खुमबहादुर खड्का सिकिस्त, भारत लगिदै

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ५ फाल्गुन २०७४, शनिबार १३:२३

काठमाडौं। नेपाली काँग्रेसका केन्द्रीय सदस्य खुमबहादुर खडका स्वास्थ्यमा अचानक समस्या देखिएपछी उपचारको लागी बिहिवारदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् । खड्का लामो समयदेखि मृगौला रोगबाट पिडित रहेका छन्।

थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खड्कालाई शनिवार नै उपचारका लागि भारत लगिने उनका सहयोगी चुडामणी कँडेलले जानकारी दिए।

मृगौलाको समस्या भएपछि मृगौला नै फेरेका खड्कालाई युरिक एसिड समेत रहेको छ। धेरै धपेडी हुँदा उनलाई पटक पटक अस्पताल भर्ना नै हुनुपर्ने अवस्था आउँछ।

राष्ट्रिय सभा चुनाव, समानुपातिक निर्वाचनको नाम टुङग्याउने लगायतका काँग्रेसको वैठकहरुमा व्यस्त हुनुपर्दा भएको धपेडीले उपचार नै गराउनु पर्ने गरि अस्पताल भर्ना हुनु परेपनि उहाँको अवस्था खतरामुक्त रहेको कँडेलले बताए।

भारतमा भने उनको उपचार एपोलो अस्पतालमा हुने बताइएको छ।

(Visited 1 times, 1 visits today)

५ फाल्गुन २०७४, शनिबार १३:२३ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts