माओवादीको जनसरकार जस्तै कांग्रेसले छायाँ सरकार बनाउने, को– को बन्दैछन् मन्त्री ?

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १२ फाल्गुन २०७४, शनिबार १३:०८

काठमाडौं । निर्वाचनमा पराजय व्यहोरेर ५ वर्षका लागि प्रतिपक्ष बनेको नेपाली कांग्रेसले सरकारलाई ‘चेक एण्ड ब्यालेन्स’ गर्न छायाँ सरकार गठन गर्ने भएको छ । केन्द्रदेखि प्रदेशसम्म नै सरकारका कामकाजलाई निगरानी गर्न छायाँ सरकार गठनको गृहकार्य भएको हो ।

कांग्रेस संसदीय दलको शनिबारको बैठकले सरकारलाई सन्तुलन गर्न माओवादीले द्वन्द्वकालमा बनाएको ‘जनसरकार’ शैलीकै ‘छायाँ सरकार’ बनाउने निर्णय गरेको हो । बैठकपछि कांग्रेस नेता गगन थापाले सरकारलाई स्वेच्छाचारी हुन नदिन मन्त्रालय नै तोकेर पार्टी नेताहरुलाई जिम्मेवारी दिने गरी छायाँ सरकार बनाउने निर्णय भएको बताए ।

‘प्रतिपक्षी भूमिका प्रभवकारी बनाउन केन्द्रदेखि प्रदेशसम्म मन्त्रालय नै तोकेर जिम्मेवारी दिने र सरकारलाई चेक एण्ड ब्यालेन्स गर्ने निर्णय भएको छ ।’, थापाले पत्रकारहरुसंग भने । छायाँ सरकारमा मन्त्रीको जिम्मेवारी कसलाई दिनेभन्नेबारे संसदीय दलको निर्वाचन पछि टुंगो लाग्ने बताइएको छ ।

बैठकमा अधिकांश नेताहरु सर्वसहमतिले संसदीय दलको नेतृत्व चयनको वातावरण बनाउन शीर्ष नेताहरुको ध्यानाकर्षण गराएका थिए ।

(Visited 1 times, 1 visits today)

१२ फाल्गुन २०७४, शनिबार १३:०८ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts