अब बढी थुनामा बस्नुपरे सरकारले क्षतिपूर्ति तिर्नुपर्ने कानुन

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १४ फाल्गुन २०७४, सोमबार ०३:१५

काठमाडौैं । सर्वोच्च अदालतले आफ्नै आदेशका कारण बढी अवधि थुनामा बिताउन बाध्य व्यक्तिलाई दैनिक ३ सय रुपैयाँका दरले क्षतिपूर्ति दिन सरकारका नाममा आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश केदारप्रसाद चालिसेको संयुक्त इजलाशले आइतबार नेपालको न्यायिक इतिहासमा पहिलोपटक अदालतका कारण बढी अवधि थुनामा बिताउन बाध्य भएको व्यक्तिलाई सो क्षतिपूर्ति दिन आदेश गरेको सर्वोच्च अदालतका प्रेस विज्ञ किशोर पौडेलले जानकारी दिए।

अदालतले पाँच वर्ष छ महिना थप थुनामा बिताएकी पदममाया गुरुङलाई उक्त अवधिको हिसाब गरी छ लाख रुपैयाँ क्षतिपूर्ति दिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाममा परमादेश जारी गरेको छ।

प्रेस विज्ञ पौडेलका अनुसार अदालतको आदेशले कानूनबमोजिम तोकिएकोभन्दा बढी समय थुनामा बस्नुपरेमा क्षतिपूर्ति पाउने नजिर कायम भएको छ। यो नजिरलाई लिएर अरु यस्ता व्यक्तिले पनि क्षतिपूर्तिको सुविधा पाउनेछन्। अदालतले २०७१ पुस २२ गते दायर गरेको मुद्दामा आदेश जारी गरी नागरिकलाई गैरकानूनी थुनामा राखेको अवधिको क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो।

धनकुटा घर भएकी गुरुङविरुद्ध आफ्नै सन्तानको हत्या गरेको कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत धनकुटाले विसं २०४८ मा १० वर्ष सजायको फैसला गरेको थियो। गुरुङले अदालतको सो निर्णयविरुद्धमा पुनरावेदन अदालत विराटनगर पुगेकी थिइन्। उक्त अदालतले जिल्ला अदालत धनकुटाकै आदेशलाई सदर गरेको थियो।

गुरुङले सो आदेशविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका थिए। सो मुद्दामा सर्वोच्चले ५ वर्ष कैद सजाय हुने (२०४८ पुस २ देखि २०५९ असार १० सम्म) फैसला सुनाएको थियो। तर सर्वोच्च अदालतकै आदेशभन्दा पाँच वर्ष बढी कैद सजाय भोग्नु परेपछि पुनः सर्वोच्च अदालतमा मुद्दा दायर गरेकी थिइन्। सो मुद्दाको सुनुवाइपछि आइतबार अदालतले नागरिकलाई गैरकानूनी थुनामा राखेको अवधिको क्षतिपूर्ति दिनुपर्ने फैसला सुनाएको हो।

(Visited 1 times, 1 visits today)

१४ फाल्गुन २०७४, सोमबार ०३:१५ मा प्रकाशित

शीर्ष खबर

सबै

बढ्दो धर्मान्तरबारे प्रथम राष्ट्रपति यादवको चिन्ता

काठमाडौं ।  गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले राष्ट्रिय एकता बलियो बनाउन र मुलुकका समस्या समाधान गर्न संविधानको कार्यान्वयन आवश्यक रहेकोा बताउनुभएको छ ।  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता.....

जनकपुर आउन पाउँदा धन्य छु : मुख्यमन्त्री योगी

धनुषा । भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनपुरधाम आउन पाउँदा धन्य भएको बताएका छन्। विवाह.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

Popular Posts