नवाज सरिफ पार्टी अध्यक्ष हुन अयोग्य रहेको अदालतको फैसला

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहीबार ०१:२०

इस्लामावाद – पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री नवाज सरिफलाई पार्टी अध्यक्षको रुपमा रहीरहन नमिल्ने फैसला सुनाएको छ।

सत्तारुढ दल पाकिस्तान मुस्लीम लिग — नवाज (पीएमएल—एन)को अध्यक्षका रुपमा उहाँले अब केही पनि निर्णय गर्न नमिल्ने अदालतले स्पष्ट पारेको छ।

स्थानीय सञ्चारमाध्यम उर्दु दुन्या टीभीका अनुसार यो फैसला गर्ने तीन जना न्यायाधीश रहेको सर्वोच्च अदालतको बेन्चको नेतृत्व पाकिस्तानका प्रधान न्यायाधीश मेन साक्विब निसारले गरेका थिए।

जेलमा राखिएका कुनै पनि व्यक्तिले कुनै पनि आधिकारीक दस्तावेजहरुमा हस्ताक्षर गर्न नमिल्ने भएकाले सरिफले अध्यक्षका रुपमा औपचारिक रुपमा कुनै पनि निर्णय गर्न र अध्यक्षका रुपमा काम गरिरहन नमिल्ने प्रधान न्यायाधीश निसारले तर्क गरे।

यसअघि गत वर्ष पनि पुनरावेदन अदालतले सरिफलाई भ्रष्टाचार मुद्दामा अयोग्य ठहर गरिसकेको थियो।

पुनरावेदन अदालतको निर्णयले आउँदो मार्च ३ मा हुने पाकिस्तानी सिनेटको निर्वाचनलाई पनि प्रभावित पार्ने बताइएको छ। रासस/सिन्ह्वा

(Visited 1 times, 1 visits today)

१० फाल्गुन २०७४, बिहीबार ०१:२० मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts