यस्तो सुविधासम्पन्न बन्दैछ वीर अस्पताल…

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २५ फाल्गुन २०७४, शुक्रबार ०६:४६

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालमा बन्न लागेको भवनको शिलान्यास गरेका छन्। देशकै जेठो वीर अस्पताललाई आधुनिक र सुविधा सम्पन्न बनाउने योजना अनुसार नयाँ भवन निर्माणको काम अगाडि बढेको हो।

प्रधानमन्त्री ओलीले शिलान्यास गरेको भवन तीन वर्षभित्र निर्माण भइसक्नेछ। उक्त भवनमा ६ सय ५० शय्या हनेछ। अस्पतालको आकस्मिक कक्षअगाडि रहेको क्वार्टर र नर्सिङ भवन भत्काएर खाली बनाइएको स्थानमा भवन बन्नेछ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले भवन निर्माणका लागि बोलपत्र स्विकृत गरिसकेको छ। भवन जेडआइइसी–शर्मा–रसुवा जेभी’ नामक कम्पनीले निर्माण गर्नेछ।

भवन निर्माणका लागि २ अर्ब ३४ लाख ७२ हजार ९ सय पन्चानब्बे रुपैयाँ खर्च हुनेछ। यो रकम मूल्य अभिबृद्धि कर बाहेकको हो।

बहुवर्षीय योजना अनुसार उक्त भवन निर्माणको काम अगाडि बढाइएको हो। भवन तीन वर्षभित्रमा बनिसक्ने योजना छ। दुई तला भूमिगत पार्किङ र जमिनमाथि ७ तला रहने उक्त भवनलाई वीर अस्पतालको सर्जिकल भवन नाम दिइएको छ।

उक्त कम्प्लेक्समा १५ वटा मेजर शल्यकक्ष, २० वटा सर्जिकल आइसियु, ३० वटा पोष्टअप वार्ड रहनेछन्। यसका साथै आधुनिक उपकरणहरु पेटस्क्यान, एमआरआई, सिटीस्क्यान लगायतका सेवा समेत हुनेछन्।

यस्तो हुनेछ भवन-

(Visited 1 times, 1 visits today)

२५ फाल्गुन २०७४, शुक्रबार ०६:४६ मा प्रकाशित

शीर्ष खबर

सबै

बजेटका कमजोरी लुकाउन नेकपाका सांसदलाई ह्वीप !

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकारी ढुकुटी बलियो नभएको अवस्थामा बजेट ल्याइएकाले त्यस मर्मलाई बुझेर प्रस्तुत हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्.....

अरुण तेस्रोको सुरुङ खन्ने क्रममा चार जनाको मृत्यु

संखुवासभा । अरुण तेस्रोको सुरुङ खन्ने क्रममा संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा चार जना कामदारको.....

संविधान संशोधन नभएसम्म सरकारमा जान्नौँ : महतो

लहान । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले संविधान संशोधन नभएसम्म आफ्नो दल.....

स्पेन–पोर्चुगल बराबर, रोनाल्डोको ह्याट्रिक

मस्को । - २०१८ फिफा विश्वकपको समूह 'बी' को खेलमा स्पेन र पोर्चुगलले ३-३ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।.....

तालिवान प्रमुख नेता फाज्लुल्लाह अफगानिस्तानमा मारिए

काबुल । पाकिस्तानका तालिवान नेता मुल्लाह फाज्लुल्लाह अफगानिस्तानमा मारिएका छन् । अफगानिस्तानको कुन्नर.....

Popular Posts