमाडौं । सबै नेता कार्यकर्तालाई अवसर दिन भन्दै नेपाली कांग्रेसले समानुपातिकबाट कसैलाई नदोहोर्‍याउने निर्णय नै गर्‍यो । उसको यो निर्णयले अवसरको पर्खाईमा रहेका कार्यकर्ता उत्साहित पनि भए । तर, जब यसको कार्यान्वन गर्ने बेलामा भने पहुँचवालाकै बोलवाला रह्यो । समानुपातिकमा दोहोर्‍याएर उम्मेदवार नबनाउने निर्णयलाई लत्याउँदै कांग्रेसले केही नेतालाई लगातार तेस्रो पटकसम्म सांसद बनाउँदैछ ।

समानुपातिकबाट सांसद् भएलाई नदोहर्‍याउने निर्णय कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै पत्नीका हकमा पनि लागू गर्न सकेनन् । दोस्रो संविधान सभामा समानुपातिक सभासद् बनेकी उनलाई देउवाले कैलाली क्षेत्र नम्बर ५ मा प्रत्यक्षको टिकट दिए । तर उनी एमालेका उम्मेदवार नारदमुनि रानासँग फराकिलो मतले पराजित भइन् ।

को हुन् तेहरिने भाग्यमानी ?

कांग्रेसले प्रतिनिधि सभाको समानुपातिकमा दोहोरिने मात्र होइन तेहरिने मौका समेत केहीलाई नेतालाई दिँदैछ । २०६४ को पहिलो संविधान सभा निर्वाचनमा समानुपातिकबाट सभासद् बनेका मोरङका कविताकुमारी सरदार र धनुषाकी मिनाश्री झाले तेस्रो पटक संसद बन्ने अवसर प्राप्त गर्दैछन् । सरदार र झा २०७० को संविधान सभा निर्वाचनमा समेत समानुपतिक सभासद बनेका थिए ।कांग्रेसले समानुपातिकबाट पाउने ४० मध्ये २० महिला सांसद् बन्दैछन् । निर्वाचन आयोगले माघ २९ गते भित्र समावेशिताको आधारमा समानुपातिक सूची बुझाउन पत्र काटिसकेको छ ।त ६ जना भन्दा बढी महिला संघीय संसदमा दोहोरिँदै छन् । दोहोरिनेहरुमा कांग्रेसकी पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, केन्द्रीय सदस्य एवम् पुर्व उपप्रधानमन्त्री सुजाता कोइराला, लक्ष्मी परियार, सुजाता परियार रहेका छन् ।

कांग्रेसबाट दोहोरिने मौका कांग्रेसका नेता विमलेन्द्र निधिकी जेठी सासूले पनि पाएकी छन् । धनुषा ३ मा राष्ट्रिय जनता पार्टीका राजेन्द्र महतोसँग आफू पराजित भए पनि निधिले जेठीसासूलाई दोस्रो पटक सांसद बनाउन सफल भएका छन् । निधिकी जेठी सासू दीपशिखा शर्मा ढकाल दोहोरिने भाग्यमानीमध्येकी एक हुन् । पुरुषतर्फ मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्माले समेत दोस्रो पटक सांसद बन्ने मौका पाएका छन् । एउटै व्यक्तिलाई पटक पटक सांसद बनाएपछि कांग्रेस भित्र असन्तुष्टि पैदा भएको छ । प्रदेशको संसदीय दलको विधान पारित गर्न बसेको केन्द्रीय समितिको बैठकमा समेत एउटै व्यक्तिलाई पटक पटक अवसर दिएको भन्दै विरोध भएको छ । देउवानिकट एक नेताले समानुपातिकमा एउटै व्यक्तिलाई पटक पटक सांसद बनाउने विषयमा पार्टी नेतृत्वको आलोचना भएको बताए ।

उनले सांसदमा भुमिका नै देखाउन नसक्नेलाई पटकपटक अवसर दिनु दुर्भाग्य भएको बताए । ‘कसैले अवसर नै नपाउने कसैलाई दोह्याउने तेह्याउने’, गुनासो गर्दै उनले भने, ‘अरु त अरु निधिकी जेठी सासूलाई समेत दोह्याउने गल्ती गरियो ।’

 

(Visited 1 times, 1 visits today)

२७ माघ २०७४, शनिबार १३:१० मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts