ट्रम्पका ज्वाईं अबदेखि गोप्य ब्रिफिङमा जान नपाउने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: १६ फाल्गुन २०७४, बुधबार ०१:२५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईं जेरार्ड कुश्नर ह्वाइट हाउसमा हुने उच्चस्तरीय गोप्य ब्रिफिङ अबदेखि जान नपाउने भएका छन् ।

राष्ट्रपति ट्रम्पका सल्लाहकार रहेका कश्नर अहिलेसम्म ह्वाइट हाउसमा दैनिक हुने उच्चस्तरीय गोप्य ब्रिफिङमा सहभागी हुँदै आएका थिए । तर अबदेखि उनी त्यसमा सहभागी हुन पाउने छैनन् ।

कुश्नरको ह्वाइट हाउसमा सुरक्षा सम्बन्धी क्लियरेन्स पूरा भएको छ । सुरक्षाका दृष्टिले गरिने पृष्ठभूमि परीक्षण अझै सकिएको छैन । यसले गर्दा कुश्नरले स्थायी क्लियरेन्स पाएका छैनन् ।

कुश्नरसँग अहिलेसम्म अन्तरिम क्लियरेन्स मात्रै थियो । कुश्नरसहित ह्वाइट हाउसका शीर्ष सहयोगीले अहिलेसम्म स्थायी क्लियरेन्स नपाएकाले अबदेखि उनीहरु ह्वाइट हाउसको उच्चस्तरको गोप्य ब्रिफिङमा सहभागी हुन पाउने छैनन् ।

ट्रम्पकी छोरी इवान्कासँग विवाह गरेका कुश्नरलाई दैनिक रुपमा गुप्तचर निकायले गर्ने ब्रिफिङमा उपस्थित हुने अनुमति थियो । तर अब उनी त्यसमा हुनेछैनन् । यसबारेमा कुश्नरका वकिलले पोलिटिकोलाई जानकारी दिएका हुन् ।

यस्तै समाचार संस्था रोयटर्सले पनि नाम उल्लेख नगरेका दुई अधिकारीलाई उद्धृत गर्दै खबरको पुष्टि गरेको छ ।

३७ वर्षका कुश्नरलाई उच्चस्तरको ब्रिफिङमा सहभागी हुन नपाउने सम्बन्धी निर्णय बारे शुक्रबार नै जानकारी गराइएको खबरमा उल्लेख छ । तर यसले उनको काममा भने केही प्रभाव नपर्ने दाबी गरिएको छ ।

(Visited 1 times, 1 visits today)

१६ फाल्गुन २०७४, बुधबार ०१:२५ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts