अति गरे अाेली सरकारकाे क्षति हुन्छ : कांग्रेस

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलवार ००:०७

काठमाडौ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अघिल्लो सरकारले गरेका निर्णय उल्टाएर लोकतान्त्रिक पद्धति र लोकतान्त्रको बैधतामाथि प्रश्न उठाउन खोजेको बताएका छन् ।

प्रजातन्त्र दिवसको अवसरमा नपाली कांग्रेस काभ्रेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका प्रवक्ता शर्माले लोकतन्त्र र कानून बमोजिम भएका निर्णयहरु उल्टाउने माथि नै बैधानिकताको प्रश्न उठ्ने बताए ।

बैधानिक रुपमा भएको निर्णयहरुलाई उल्टाएर अनावश्यक चलखेल गर्नुले प्रधानमन्त्री केपी शर्मा ओलीकै बैधानिकता माथि प्रश्न उठ्ने उनको तर्क छ । ‘केपी शर्मा ओली नेतृत्वको सरकारले लोकतान्त्रिक पद्धदी र लोकतान्त्रिक वैधानिकतामा प्रश्न उठ्ने गरी अघिल्लो सरकारले गरेका निर्णय उल्टाएर अनावश्यक चलखेल गरे ओलीकै पदमाथि वैधानिकताको प्रश्न आउनेछ,’ उनले भने, ‘लोकतान्त्रिक र कानून अनुसार भएका निर्णयमा कुनै चलखेल गर्नु उहाँको वैद्यानिकतामाथि पनि प्रश्न हो ।’

अर्काे फरक सन्दर्भमा प्रवक्ता विश्वप्रकाश शर्माले वर्तमान सरकारसँग सहकार्य गरेर जिम्मेवार प्रतिपक्ष बन्न नेपाली कांग्रेस तयार भएको बताएका छन् ।

प्रवक्ता शर्माले सञ्चारकर्मीहरुसँग कुरा गर्दै जिम्मेवार प्रतिपक्ष भएर पाँच वर्ष प्रतिपक्षमा बस्ने बताएका हुन् ।

प्रवक्ता शर्माले कांग्रेसको संसदीय दलको नेता सांसदहरुको सपथपछि लोकतान्त्रिक पद्धती अनुसार नै चुनिने जानकारी दिए । -अनलाइनखबरबाट

(Visited 1 times, 1 visits today)

८ फाल्गुन २०७४, मंगलवार ००:०७ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts