पूँजीगत खर्चले गति लिन सकेन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ३ फाल्गुन २०७४, बिहीबार ०१:०७

काठमाडौं । चालू आर्थिक वर्षमा सरकारको पूँजीगत खर्चले गति लिन सकेको छैन । देशको राज्य संयन्त्र निर्वाचनमा लाग्न परेको र मुलुकका विभिन्न भागमा गएको प्राकृतिक प्रकोपका कारणले विकास खर्च कम देखिएको अर्थ मन्त्रालयले जनाएको छ ।

यस अवधिमा पूँजीगत खर्चको लक्ष्य ३ खर्ब ३५ अर्ब १७ करोड ५९ लाख रुपैयाँ थियो । फागुन १ गतेसम्म ६६ अर्ब १९ करोड १७ लाख रुपैयाँ मात्र खर्च भएको छ । जुन लक्ष्यको १९ दशमलव ७५ प्रतिशतमात्र हो ।

त्यसैगरी वित्तीय व्यवस्थातर्फ यस अवधिमा एक खर्ब ४० अर्ब २८ करोड ७४ लाख रुपैयाँ लक्ष्य राखिएकोमा फागुन १ गतेसम्म २५ अर्ब पाँच करोड ८२ लाख रुपैयाँमात्र खर्च भएको छ । जुन लक्ष्यको १७ दशमलव ८६ प्रतिशतमात्र हो ।

यो खर्चमा बजेटमार्फत स्थानीय तहमा हस्तान्तरण गरिने २ खर्ब २५ अर्ब रुपैयाँ समावेश भएको छैन । यो रकममध्ये एक खर्ब ५० अर्ब रुपैयाँ स्थानीय निकायमा हस्तान्तरण गरिसकेको छ ।

स्थानीय तहमा भएको खर्चको विवरण संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले राख्दै आएको छ । महालेखा नियन्त्रक कार्यालयले राख्ने हिसाब र स्थानीय विकास मन्त्रालयले राख्ने हिसाब जोड्दा पूँजीगत खर्चको आकार केही बढ्न सक्छ ।

त्यस्तै यस अवधिमा कर्मचारीको तलब, भत्ता र अन्य नियमित कार्यमा गरिने साधारण खर्च भने ४५ प्रतिशतभन्दा बढी भएको छ ।

पछिल्ला दिनमा पूँजीगत खर्च राम्रो भएको र सरकारले राखेको वार्षिक लक्ष्य पूरा हुने अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।

उनले भने, ‘विकास निर्माणका ठूला आयोजनाले गति लिएको छ, धमाधम काम भइरहेको छ, लक्ष्यअनुसारको खर्चले गति लिन्छ ।’

काठमाडौँ मधेश–तराई द्रुतमार्ग आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, मेलम्ची खानेपानी आयोजना, गौतमबुद्ध विमानस्थल, पोखरा विमानस्थल, मध्यपहाडी लोकमार्गजस्ता ठूलो निर्माण आयोजनाले गति लिएकाले पूँजीगत खर्च बढ्ने देखिएको हो ।

विकास निर्माणलाई गति दिने उद्देश्यका साथ यी आयोजनामा सरकारले प्रत्येक वर्ष प्राथमिकताका साथ बजेट विनियोजन गर्दै आएको छ ।

यस अवधिमा ७ खर्ब ३० रुपैयाँको कूल राजश्व संकलनको लक्ष्यमा ३ खर्ब ८५ अर्ब १७ करोड रुपैयाँ अर्थात् ५२ दशमलव ७६ प्रतिशत असुली भएको छ । पूँजीगत खर्च बढेसँगै राजश्व संकलनले पनि गति लिने छ । रासस

(Visited 1 times, 1 visits today)

३ फाल्गुन २०७४, बिहीबार ०१:०७ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts