कानून विपरीत वित्तीय कारोवार गर्ने पक्राउ

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलवार ०१:१४

काठमाडौं । नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कानून विपरीत वित्तीय कारोबार गर्ने इन्भेष्टमेन्ट प्रालिका सञ्चालकलाई पक्राउ गरेको छ ।

ब्यूरोबाट खटिएको टोलीले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट वित्तीय कारोवार गर्ने अनुमति नलिईसुनसरी र मोरङमा सञ्चालन गरेको इन्भेष्टमेन्ट कम्पनीका आठ सञ्चालकलाई कानूनी दायरा विपरीत गैरकानूनी तवरले स्थानीयवासीसँग बचत संकलन तथा ऋण प्रवाह गर्नेलगायत वित्तीय कारोवार गरेको सूचनाका आधारमा आइतबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीका भीमप्रसाद चौधरी, श्याम पेशकार थारु, डिल्लीप्रसाद आचार्य, प्रकाश आचार्य र सुनिल गुरागाईं, मोरङका राजु शाह तथा संखुवासभाका चन्द्रबहादुर विक र अनिता विक छन् । ब्यूरोले पक्राउ परेकासँग बचतबुक, बैंक भौचर, पासबुक, कर्मचारी नियुक्तिको करारनामा, चेकबुक, अभिलेख फाइल, ल्यापटप, रजिष्ट्रर, पासबुकलगायत सामग्री र करोडौँ रुपैयाँ बरामद गरेको छ ।

(Visited 1 times, 1 visits today)

८ फाल्गुन २०७४, मंगलवार ०१:१४ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts