ईरानमा विमान दुर्घटना : ६६ जनाको मृत्यु

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ७ फाल्गुन २०७४, सोमबार ००:५९

तेहरान । इरानमा भएको यात्रुबाहक विमान दुर्घटनामा ६६ जनाको मृत्यु भएको छ ।

ईरानी मिडियाका अनुसार आइतबार राजधानी तेहरानबाट यासुज उडान भर्नेक्रममा विमान दुर्घटना भएको हो ।

आपत्कालिन सेवाका प्रवक्ता मोजताबा खालेदीलाई उद्धृत गर्दै समाचार एजेन्सी आइएसएनले विमान सेमिरोमको हिमाली क्षेत्रमा विमान दुर्घटना भएको जनाएको छ ।

सेमिरोम तेहरानबाट ६२० किलोमिटर दक्षिणमा रहेको ग्रामिण क्षेत्र हो ।

इरानको रेड क्रिसेन्टले दुर्घटनाको समय त्यसक्षेत्रमा बाक्लो कुहिरो लागेको जनाएको छ ।

राज्यद्वारा सञ्चालित प्रेस टिभीका अनुसार असेमान एयरलाइन्सको विमानमा ६० जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए ।

असेमान एयरलाइनस सेमीप्राइभेट एयरलाइन्स कम्पनी हो जसको हेडक्वाटर तेहरानमा रहेको छ । यसले देशको ग्रामिण क्षेत्रमा उडान भर्नुका साथै अन्तर्राष्ट्रिय उडान पनि भर्दै आएको छ ।

दुर्घटना परेको विमान एटिआर–७२ मोडलको रहेको बताइएको छ ।

 

(Visited 1 times, 1 visits today)

७ फाल्गुन २०७४, सोमबार ००:५९ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts