ओली प्रधानमन्त्री बनेपछि सेयर झनै ओरालो लाग्यो

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १० फाल्गुन २०७४, बिहीबार ०१:२१

काठमाडौं । सेयर बजारमा लगातार निराशाजनक कारोबार भईरहेको छ । कारोबार रकम ३० करोड तल आउनुका साथै सेयरको मूल्य घट्ने क्रम जारी छ ।

बुधबार अधिकांश कम्पनीहरुको सेयर मूल्य घटेर नेप्से सूचक ९.६४ अंकले तल आएको छ भने कारोबार रकम २८ करोडमा सिमित भएको छ । नेप्से १३८७.०८ विन्दुमा झरेको छ ।

लगातारको बजार घटाईपछि समग्र बजार पूँजीकरण १६ खर्ब २२ अर्बमा खुम्चिएको छ ।

बाम गठबन्धनको नयाँ सरकारले आशा जगाउन नसक्दा लगानीकर्ताको मनोबल कमजोर नै रहेको छ ।

सेयरको मूल्य लगातार घटेर तल्लो बिन्दुतर्फ आउँदा बजारमा प्रबेश गर्ने नयाँ लगानीकर्ता र लगानी क्षमता भएकाहरुलाई अवसर आएको देखिन्छ भने पहिले देखि लगानी गरी बैंक तथा बित्तीय संस्थाहरुबाट कर्जा लिएकाहरुलाई मार्जिन कलको खतरा हुन्छ ।

(Visited 1 times, 1 visits today)

१० फाल्गुन २०७४, बिहीबार ०१:२१ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts