पाटनमा अन्तर्राष्ट्रिय ललित व्यापार मेला हुने

संबाददाता : Samaj Khabar प्रकाशित मिति: २८ फाल्गुन २०७४, सोमबार ०२:०३

ललितपुर– ललितपुरको पाटनमा आगामी बुधबारदेखि ‘अन्तराष्ट्रिय ललित व्यापार मेला’ आयोजना हुने भएको छ । ललितपुर उद्योग वाणिज्य संघले आईतबार ललितपुरमा पत्रकार सम्मेलन गरी मेला आयोजना गर्न लागिएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष कृष्णलाल महर्जनले संघको स्वर्ण जयन्तीको अवसर पारेर मेला आयोजना गर्न लागिएको स्पष्ट पारे ।  ४ दिनसम्म चल्ने मेलामा नेपालसहित विभिन्न देशका औद्योगिक उत्पादनको प्रर्दशनी हुने व्यवस्था मिलाइएको छ । कृषि, हस्तकला, विज्ञान प्रविधिसहित ९० वटा स्टल रहनेछ ।

मेलाको अवसर पारेर संघले ८९ वर्ष पूरा भएका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम पनि राखेको छ । त्यसै अवसरमा नेपाल राष्ट्र , टक्सार विभागमार्फत् संघको स्वर्ण जयन्ति लोगो अंकित एक हजारको चाँदीको सिक्का र सय रुपैँयाको साधारण सिक्का पनि निश्कासन गर्ने कार्यक्रम तय गरिएको छ । मेलाको उद्घाटन प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले गर्ने कार्यक्रम तय गरिएको पनि संघका अध्यक्ष महर्जनले जानकारी दिए ।

(Visited 1 times, 1 visits today)

२८ फाल्गुन २०७४, सोमबार ०२:०३ मा प्रकाशित

विशेष

सबै

‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका अध्यता, पूर्व राजदूत , प्राध्यापक डा. जयराज.....

‘संविधान चना चटपटे बेच्ने कागज होइन, संविधान नमान्ने छुट सरकारलाई छैन’

काठमाडौं । प्र्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका संविधान विपरितका क्रियाकलापले प्रजातन्त्र र.....

संवाद

सबै
‘वीपीको राष्ट्रवाद यथार्थपरक थियो, अहिलेको राष्ट्रवाद नारापरक छ’

आधुनिक नेपाली राजनीतिका शिखरपुरुष , प्रथम जननिर्वाचित प्रधानमन्त्री, प्रजातान्त्रिक समाजवादका प्रवर्तक, जननायक वीपी कोइरालाको जन्मजयन्तीका अवसरमा वीपी विचारका..

 

 

 

Popular Posts