शिक्षा वैज्ञानिक र रोजगारमुखी हुनुपर्नेमा जोड

संबाददाता : Samaj Khabar प्रकाशित मिति: ८ फाल्गुन २०७४, मंगलवार ०१:१५

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको शिक्षा वैज्ञानिक र रोजगारमुखी हुनुपर्नेमा जोड दिनुभएको छ ।

व्यास नगरपालिका–१ हाइस्कुलटारस्थित निर्मल माविको ४९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै उहाँले प्राविधिक शिक्षामा जोड दिनसके दक्ष जनशक्ति उत्पादन गर्न सकिने छ भन्नुभयो । निर्मल माविलाई देशकै नमूना विद्यालय बनाउन सबै लाग्नुपर्ने पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्थ, प्रदेशसभा सदस्य सरिता गुरुङ, पूर्वसांसद रामचन्द्र पोखरेललगायतले विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि हुनुपर्ने बताउनुभएको थियो । विद्यालयका प्रअज गणेशचन्द्र बस्नेतले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । नमूना विद्यालयका रुपमा घोषणा भइसकेको उक्त विद्यालयको भौतिक, शैक्षिक र आर्थिक पक्ष मजबुत गराउन रु एक करोडको गुरुयोजना तयार गरिएको बताइएको छ ।

(Visited 1 times, 1 visits today)

८ फाल्गुन २०७४, मंगलवार ०१:१५ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts