देउवाविरुद्ध किन गर्जिए प्रकाशमान ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार १३:२०

चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले विधानअनुसार पार्टी सञ्चालन हुन नसकेको बताउँदै पार्टी नेतृत्व विफल भइसकेको आरोप लगाएका छन्  ।  शनिवार  पत्रकारसँग कुरा गर्दै उनले  वामपन्थीहरु एकीकरणतर्फ गइरहेको अवस्थामा काँग्रेसलाई पुरानै तौरतरिकबाट सञ्चालन गर्न नहुने बताउँदै उनले “नयाँ परिस्थितिअनुसार पार्टीलाई अगाडि बढाउन सक्नुपर्दछ,” भने।

नेता सिंहले पार्टीलाई विधानसम्मत तरिकाले सञ्चालन गर्नुपर्नेमा जोड दिदैं परम्परागत शैलीमा पार्टी सञ्चालन गर्दा भविष्यमा थप चुनौती आउने धारणा व्यक्त गरे।

नेतृत्वले कार्यकर्तालाई लङ्गडो तर्क दिएको आरोप लगाउँदै उनले काँग्रेसका समर्थकले लङ्गडो तर्कमा विश्वास नगर्ने र पार्टीको वास्तविक अवस्थाबारे कार्यकर्तालाई जानकारी दिनुपर्ने बताए । नेता सिंहले पार्टीको केन्द्रीय समितिलाई दुई महिनामा पूर्णता दिनुपर्नेमा अहिलेसम्म नभएको तथा महासमिति र केन्द्रीय समिति बैठक तत्काल बोलाउनुपर्नेमा पनि जोड दिए ।

वाम गठबन्धनले सहमतिअनुसार सरकारलाई पूर्णता दिन सकेको छैन, उनले भने, “उहाँहरुले राम्रो गर्छौ भन्नुभएको छ, तर सरकार गठन गर्न नै गाह्रो भएको छ ।” नेता सिंहले कांग्रेस जिम्मेवार प्रतिपक्षमा बस्ने बताए । सरकारको गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताए ।

(Visited 1 times, 1 visits today)

५ फाल्गुन २०७४, शनिबार १३:२० मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts